ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीको शल्यक्रिया डा. ज्ञवालीको टिमले गर्दै, विदेशी डाक्टर पनि ‘स्ट्याण्ड बाई’


admin
फाल्गुन १९, २०७६ सोमबार  १ : २२ बजे

 

 

काठमाडौं, १९ फागुन  । प्रधानमन्त्री केपी शर्मा ओली आज अपरान्ह त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनु हुनेछ । पर्सि बुधबार र्मिगौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली आज शिक्षण अस्पताल भर्ना हुन लाग्नुभएको हो ।

प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपणमा नेपालले प्राप्त गरेको सफलताबाट विश्वस्त भएर नेपालमै दोस्रो पटक प्रत्यारोपण गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो । प्रधानमन्त्री ओलीको बुधबार त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा नै मिर्गौला प्रत्यारोपण हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालकै युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले गर्ने भएको छ । प्रत्यारोपणमा विदेशी डाक्टर संलग्नताको विषयको टुंगो निर्णय दिउँसो ३ बजे बस्ने बैठकले लगाउने डाक्टर ज्ञवालीले बताउनुभयो । प्रधानमन्त्री ओलीको २०६३ मा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसयता उनले निरन्तर औषधि खाइरहनुभएको छ ।

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री ओलीको सफल मिर्गौला प्रत्यारोपणका लागि अग्रिम शुभकामना व्यक्त गर्नुभएको छ । ट्वीटमार्फत् उनले प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभ खुसी र दीघार्युका लागि भगवान पशुपतिनाथले आशिर्वाद दिउन भन्ने कामना गर्नुभएको छ । साथै नेपाली र भारतबीचको सम्बन्धलाई नया“ उचाईमा र्पुयाउन प्रधानमन्त्री ओलीको योगदान आगामी दिनमा अझै मजबुत हु“दै जाने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दिल्ली ट्रान्जिटमा परराष्ट्रमन्त्री खनाल, नियोग उपप्रमुख डा.थापाले गरे विमानस्थलमा स्वागत

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

सम्बन्धित

इरान पाकिस्तानमा हुने वार्तामा सहभागी हुने

New Politics, Old Habits: Balen Shah’s Kitchen Cabinet Fuels Cronyism Debate

इरानद्वारा खसालिएको अमेरिकी लडाकु विमानका बेपत्ता पाइलटको खोजी तीव्र

काठमाडौंका पूर्व सीडीओ रिजाललाई हाजिरी जमानीमा छाड्न निर्णय

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com