
काठमाडौं, २९ फागुन । सेयर बजारलाई पुँजीपतिले सेयर कारोबार गर्ने थलोको रुपमा मात्रै बुझ्न नहुने अर्थमन्त्री डा युवराज खतिवडाले बताउनुभएको छ । अर्थमन्त्री खतिवडाले संसदमा धितोपत्र बिधयेकमाथि उठेका प्रश्नको जवाफ दिँदै सरकारले गरेका नीतिगत सुधारले पुँजी बजारसम्म जनताको पहुँच स्थापित गरेको बताउनुभयो ।
उहांले भन्नुभयो, थोरै भए पनि कुनै कम्पनीको मालिक बन्न सकुन् भन्ने उद्देश्यले कानुनी प्रबन्ध गरिएको र, यसले सरकारले गरेको नीतिगत सुधारले थोरै थोरै भए सेयर हाल्न चाहनेका लागि सेयरमा लगानी गर्ने अवसर मिलेको उल्लेख गर्नुभयो । सामान्य भन्दा सामान्य व्यक्तिलाई सेयर बजारमा पुर्याउन राज्यले सहयोग गरिरहेको छ,ु जलविद्युत कम्पनीमा लगानीमा आकर्षण बढेको छ, लघुवित्त संस्थाबाट ऋण लिएर भए पनि सेयर किन्ने व्यवस्थाले पुँजी बजारसम्म पहुँच पुर्याएको नियमनकारी निकायले प्रणाली नियन्त्रण गर्ने नभइ नियमन मात्रै गर्ने नियमनकारी निकायलाई बजारको सिद्धान्तअनुसार धितोपत्र बजारलाई प्रतिस्पर्धात्मक र कानुनसम्मत सञ्चालन गराउने गरी अधिकार दिइएको उहांले उल्लेख गर्नुभयो । कोरोना भाइरसका कारण अहिले केही उथलपुथल आएको छ, यसलाई हेरेर दीर्घकालीन् सोच बनाउनु हुँदैन। व्यक्ति हेरेर नभइ कम्पनीको अवस्था बुझेर सेयरमा लगानी गर्नुपर्ने बताउनुभयो।







प्रतिक्रिया दिनुहोस्