ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सबैका साझा र लोकप्रिय नेता अधिकारी : प्रधानमन्त्री


एबीसी न्यूज

काठमाडौं, १५ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले रवीन्द्र अधिकारी सबैका साझ र लोकप्रिय नेता भएको बताउनुभएको छ । रवीन्द्र स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित रवीन्द्र अधिकारी स्मृति समारोह एवं विविध कार्यक्रममा भिडियो सन्देशमार्फत सम्बोधन गर्दै उहाँले अधिकारी समाजसेवी, मृदुभाषी र सबैका लोकप्रिय नेता भएको बताउनुभयो ।

‘सुखी नेपाली र समृद्ध नेपाल’को लक्ष्य प्राप्तिमा अधिकारी क्रियाशील रहेकै सन्दर्भमा उहाँको निधन भएको स्मरण गर्दै उहाँले भन्नुभयो, “उहाँको जीवनसँगै उहाँको निधन देशका जनताको विकास र चाहना पूरा गर्ने सिलसिलामा भयो ।” प्रधानमन्त्री ओलीले अधिकारी निष्ठावान, चरित्रवान एवं देश र जनताप्रति समर्पित एक सच्चा नेता भएको उल्लेख गर्नुभयो । सकारात्मक सोच र लगनशीलता अधिकारीमा रहेको बताउँदै उहाँले पार्टीलाई एकताबद्ध र नैतिकवान् बनाउन पनि उहाँबाट प्रेरणा लिएरअघि बढ्नुपर्ने बताउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले रवीन्द्रको निधनसँगै देशले असल जनप्रतिनिधि गुमाएको धारणा राख्नुभयो । समाज एवं देशको विकासका साथै पार्टी सङ्गठन निर्माणमा अधिकारीले खेलेको भूमिका महत्वपूर्ण भएको चर्चा गर्दै उहाँले सबैसँग मिलेरअघि बढ्नसक्ने उहाँका असाधारण क्षमता रहेको उल्लेख गर्नुभयो ।

संवैधानिक रुपमा नै राजदरबारका सदस्यको विरोधमा बोल्न नपाउने अवस्थामा पनि उहाँले प्रविण गुरुङको हत्याका विरुद्धमा जनमत सङ्कलन गर्नुभएको मन्त्री भट्टराईले स्मरण गर्नुभयो । अधिकारीको निधनले गण्डकी प्रदेशका साथै समग्र राष्ट्रलाई नै अपुरणीय क्षति पुगेको बताउँदै उहाँले अधिकारीको क्रियाशिलता, निष्ठता तथा जनता प्रतिको उत्तरदायीपनका कारण नै यहाँका जनताले उहाँलाई पटक–पटक निर्वाचित गराएको स्मरण गर्नुभयो ।

विद्यार्थीलाई सार्वजनिक सवारीसाधनमा सहुलियतका साथै देशको सीमा सुरक्षाका लागि अगुवाइ गर्ने लगायतका धेरै काम अधिकारीले गर्नुभएको भट्टराईले उल्लेख गर्नुभयो । पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको विशेष श्रेय अधिकारीमा नै जाने बताउँदै उहाँले सन् २०२१ मा विमानस्थल सञ्चालनमा आइसक्ने जानकारी दिनुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले रवीन्द्रका अधुरा सपनालाई पूरा गर्नु वर्तमानको आवश्यकता भएको बताउनुभयो । निर्माणाधीन पोखरा विमानस्थललाई समयमा नै सञ्चालनमा ल्याउनु रवीन्द्र प्रतिको सच्चा श्रद्धाञ्जलि हुने बताउँदै उहाँले नेपाल भ्रमण वर्ष २०२० पनि उहाँकै अवधारणा भएको स्मरण गर्नुभयो ।

सबैसँग न्यानो सम्बन्ध कायम गर्दै जनताको नेतृत्व गर्न सक्ने विशिष्ट गुण रवीन्द्रमा रहेको बताउँदै मुख्यमन्त्री गुरुङले पार्टीमा गुटभन्दा माथि रहेर पार्टी अनुशासनमा रहने रवीन्द्रबाट धेरै कुरा सिक्नुपर्ने आवश्यकता औँल्याउनुभयो । वर्तमान सरकारलाई जनताले पाँच वर्षका लागि म्यान्डेट दिएको चर्चा गर्दै उहाँले जनमतका विरुद्धमा जाने अधिकार कोही कसैलाई नभएको उल्लेख गर्नुभयो ।

उक्त अवसरमा प्रतिष्ठानद्वारा आयोजित ‘विकास, राजनीति र रवीन्द्र अधिकारी’ विषयक राष्ट्रिय निबन्ध प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थी क्रमशः सुरज परियार ललितपुर, मनिता योङहाङ, विराटनगर र रामचन्द्र अधिकारी ओखलढुङ्गालाई नगद २५, २० र १५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरियो । त्यस्तै क्यानभासमा रवीन्द्र अधिकारी कला कार्यशालाका संयोजक रमेश श्रेष्ठ लगायतका कलाकारलाई प्रमाणपत्र प्रदान गरियो ।

थामिएनन् विद्याका आँशु

प्रतिष्ठानद्वारा पोखरा सभागृह हलमा आयोजित प्रथम स्मृति दिवसमा रवीन्द्र पत्नी विद्या भट्टराईका आँशु थामिएन । शोकलाई शक्तिमा बदल्दै उप निर्वाचनमार्फत प्रतिनिधिसभा सदस्य बन्नुभएका भट्टराई स्मृति दिवसको कार्यक्रम शुरु हुँदादेखि नै भावुक देखिनुहुन्थ्यो । अधिकारीको विद्यार्थीकालदेखि राजनीतिका विभिन्न कालखण्ड र घटनाक्रमसँग जोडिएका भिडियो जब हलमा राखिएका स्क्रिनमा देखाइए तब विद्यालगायत सबैलाई भाव शून्य बनाइदियो । विद्या एकटकले भिडियो हेरिरहनुभएको थियो, अनवरत उहाँका आँशु बगिरहेका थिए ।

उहाँसँग रहनुभएका राजनीति सहयोद्धा संस्कृतिमन्त्री भट्टराई पनि निकै भावुक भएर रवीन्द्रलाई हेरिरहनुभएको थियो । रवीन्द्रका राजनीतिक उपलब्धिलाई समेटिएको भिडियोमा उहाँले नेतृत्व गरेका विद्यार्थी सहुलियतदेखि संसद्मा बोलेका महत्वपूर्ण प्रस्ताव, उच्चस्तरीय भेटघाट लगायतका महत्वपूर्ण कुरालाई उतारिएको थियो । दुर्घटना हुनुपूर्व ताप्लेजुङमा गरेको अन्तिम सम्बोधन हेर्दा दर्शक दीर्घाबाट सुक्क सुक्क आवाज आएको थियो ।

बालबालिकादेखि युवा, वयस्क र ज्येष्ठ नागरिकसम्मको मनमा बस्न सफल अधिकारीको अन्तिम दाह संस्कारको तस्बीर र भिडियोले पत्नी विद्या हलका सबै दर्शक भावुक बनेका थिए । कास्की रवीन्द्र अधिकारीको जन्मथलो मात्र नभई उहाँलाई राजनीतिको उचाइमा पु¥याउने जिल्ला पनि हो । कस्केली जनताले २०६४ र २०७० सालको संविधानसभा सदस्यमा कास्की क्षेत्र नं ३ बाट निर्वाचित गराएका थिए । त्यस्तै २०७४ सालको प्रतिनिधिसभा सदस्यमा कास्की क्षेत्र नं। २ बाट उहाँ निर्वाचित हुनुभएको थियो ।

तसर्थ पनि सो स्मृति सभामा पार्टीका नेता कार्यकर्ता मात्र थिएनन् फरक विचार र आस्था भएका व्यक्ति समेतको उल्लेख्य सहभागिता थियो । उहाँले २०७४ चैत २ गते नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री जिम्मेवारी सम्हालेका अधिकारीको गत वर्ष फागुन १५ गते ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटनामा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com