ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गल्ती गरेको भए सजाय भोग्न तयार छु – मन्त्री बाँस्कोटा


एबीसी न्यूज
फाल्गुन ८, २०७६ बिहीबार  १२ : ०६ बजे

काठमाडौं, ८ फागुन ।  सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रेस खरिदको बिषयमा सार्वजनिक भएको अडियो रेकर्डबारे पहिलो प्रतिक्रिया दिनुभएको छ । कञ्चनपुरमा रहनुभएका मन्त्री बास्कोटाले आज बिहान बेलडाँडी गाउँपालिकाले गरेको चियापान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै आफूले गल्ती गरेको भए सजाय भोग्न तयार रहेको बताउनुभयो । यस बिषयमा विस्तृतमा काठमाडौं पुगेर जानकारी दिन उहाँको भनाई छ ।

व्यक्तिमाथि आरोप लाग्दा त्यसको असर स्वयम व्यक्तिलाई पर्ने भन्दै उहाँले जसले गल्ती गरेको हो, सोही व्यक्ति जाने भएकाले पार्टी त्यसमा दोषी नहुने बताउनु भयो । बामपन्थी सरकारलाई बदनाम गराउन चौबिसै घण्टा लाग्नेहरु रहेको भन्दै उनले अडियो प्रकरण पनि त्यसकै निरन्तरता भएको बताउनु भयो । मन्त्री बास्कोटा आज बेलौरी र पुनर्वासको कार्यक्रम सकेर काठमाडौं फर्कने कार्यक्रम रहेको छ । उहाँले आजै हुने नियमित पत्रकार सम्मेलनमा यस बिषयमा जानकारी दिने बताउनु भयो ।

ओली–प्रचण्डबीच भेटवार्ता

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । बिहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता भएको हो । भेटमा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरणबारे कुराकानी भएको स्रोतले बताएको छ । ओली र प्रचण्डबीच ‘मन्त्री बास्कोटा काठमाडौं फर्किएपछि यसबारे सोध्ने र त्यसपछि के गर्ने भन्ने विषयमा निर्णयमा पुग्ने’ कुराकानी भएको बालुवाटार स्रोतले बतायो ।

 तत्काल बर्खास्त गरी अनुसन्धान गर्न नेपाली काँग्रेसको माग

सञ्चारमन्त्री गोकुल बास्कोटालाई तत्काल बर्खास्त गरी अनुसन्धान गर्न नेपाली काँग्रेसले माग गरेको छ। बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै काँग्रेसले बर्खास्त गर्दै अनुसन्धान गर्न माग गरेको हो।

७० करोड कमिसन सञ्चार मन्त्रीले मागेको अडियो  सार्वजनिक भइसकेको अवस्थामा निजलाई तत्काल बर्खास्त गर्न र निष्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन नेपाली काँग्रेस प्रधानमन्त्री केपी शर्मा ओलीलाई सार्वजनिक रूपले आग्रह गर्दछु प्रवक्ता विश्वप्रकाश शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद तयारीसँगै ठुलो रकमको अनियमितताको तयारी भइरहेको नेपाली काँग्रेसले पहिल्यै अनुमान गरेको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पूर्वमन्त्री खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

एक मात्र विकल्प महाधिवेशन ः राप्रपा महामन्त्री राणा भिडियो

सम्बन्धित

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो ७ दिने स्पष्टीकरण

तिब्बत र ताइवानसम्बन्धी गतिविधिबाट टाढा रहन चीनको नेपाललाई दबाब

‘ज्योतिष शास्त्रीय दृष्टिमा २०८३ साल नेपालका लागि शुभ रहेको छ’

समानान्तर गतिविधि नरोकेपछि पूर्णबहादुरलाई कांग्रेसले स्पष्टीकरण सोध्ने

सभामुख डीपी अर्यालको गाडीलाई सिंहदरबार पुगेर ट्राफिकले काट्यो चिट

रास्वपाले बोलायो संसदीय दलको बैठक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com