ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मंगलबारदेखि बिदा हुने राष्ट्रियसभा सदस्यहरुले प्रभावकारी ढंगले भूमिका निर्वाह गर्न शुभकामना दिए


एबीसी न्यूज

काठमाडौं, २० फागुन । राष्ट्रियसभाबाट विदाई हुदै गर्दा सांसदहरुले राष्ट्रियभालाई प्रभावकारी ढंगले भूमिका निर्वाह गर्न शुभकामना दिएका छन् ।

आफ्नो २ बर्षे कार्यकालको समय सकिएका सांसदहरुले आफ्ना अनुभव राख्दै सभालाई थप जिम्मेवार भएर अघि बढ्न शुभकामना दिएका हुन् । राष्ट्रियसभाको मंगलबारको बैठकमा मन्तव्य राख्दै उनीहरुले सरकारलाई थप जिम्मेवार बन्दै जनताको सवालमा खरो उत्रिन, भ्रष्टाचार न्यूनीकरण गरि शुसासन कायम गर्न तथा समग्र रुपमा जनताको सवाललाई आत्मसाथ गर्न आग्रह गरे ।

नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य बद्री प्रसाद पाण्डेयले प्रविधिको प्रयोग, समयमा बैठक सञ्चालन गर्ने लगायत विभिन्न पक्षमा २ बर्षमा राष्ट्रियसभामा राम्रो अभ्यास गरिएको बताउनुभयो । उहाँले राष्ट्रियसभा आफैमा अधिकारको दृष्टिले केही संकुचन भएपनि श्रृजनात्मक र प्रभावकारी ढंगले दलिय आग्रह पुर्वाग्रहबाट मुक्त भएर काम भएको बताउनुभयो । उहाँले राष्ट्रियसभा सदस्यको निर्वाचन प्रणालीका बारेमा भने थप छलफल आवश्यक रहेकाले सभाले आगामी दिनमा त्यसलाई छलफलको विषय बनाउन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो “कोही पुरै जित्दैन र कोही पुरै हार्दैन । मतभार र मतदाताको अनुपातमा सबैले जित्ने र सबैले हार्ने । अनुपातमा जित्ने । यो सिद्धान्त हामीले नियमावलिमा जुन किसिमले प्रतिबिम्बित गर्नुपथ्र्यो त्यो सकेनौ । जसका कारणले एकपटक एउटा क्लस्टरमा एकजनाको चुनाब हुने र बहुमतिय पद्धतिमा जाने । यो बहुमतिय पद्धतिले संविधानको मर्म अनुसारको उपस्थिति आगामी दिनमा नहुने हो कि यो छलफलको विषय बनाएर अगाडि जाओस् सभा ।” उहाँले सरकार संघीयताप्रति इमान्दार बन्न नसकेको उल्लेख गर्दे राष्ट्रियसभा सदस्यलाई पनि आफ्ना मतदाताप्रतिको जवाफदेही बनाउने गरि व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

नेकपाका काली बहादुर मल्लले आफुले राष्ट्रियसभा सदस्य भएर २ बर्षको कार्यकालमा धेरै कुरा सिक्ने अवसर पाएको र ‘प्रमाणपत्र सहित एउटा योग्यता प्राप्त भएको’ अनुभव गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो “महाविद्यालयको विद्यार्थी ,मैले ज्ञान आर्जन गर्ने थुप्रै मौका मिल्यो र आज म एउटा शिक्षकको रुपमा रिर्टायड हुन खोजिरहेको छु । मलाई त्यो अनुभूति भईरहेको छ ।”

पहिलो संसविधानको विघटनको समय स्मरण गर्दे उहाँले भन्नुभयो “संविधानसभाको बैठक ११ बजे बोलाईएको थियो । राती १२ बजे सम्म हामी त्यही थियौ । एकैपटक मर्यादापालक साथीहरु आउनुभयो र माननीय ज्यू तपाईहरुको म्याद सकियो भनेर राती १२ बजे चोर झै गरेर भाग्नु परेको थियो । काँक्रा चोर्न आएको हो कि जसरी कताबाट निस्कने भाग्ने जस्तो स्थिति थियो । ”

नेपाली कांग्रेसकी राष्ट्रियसभाका लागि प्रमुख सचेतक सरिता प्रसाईले आफुले जनताको चाहाना र इच्छा अनुसार काम गर्न सरकारलाई आग्रह गर्नुभयो । सिंगो शासन व्यवस्था प्रति निराशा नभई जनतालाई आशा जगाउने गरि काम गर्न शुभकामना दिनुभयो ।

त्यसैगरी राष्ट्रियसभा सदस्य हरिचरण शिवाकोटीले जनता निराश नहुने गरी राम्रो संग सबै दलहरुलाई मिलेर मुलुक सञ्चालन गर्न आग्रह गर्नुभयो ।

त्यसैगरी राष्ट्रियसभा सदस्यहरु कमला कुमारी ओली, खेमराज नेपाली, धनकुमारी खतिवडा, बलराम बास्कोटा, मिना बुढा, मुक्ता कुमारी यादव, युटोल तामाङ, रमेश प्रसाद यादव, राजकुमार कुवँर, विन्दा देवी आले रानाले नि विदाईको क्षणमा आफ्ना अनुभवहरु राखेका थिए । उहाँहरु आफुहरुले बैठकमा र विषयगत समितिमा बसेर जिम्मेवार ढंगले भूमिका निर्वाह गरेको स्मरण गर्दे जनताको विषयलाई उठाउदै राम्रो कानुन बनाउने सवालमा जिम्मेवार ढंगले भुमिका निर्वाह गर्न सुझाव दिनुभयो ।

मंगलबारदेखि बिदा हुने राष्ट्रियसभा सदस्यहरुमा नेकपाबाट ८, नेपाली कांग्रेसका ६ , राजपाका २ , समाजवादी पार्टी नेपालका १ र राष्ट्रपतिबाट मनोनित एक जना गरी १८ रहेका छन् । राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित भएका अर्थमन्त्री डाक्टर युवराज खतिवडाको कार्यकाल पनि मंगलबार देखि नै सकिदै छ । विदा हुनेहरुमा नेकपाका सांसदहरु हरिचरण शिवाकोटी, बलराम बास्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालिबहादुर मल्ल र खेमराज नेपाली छन् ।

त्यसैगरी नेपाली कांग्रेसबाट राष्ट्रियसभामा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाईँ सहित विन्दादेवी आले, बद्री पाण्डे, मुक्ता कुमारी यादव, धनकुमारी खतिवडाको कार्यकाल सकिदैछ । दुई बर्षे कार्यकाल भएका कांग्रेसका अर्का सांसद दुर्गाप्रसाद उपाध्यायको भने निधन भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com