ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पेट्रोल कालोबजारी गर्ने दुई जना पक्राउ


admin

काठमाडौं ८  चैत । सिन्धुपाल्चोकमा पेट्रोलियम पदार्थ कालोबजारी गर्ने दुई जना पक्राउ परेका छन् । किराना पसल सञ्चालन गरी बस्ने ज्ञानीमाया दुलाल र मिनीट्रकका चालक हरिबहादुर श्रेष्ठलाई मट्टीतेल र पेट्रोलको कालोबजारी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले शुक्रबार पक्राउ गरेको हो । चौतारा साँगाचोकगढी नपा वडा नं ५ पुरानो बजारबाट बा२ख ३८०६ नंको मिनीट्रकमा मट्टीतेल र पेट्रोल बरामद गरिएको हो ।

मिनीट्रकमा २५० लिटर जाने पाँच र ५० लिटर जाने प्लाष्टिकका दुई ड्रम फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लले जानकारी दिनुभयो । प्रहरीले दुलाल र चालक श्रेष्ठको साथबाट करुणा आयल स्टोर काभ्रे बनेपाबाट २४३ लिटर मट्टीतेल दि मोडर्न एमनिटी सप्लायर्स बनेपाबाट एक हजार १०० लिटर पेट्रोल खरिद गरेको साधारण बिलसमेत फेला परेको छ । उल्लेखित पेट्रोलियम पदार्थ, बिल र सवारी साधन रीतपूर्वक बरामद गरी किराना पसल सञ्चालन गर्ने दुलाल र सवारी चालक श्रेष्ठलाई समेत नियन्त्रणमा लिई अनुसन्धानकार्य भइरहेको छ ।

सामाजिक बहिष्कार गराउनेलाई मुद्दा

मेलम्ची नगरपालिका–९ ज्यामिरेमा दलितसँग विवाह गरेको भन्दै बुबाको काजकिरिया गर्न नदिई सामाजिक बहिष्कार गर्न लगाउनेविरुद्ध जाहेरी दिइएको छ । स्थानीय प्रेम भुजेललाई सामाजिक बहिस्कार गर्न लगाउने रमेश शर्मा कुइँकेलविरुद्ध इलाका प्रहरी कार्यालय मेलम्चीमा जाहेरी दर्ता भएको हो ।

प्रेमका बाबु दीर्गबहादुरको गत २१ फागुनमा मृत्यु भएको थियो । बुबाको मृत्युको खबर पाउनासाथ काठमाडौँबाट मेलम्चीस्थित दाहसंस्कारस्थल पुगेका भुजेललाई आफ्नै दाजु बेलबहादुर भुजेलले तिमी किरिया बसे रमेश पण्डित नआउने भन्दै बुबाको मुख हेर्नसमेत नदिएको र आफू काठमाडौँ फर्किएको पीडितले बताउनुभयो ।“घरमा आफू नभएको थाहा पाएपछि आरोपी पण्डित घरमा आएर पण्डित्याइँ गर्ने गरेका रहेछन्”, पीडित भुजेल भन्नुहुन्छ, “मैले दलित समुदायको केटीसँग विवाह गरेकै कारण मेरो बुबाको मृत्यु हँुदा आफ्नो धर्म संस्कारअनुसार दाहसंस्कार र काजकिरिया गर्न रोक लगाउनु मानवताविरोधी क्रियाकलाप भएकाले न्यायको निमित्त जाहेरी दिएको हुँ ।”

जातीय विभेदको उजुरी दर्ता गर्नमा धेरै नै कठिनाइ भएको र जाहेरी दर्ता भएसँगै न्यायका लागि ढोका खुले तापनि घटनालाई राजनीतिककरण गरी मुद्दालाई कमजोर बनाउन चलखेल हुनसक्ने भन्दै सबै अभिानकर्मी चनाखो रहन अपिल गर्दै न्याय नपाएसम्म निरन्तर पीडित परिवारलाई साथ दिने दलित एकता सञ्जाल नेपाल सिन्धुपाल्चोक अध्यक्ष एवं दलित सञ्जाल केन्द्रीय सचिव सुनिल मिजारले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com