ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनमा मास्क उत्पादनमा तीव्रता : दैनिक ११ करोड मास्क उत्पादन


एबीसी न्यूज

काठमाडौं, २५  फागुन । कोरोना भाइरस (कोविड–१९)  को महामारीसँगै चीनले मास्कको उत्पादनमा तीव्रता ल्याएको छ। यो कोविड–१९ संक्रमितबाट श्वासप्रश्वासको माध्यमबाट तुरुन्तै सर्ने भएकाले सबैभन्दा सुरक्षित रहने उपाय भनेको मास्क लगाउनु हो। यस संक्रमण फैलिएदेखि नै चीनमा मास्कको अभाव भएको थियो।

हाल चीनले दैनिक ११ करोड थानभन्दा बढी मास्क उत्पादन गर्न थालेको छ। चीनको राष्ट्रिय विकास तथा सुधार आयोग ९एनडीआरसी०ले चीनमा मास्कको दैनिक उत्पादन फेब्रुअरीको अन्तदेखि ११ करोड ६० लाख थानभन्दा बढी पुगेको जनाएको छ। महामारीको प्रारम्भिक अवस्थामा मास्कलगायतको अभावले चिकित्साकर्मी तथा सर्वसाधारणको जीवनमाथि प्रभाव पारेको थियो। हाल आपूर्ति र मागको दूरीलाई प्रभावकारी रूपमा कम गरेको जनाइएको छ।

एनडीआरसीका अनुसार गत शनिबारबाट दैनिक ११ करोड ६० लाख थान मास्क उत्पादन भइरहेका छन्। जुन फेब्रुअरी १ को तुलनामा १२ गुणा बढी हो। दैनिक लाखौं मास्क आवश्यक भएपछि चीनले धमाधम उत्पादन बढाएको हो। कतिपय अरू किसिमका कारखानामा समेत मास्क उत्पादन यन्त्र स्थापना गरी मास्क उत्पादन गरिरहेको छ। गत फेब्रुअरी १९ तारिखबाट शाङहाई मोटर लिमिटेड समूह मातहतको बुलिङ कम्पनीले समेत मास्क उत्पादन गर्दै मास्क उत्पादन गर्ने चीनको पहिलो मोटर व्यवसाय बनेको छ।

यसैगरी राष्ट्राध्यक्ष सी चिनफिङले फेब्रुअरी २४ तारिख आयोजित कोविड ९१९ को प्रतिरोध र नियन्त्रण तथा आर्थिक र सामाजिक विकासलाई अघि बढाउने कार्य सम्मेलनलाई सम्बोधन गर्दै चिकित्सा क्षेत्रमा प्रयोग गरिने प्रतिरोधात्मक पोशाक र मास्क लगायतका सामग्री उत्पादन गर्ने उद्योगलाई चाँडै उत्पादन पुनः शुरु गर्न र विविध तरिकामार्फत उत्पादन क्षमता बढाउन आग्रह गरेका थिए। यसैबीच चिनियाँ वाणिज्य मन्त्रालयले बिहीवार चीनले मास्क र सम्बन्धित कच्चा मालको निर्यातमा प्रतिबन्ध नलगाएको जनाएको छ। मन्त्रालयका अनुसार चीनमा मास्कको माग अझै पनि उच्च छ र हाल ठूलो संख्यामा उद्योगहरूले ठूलो परिमाणमा काम गर्न थालेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com