ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उत्तेजक कपडा लगाएर फेसबुकमा लाइभ गर्न नपाइने


एबीसी न्यूज

काठमाडौं, ९ फागुन । उत्तेजक पहिरनमा फेसबुक लाइभ गसरसामानहरूको विज्ञापन तथा बिक्री गर्ने कार्य कम्बोडिया सरकारले रोक लगाएको छ ।

तर सरकारको यस्तो कदमलाई महिला अधिकारवादीहरूले खरतनाक र आधारहीन भएको आरोप लगाएका छन् । कपडा तथा ब्युटी प्रडक्टहरूको प्रचार तथा बिक्रीका लागि उत्तेजक कपडा लगाएका युवतीहरू फेसबुकमा आएर लाइभ गर्ने प्रचलन ह्वात्तै बढेपछि कम्बोडिया सरकारले त्यस्ता फेसबुक प्रयोगकर्ताहरूमाथि प्रतिबन्ध लगाउन सुरु गरेको थियो ।

उत्तेजक पहिरनमा फेसबुकमा लाइभ आएर व्यापार गर्ने कार्यले देशको संस्कृतिमा आघात गरेको दाबी त्यहाँका प्रधानमन्त्री हुन सेनले गरेका छन् । कम्बोडियाको महिला आयोगलाई निर्देशन दिँदै प्रधानमन्त्री हुनसेनले भनेका छन्, ‘तपाईंहरू त्यसरी लाइभ गरिरहेका महिलाहरूकहाँ जानुहोस् र उनीहरूले उत्तेजक कपडाको साटो सामान्य पहिरन नलगाएसम्म लाइभ स्ट्रिमिङ्ग बन्द गराउनुहोस् । बन्द गराउनुहोस् ।’ यसरी उत्तेजक पहिरनमा फेसबुक लाइभ गर्ने कार्य देशको संस्कृति र परम्पराको उल्लंघन भएको र यसले महिलाविरुद्ध यौन दुव्र्यवहार र हिंसालाई बढावा दिएको दाबी प्रधानमन्त्रीको छ । कम्बोडियन पुलिसले बुधबार आफ्नो फेसबुक पेजमा एउटा भिडियो पोष्ट गरेको छ । जसमा एकजना महिलाले आफुले उत्तेजक पहिरनमा फेसबुक लाइभ गरेर गलत काम गरेको र संस्कृति र महिलाको मर्यादामा आघात पुर्याएको भन्दै क्षमा मागेकी छन् । यस विषयमा फेसबुक कम्पनीले भने कुनै प्रतिक्रिया जनाएको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com