ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीव्र विकासमार्फत जनतालाई सुखसुविधा उपलब्ध गराउन लागिपरेका छौँ– प्रधानमन्त्री ओली


admin

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले तीव्र विकासमार्फत जनतालाई सुखसुविधा उपलब्ध गराउन सरकार लागिपरेको बताउनुभएको छ । पाँचथरको कुम्मायक गाउँपालिका, यासोकमा बृहत् पम्पिङ खानेपानी आयोजना तथा विद्युतीकरणको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले तीव्रताका साथ विकासका काम अघि बढाउनु नै सरकारको मुख्य लक्ष्य रहेको बताउनुभयो । आफू झण्डै ५० वर्षअघि यासोक र रानीगाउँ क्षेत्रमा हिँडेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले सबै क्षेत्रको विकास सरकारको उत्तिकै प्राथमिकतामा परेको बताउनुभयो । “हाम्रो काम सकेसम्म देशको विकास र जनतालाई सहुलियत दिने हो”, प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले टाढाबाट कम्मरमा पानी बोकेर ल्याउनुपर्ने पीडा र दुःखसँग आफू साक्षात्कार रहेको बताउँदै मोटरबाटो, विद्युत्, खानेपानी जस्ता अत्यावाश्यक सेवा उपलब्ध गराउन सरकारले दूरगामी महत्वका आयोजना अघि बढाएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले पूर्वी नेपालमा ठूला सडक आयोजनासहित तमोर जलाशययुक्त आयोजना निर्माणमा सरकारले ध्यान दिएको बताउनुभयो । “विकास, बिजुली, बाटो, शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगारी यिनै कुराहरुसँग जनताको सुखसुविधा जोडिएको छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “यिनै कुरामा हाम्रो ध्यान गएको छ ।” प्रधानमन्त्री ओलीले यहाँ महिलाको दुःख अन्त्य भएकामा बधाई ज्ञापनसमेत गर्नुभयो । प्रधानमन्त्री ओलीले खानेपानी आयोजना सञ्चालनका लागि विद्युत् महसुलमा छुट दिन आफू सकारात्मक रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले सुखसुविधा पुगेका स्थानलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न स्थानीयवासीलाई आग्रह गर्नुभयो । “उता हपहप गर्मी भएका बेला यहाँको शीतल हावा खान तराईका सबै मानिसहरु आउँछन्”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “तपाईंहरुले त्यस खालको वातावरण निर्माण गर्नुहोस् ।”

सो अवसरमा प्रधानमन्त्री ओलीलाई सहभागीले उहाँको ६९औँ जन्मदिनको सामूहिक शुभकामना व्यक्त गरेका थिए । शुभकामना व्यक्त गर्ने सबै सहभागीलाई प्रधानमन्त्री ओलीले धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले आफ्नो उपचारमा सहयोग गर्ने डा रमेशसिंह भण्डारी, डा दिलीप शर्मालगायतलाई धन्यवाद ज्ञापन गर्दै सहभागीमाझ परिचय गराउनुभएको थियो । कार्यक्रममा खानेपानीमन्त्री विना मगरले मुलुकभर खानेपानीको व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउँदै समृद्धिका लागि स्वच्छ खानेपानीको उपलब्धत गराउन सरकार प्रयत्नशील छ भन्नुभयो । “खानेपानी दैनिकीसँग जोडिएको अत्यावाश्यक विषय रहेकाले यसको सही व्यवस्थापनलाई पहिलो खुड्किलोका रुपमा लिएका छौँ”, मन्त्री मगरले भन्नुभयो, “ठूला खानेपानी आयोजनाहरुलाई सफल बनाउन विशेष ध्यान दिएका छौँ ।” उहाँ खानेपानी आयोजनाहरुको विस्तार र सुधारमा समेत सरकारले सहयोग गर्ने बताउनुभयो । सो अवसरमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले समेत धारणा राख्नुभएको थियो ।

यासोक सुक्खा क्षेत्र तमोर पम्पिङ खानेपानी आयोजना उद्घाटन
प्रधानमन्त्री ओलीले चार वर्षअघिदेखि निर्माण शुरु भई हालैदेखि सञ्चालनमा आएको यासोक सुक्खा क्षेत्र तमोर पम्पिङ खानेपानी आयोजनाको उद्घाटन गर्नुभएको हो । आज कुम्मायक गाउँपालिका–१ यासोक बजारमा खानेपानी धाराको टुटी खोल्दै प्रधानमन्त्री ओलीले आयोजनाको उद्घाटन गर्नुभएको हो । खानेपानीका मुहान सुक्दै गएपछि साबिक यासोक, स्यावरुम्बा र रानीगाउँ गाविसका लागि आर्थिक वर्ष २०७२÷७३ देखि बृहत् पम्पिङ खानेपानी आयोजना निर्माण शुरु भएको थियो । ती गाविसलाई सरकारले २०६८ सालमै सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो । रु ५१ करोड ३० लाख २० हजारको लागतमा निर्माण भएको आयोजनाबाट १३ हजार २६६ स्थानीयवासी लाभान्वित हुने सरकारी तथ्याङ्क छ । कुम्मायक–५ स्यावरुम्बाको लुमुघाटबाट तमोर नदीको पानी एक हजार ४३४ मिटर उचाइमा रहेको यासोक बजारसम्म पु¥याई खानेपानी वितरण शुरु गरिएको छ । विद्युतीय पम्पिङ प्रविधिको प्रयोग गरी लुमुघाटबाट सात स्थानमा रहेका पम्पिङ स्टेशन ९ट्याङ्की०को सहायताले डाँडासम्म पानी पु¥याइएको हो ।

प्रतिसेकेन्ड २०.३ लिटर पानी झार्ने आयोजनाको लक्ष्य छ । आयोजनाको प्रसारण लाइनतर्फ मुहानमा एउटा ट्याङ्की एक, पम्पिङ स्टेशन सात, खोल्सा क्रसिङ र कार्यालय भवन एकएक, पानी ट्याङ्की ११ र चौकीदार घर १० निर्माण गरिएको खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेले जानकारी दिनुभयो । प्रसारण लाइनतर्फका संरचना गत वर्ष नै निर्माण भइसकेका थिए । तमोर नदीबाट डाँडासम्म पानी ल्याउने प्रसारण लाइन १७.४ किलोमिटर तथा वितरण पाइपलाइन १९२.५१ किलोमिटर रहेको सचिव बेल्बासेले जानकारी दिनुभयो । वितरण लाइनतर्फ अग्नि नियन्त्रक १५, खोल्सा क्रसिङ ३४ र भल्भ च्याम्बर ११५ छन् ।

आयोजना निर्माणपूर्व यहाँका तीन हजार ४३ घरमा खानेपानी पु¥याउने लक्ष्यका साथ काम भएको हो । हालसम्म यहाँका दुई हजार २०० घरमा खानेपानी जडान भइसकेको छ । यही फागुन महिनाभित्र सबै घरपरिवारका खानेपानी पु¥याउने लक्ष्य राखिएको उपभोक्ता समितिका अध्यक्ष डम्बरसिंह सम्बाहाम्फेले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले कुम्मायक गाउँपालिकामा पर्ने साबिकका तीन गाविसलाई अँध्यारोमुक्त घोषणा गर्नुभयो । हाल कुम्मायक–१, ३, ४ र ५ मा पुनर्संरचित साबिकका यासोक, स्यावरुम्बा र रानीगाउँ गाविस अँध्यारोमुक्त घोषणा भएका हुन् । चार वर्षअघिदेखि विद्युत् विस्तारको काम शुरु भई यहाँ रु १० करोड ५१ लाख ५१ हजार ७७६ लागतमा विद्युतीकरण सम्पन्न भएको हो । साबिक स्यावरुम्बा गाविसमा यहाँको स्यावरुम्बा विद्युत् सहकारी संस्थाको अगुवाइमा आठ सय घरमा सामुदायिक ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत विद्युतीकरण सम्पन्न भएको हो । नेपाल सरकारको रु दुई करोड ३५ लाख ३२ हजार ७४६ तथा उपभोक्ताबाट सङ्कलित रु २६ लाख १४ हजार ७४९ को लागतमा यहाँ विद्युतीकरण पूरा भएको हो । यहाँ त्रिपुरेश्वर कन्डक्टर/जयदुर्गे इन्जिनीयरिङ जेभी, काठमाडौँले विद्युतीकरण गरेको थियो ।

यस्तै यासोक र रानीगाउँमा फिदिम विद्युत् सहकारी संस्था लिमिटेडको अगुवाइमा रु सात करोड ९० लाख चार हजार २८० को लागतमा विद्युतीकरण सम्पन्न भएको हो । यहाँ उपभोक्ताले रु ७९ लाख ४२८ सङ्कलन गरेका थिए भने नेपाल सरकारको रु सात करोड ११ लाख तीन हजार ८५२ लगानी छ । यहाँ हालसम्म एक हजार ११५ घरमा विद्युतीकरण पूरा भएको सहकारी संस्थाले जनाएको छ । यहाँ वाइवा इन्फ्राटेक प्रालि, काठमाडौँले विद्युतीकरण गरेको थियो । निकै पिछडिएको यस क्षेत्रमा विद्युतीकरण सम्पन्न भएकामा उपभोक्ताले खुशी व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com