ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कलाकार र साहित्यकारको योगदानको प्रशंसा गर्दछु– अर्थमन्त्री खतिवडा


admin

काठमाडौं, १७ फागुन । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभारसमेत सम्हाल्नुभएका अर्थमन्त्री डा युवराज खतिवडाले कला, साहित्य र श्रव्यका माध्यमबाट समाजमा रहेका विसङ्गति र विकृति हटाउन ठूलो योगदान रहेको बताउनुभएको छ ।

जनचेनता नेपालको छैटौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित सम्मान कार्यक्रममा उहाँले भन्नुभयो, “राजनीतिक परिवर्तनका लागि मुलुकमा भएका ठूला जनआन्दोलनमार्फत नयाँ नेपाल निर्माणमा कलाकार र साहित्यकारबाट भएको योगदानको प्रशंसा गर्दछु ।”अर्थमन्त्री खतिवडाले लोकतान्त्रिक गणतन्त्रमा जनताका अपेक्षा पूरा गर्न नीति निर्माणमा बस्नेले के–कस्ता विषयमा ध्यान दिनुपर्छ भनी कलाकारले गर्ने खबरदारीले असन्तुष्टिलाई सम्बोधन गर्न र कमजोरी सच्याउन सहयोग पुगिरहेको उल्लेख गर्नुभयो ।

मनोरञ्जनभित्र पनि समाज सुधारका लागि महत्वपूर्ण सन्देश बोकेको हुनुपर्छ भन्दै उहाँले मुलुकको पहिचान र सम्पत्तिका रुपमा रहेका भाषा र संस्कृतिको संरक्षण एवं विस्तारमा साहित्य र कलाका क्षेत्रबाट विशिष्ट योगदान पुगिरहेको बताउनुभयो । सरकारले पत्रकार, कलाकार र साहित्यकारलाई जीवनवृत्तिका कार्यक्रम अघि बढाइरहेको बताउँदै अर्थमन्त्री डा खतिवडाले राज्यले समाजमा विविध क्षेत्रमा योगदान पु¥याउने स्रष्टाको योगदानलाई कहिल्यै बिर्सने छैन भन्नुभयो । सो अवसरमा मुलुकका विभिन्न विधामा उत्कृष्ट काम गर्ने ३० भन्दा बढी स्रष्टालाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा नेपाल टेलिभिजनका नायब महाप्रबन्धक रामेश्वर शुक्ला, अर्बुद्धरोग विशेषज्ञ डा सुदीप श्रेष्ठ, गीतकार उन्नति शीला बोहरा, चलचित्र निर्देशक ऋषि लामिछाने, अभिनेत्री सपना श्रेष्ठ, नायक विनोद श्रेष्ठ, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडालगायत हुनुहुन्छ ।

समारोहमा सांसद कोमल वली, नेपाल चलचित्र सङ्घका अध्यक्ष रवीन्द्र खड्का, जनचेतना नेपालका अध्यक्ष बालकृष्ण निरौलालगायतले कला र साहित्यका माध्यमबाट समाजमा विविध विषयमा जनचेतना प्रवाह गर्नेलाई सम्मान गर्ने परम्पराले यस क्षेत्रमा क्रियाशील व्यक्तिलाई प्रोत्साहन भएको बताउनुभयो । उक्त संस्थाले सन्देशमूलक टेलिचलचित्र निर्माण गरी त्यसका माध्यमबाट समाज सुधारको काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com