ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रवीन्द्रको पुण्यतिथि : ‘एउटा समयले जन्माएको ‘क्यारेक्टर’


एबीसी न्यूज


काठमाडौं, १५फागुन ।  नेपाली राजनीतिमा लोकप्रीय युवा नेताको छवि बनाउन सफल तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अकल्पनीय निधन भएको फागुन १५ गते एक वर्ष पुगेको छ ।

ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा पर्नुभएका अधिकारी पोखरा क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्थ्यो । उहाँ कास्कीको तत्कालीन भरतपोखरी गाविस जामुनाबोटमा २०२६ सालमा जन्मनुभएको हो । सानै उमेरदेखि राजनीतिक गतिविधिमा चासो राख्ने अधिकारी विभिन्न माध्यमबाट राजनीतिक जागरणमा आफ्नो भूमिकालाई सशक्त बनाउँदै आउनुभएको थियो ।

विसं २०४२ मा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन शुरू गर्नुभएका अधिकारीले विभिन्न जिम्मेवारी बहन गर्दै २०४९ सालमा पिएन क्याम्पस र २०५६ सालमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष बन्न सफल हुनुभयो । उहाँले २०४५ सालमा पार्टीको सङ्गठित सदस्यता प्राप्त गर्नुभएको थियो । विसं २०६४ र २०७० को संविधानसभा सदस्यमा कास्की क्षेत्र नं ३ बाट निर्वाचित र २०७४ सालको प्रतिनिधिसभा सदस्यमा कास्की क्षेत्र नं २ बाट अधिकारी निर्वाचित हुनुभएको थियो । उहाँले २०७४ चैत २ गते नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँको निधनपश्चात् २०७६ जेठ १८ गते उहाँका योगदानलाई चिरस्थायी बनाउन ‘रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान’को स्थापना गरिएको छ । जसको अध्यक्ष रवीन्द्र पत्नी विद्या भट्टराई हुनुहुन्छ ।

विविध व्यक्तित्वको नजरमा रवीन्द्र

विम्ब कवि एवं कलाकार रमेश श्रेष्ठ : विसं २०४३ मा मेरो रवीन्द्रसँग पृथ्वीनारायण क्याम्पसमा भेट भएको हो । त्यही समयदेखिको आत्मीयता ऊ जिवित रहँदासम्म कायम रह्यो । मिलनसार, जुझारु, हँसिलो अनुहार र सबैसँग आत्मीय सम्बन्ध विस्तार गर्नसक्ने उसँग गजबको विशेषता थियो ।

फरक विचार र स्वभावका व्यक्तिलाई समेत आफ्नो प्रभावमा पार्नसक्ने क्षमता ऊसँग थियो । यही गुण र विशेषताले नै हुनुपर्छ उसलाई निरन्तर चुनावमा विजयी हासिल गराउँदै राजनीतिक सफलता मिल्दै गयो । रवीन्द्र अधिकारी एउटा समयले जन्माएको क्यारेक्टर हो । नयाँ पुस्ताले आर्दश मान्ने क्यारेक्टर उसमा थियो ।

पर्यटन व्यवसायी विप्लव पौडेल : अधिकारीलाई म एक असल साथी र दूरदर्शी विकास प्रेमी नेताका रुपमा स्मरण गर्छु । नेपालको पर्यटनमा नयाँ आयाम र बृहत् योजनासहित अघि सारेका उहाँका रणनीतिक योजनाले नेपालको पर्यटनमा नयाँ आयामको शुरुआत गर्नमा हामी विश्वस्त थियौँ । तर, हामीले अकल्पनीयरुपमा उहाँलाई गुमायौँ ।

उहाँको निधनले नेपालको पर्यटन विकासमा नराम्ररी धक्का लागेको महसुस भएको छ । पोखराको सन्दर्भमा पनि विश्वकै उत्कृष्ट शहर बनाउने अभिष्ट उहाँमा थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, चक्रपथ, काठमाडौँ पोखरा लुम्बिनी फाष्ट ट्रयाक, काठमाडौँ पोखरा रेल्वे, मध्यपहाड़ी राजमार्गजस्ता पूर्वाधार निर्माणको दबाब सिर्जना गर्ने काममा उहाँको महत्वपूर्र्ण भूमिका छ ।

शिक्षाविद् जोर्जजोन :  म काजबाट २०४९ सालमा पृथ्वीनारायण क्याम्पस फर्कंदा रवीन्द्र अधिकारी स्ववियु सभापति हुनुहुन्थ्यो । निकै जाँगरिलो, कमाण्डिङ गर्न सक्ने टाठो युवा लाग्थ्यो । उहाँकै पहलमा पिएन गेटदेखि कार्यालयसम्मका बाटोलाई कङ्क्रिट बाटो बन्यो । बाटो निर्माण चन्दा उठाउन उहाँ निकै खटिनुभएको थियो ।

रवीन्द्रले विद्यार्थीकालदेखि नै विकासको एजेण्डालाई प्राथमिकता दिएको मैले पाएँ । कसैलाई नराम्रो नगर्ने, सम्मान गर्न जान्ने उहाँको विशेषता थियो । पोखरा विश्वविद्यालयको स्वरुप सम्बन्धीको एउटा कमिटीमा रवीन्द्र र म सँगै थियौँ । उहाँले धेरै सुझाव दिनुभएको थियो । म निकै राम्रो व्यक्तिका रुपमा रवीन्द्रलाई स्मरण गर्छु ।

रवीन्द्र स्मृति प्रतिष्ठानका कोषाध्यक्ष देवका पहारी स् रवीन्द्र अधिकारी मभन्दा एक व्याच सिनियर हुनुहुन्थ्यो । विद्यार्थी कालदेखि नै जुझारु र मिलनसार व्यवहार उहाँको थियो । राजनीतिक आन्दोलनमा निडर निर्भिक साथ प्रस्तुत हुने कुशल नेतृत्व क्षमता उहाँमा थियो । राजनीति र विकास एकअर्काका अन्तर सम्बन्धित ठान्ने अधिकारी नेपाली राजनीतिलाई उचाइमा पु¥याउने एक कुशल राजनीतिक पात्र हुनुहुन्छ । नेपाली राजनीतिको उदीयमान नक्षेत्रका रुपमा रहनुभएका अधिकारीले गर्र्नुभएका सकारात्मक र अविस्मरणीय कार्यलाई चिरस्थायी रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान गठन गरेर उहाँको योगदानलाई जीवन्त राख्ने प्रयासमा लागेका छौँ ।

पत्रकार महासङ्घ, रामकृष्ण ज्ञवाली :  हामीले देश विकासका बारेमा भिजन भएको नेता गुमायौँ । बोल्नकै लागि बोल्ने धेरै नेता छन् । यसका विपरीत अध्ययन अनुसन्धान गरेर सम्भाव्यताका आधारमा विकासका दृष्टिकोण बनाउने नेता रवीन्द्र अधिकारी हुनुहुन्थ्यो ।

देश तथा विदेशका विकासका मोडलमा विशेष चासो राख्दै अध्ययन गर्न र देशकाल परिस्थितिलाई बुझ्न सक्ने लोकप्रिय नेताका रुपमा म रवीन्द्र अधिकारीलाई स्मरण गरिरहनेछु । आजको समकालीन नेतामा उहाँको जस्तो क्षमता र खुवी भएको नेता मैले देखेको छैन । अब छिट्टै जन्मेलान् वा अझै समय लाग्ला भन्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com