ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रशासन पारदर्शी र सुशासनको गतिमा अगाडि बढेको छ–  मन्त्री अर्याल


admin
फाल्गुन २३, २०७६ शुक्रबार  ७ : २४ बजे

काठमाडौं, २३ फागुन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले जग्गा प्रशासन पारदर्शी र सुशासनको गतिमा अगाडि बढेको बताउनुभएको छ । हिजो नापी/नक्सामा देखिएका समस्यालाई आधुनिक प्रविधिका माध्यमबाट अगाडि बढाउन शुरु गरिएसँगै समाधान भएर जाने मन्त्री अर्यालले बताउनुभएको हो ।

स्याङ्जाको वालिङमा आज नापी कार्यालयको नवनिर्मित भवनको उद्घाटन तथा स्याङ्जा जिल्ला पुनः नाप÷नक्सा शुभारम्भ कार्यक्रममा मन्त्री अर्यालले हिजो अनुमानमा गरिएका कित्ताकाट अब डिजिटल प्रविधिसँगै सरल र सहज हुनुका साथै जग्गामा देखिएका समस्या अन्त्य भई सुशासनको पाटोमा अगाडि बढ्ने वातावरण बनेको बताउनुभयो ।“हिजोका दिनमा ढड्डा पल्टाउनुपर्ने, फिता लिएर प्राविधिक तथा जग्गाधनी हिँड्ने गर्नुहुन्थ्यो”, मन्त्री अर्यालले भन्नुभयो, “अब नयाँ प्रविधिको शुरुआतसँगै हिजोका समस्या पनि हटेर गएका छन् भने जग्गामा देखिएका विवाद पनि क्रमशः समाधान गर्दै जानमा यसले टेवा पुग्ने विश्वास छ ।”

आधुनिक एवं उन्नत प्रविधिको माध्यमबाट हिजो जमीन नापजाँचका क्रममा देखिएका त्रुटि, छुटेका जमीन वा नापी नक्सामा देखिएका अन्य समस्या समाधान गर्ने कार्यको शुरुआत भएको बताउँदै यस प्रविधिको कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक रहेको मन्त्री अर्यालको भनाइ थियो ।फरक प्रसङ्गमा बोल्नुहुँदै मन्त्री अर्यालले भन्नुभयो, “अबको दिशा विकास र समृद्धिको हो, हामी खण्डित भएर होइन कि जनताले देखेको सपना पूरा गर्नका लागि सबै राजनीतिक दल एकबद्ध भएर अगाडि बढ्नुको विकल्प छैन, होइन भने जनताले हामीप्रति गरेको आशा निराशामा परिणत हुनेछ ।”

कार्यक्रममा गण्डकी प्रदेश विधायन समिति सभापति मोहनप्रसाद रेग्मी, गण्डकी प्रदेशसभा सदस्य मीनप्रसाद गुरुङ, भूमि व्यवस्था विभागका महानिर्देशक प्रकाश जोशी, सचिव केदार न्यौपाने, वालिङ नगरप्रमुख दिलीपप्रताप खाँण, पुतलीबजार नगरप्रमुख सीमाकुमारी क्षेत्री, आँधीखोला गाउँपालिकाका अध्यक्ष सुधीरकुमार पौडेल, नेकपा स्याङ्जाका अध्यक्ष सूर्यप्रसाद गैरे, नेपाल महिला सङ्घ केन्द्रीय उपाध्यक्ष सरस्वती अर्याल तिवारी, वालिङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष शोभाकान्त पौडेल, जग्गादाता डोलराज तिवारीलगायतले प्रविधिको अभावका कारण विगतमा जग्गा नापजाँच गर्दा देखिएका त्रुटि, अलमल सुधार गर्दै सेवालाई थप व्यवस्थित गर्नमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

भवन कूल एक रोपनी चार आना क्षेत्रफलमा फैलिएको छ । नवनिर्मित भवनमा तीन तलाको १४ कोठासहित शौचालय, खाजाघर, सभाहल रहेको छ । उक्त भवन विसं २०७३ कात्तिकमा आत्रेय ब्रह्मायाणी कामख्य जेभी काठमाडौँसँग ठेक्का सम्झौता भई २०७६ मङ्सिरमा निर्माण सम्पन्न भएको हो । रु दुई करोड आठ लाख ४६ हजार २०८ लागतमा भवन निर्माण गरिएको नापी कार्यालय वालिङका प्रमुख विवेक तिवारीले बताउनुभयो । नापी कार्यालयले स्याङ्जाका साविकका ३१ गाउँ विकास समितिअन्तर्गत हालका चार नगरपालिका र तीन गाउँपालिकामा सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

सम्बन्धित

हिजो व्यवस्था फेर्न बन्दुक बोक्यौं, अब अवस्था फेर्न समृद्धिको झण्डा बोक्छौं : प्रचण्ड

पूर्वराजा आउँदा विमानस्थल परिसर अस्तव्यस्त, यात्रुलाई सास्ती

टी–२० विश्वकप : दुई सुपर ओभरपछि अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित

फिलिपिन्सबाट पक्राउ परेका प्रकाश पाठक काठमाडौं ल्याइए, अनुसन्धान सुरु

‘व्यवस्था बदलेको हामीले हो, अब अवस्था पनि हामीले नै बदल्ने छौँ–अरुले गफ गर्ने हुन्, हामी काम गर्छौं’

राजविराजमा गाडीबाटै फर्किए बालेन्द्र, ‘गजेन्द्र बाबु’को सालिकमा माला फ्याँकेर हिँडेपछि समर्थक निरास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com