ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डिजिटल नेपाल बनाउने महाभियानमा छौँ– प्रधानमन्त्री ओली


admin

काठमाडौं, ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ‘डिजिटल नेपाल’ बनाउने महाअभियानमा रहेको बताउनुभएको छ । उहाँले धुलिखेल नगरपालिकाको ३४औँ स्थापना दिवसलाई आज सम्बोधन गर्दै उहाँले डिजिटल नेपालका लागि विकास र सेवाका क्षेत्रमा आधुनिक प्रविधि प्रयोग गर्ने नीति लिइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “डिजिटल नेपालका लागि विकास र सेवाका हरेक क्षेत्रमा आधुनिक प्रविधि कार्यान्वयन गर्दै अघि बढिरहेका छौँ, फोरजी सेवा पनि सबै जिल्लामा पुगिसक्यो । हरेक दिन हामी युगान्तकारी काम गरिरहेका छौँ, देश आधुनिकता, विकास, सामाजिक न्याय–समानता र समृद्धितर्फ अघि बढिरहेको छ”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले सरकार महिला र पिछडिएका समयुदायको उत्थान, रोजगारी र युवालाई विदेशप्रति विकर्षणका कार्यक्रम ल्याइएको बताउनुभयो । उहाँले भन्नुभयो, “अब हाम्रा प्रतिभा, श्रम–सामथ्र्य बाहिर नजाऊन् भन्नका लागि सीपयुक्त बनाएर दक्ष जनशक्तिमा परिणत गर्दैछौँ, शिक्षालाई जीवनसँग जोडेर जीवनयोपयोगी बनाउने प्राविधिक र ज्ञानमूलक शिक्षा नागरिकमा पु¥याउने काम गर्दैछौँ ।”उहाँले हाल ८८ प्रतिशतभन्दा बढी जनतामा विद्युत् पहुँच पुगिसकेको उल्लेख गर्दै अबको दुई वर्षभित्र बाँकी १२ प्रतिशतलाई विद्युत् सेवा पु¥याइसक्ने र स्मार्ट मिटर जडान गरिसक्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले भक्तपुर–बनेपा–धुलिखेल सडकलाई चौडा पार्ने काम थालिने पनि जानकारी दिनुभयो । “हामी एक गाउँमा मात्रै हैन, सबै गाउँमा विकास गर्छौँ, अब हामी सुरुङ युगमा प्रवेश गर्दैछौँ, सुरुङ बनाउँदै जान्छौँ, बाटो चौडा गर्दै जान्छौँ”, उहाँले भन्नुभयो ।

उहाँले कोटेश्वरको जाम हटाउन ‘अण्डरग्राउण्ड रोड’ बनाइने जानकारी पनि दिनुभयो । प्रधानमन्त्री ओलीले काठमाडौँमा टेलिफोनका तार जमीनमुनिबाट पाइपबाट लैजाने कामको शुरुआत भएको उल्लेख गर्दै जमीनमा खनेर धुलो र खाल्डा बनाउनुपर्ने कामको अन्त्य भएको पनि बताउनुभयो ।“विकास भनेको पूँजीपतिले पैसा कमाउने मात्रै हैन, गर्भमा भएका भ्रुणदेखि जीवन बाँचुञ्जेज मसिनो रुपमा हेरविचार गरी मानिसप्रति उत्तरदायी हुने चरित्रको विकास गर्दैछौँ” उहाँले भन्नुभयो । सरकारले सडक बालबालिका र सडक मानव कहीँ पनि रहन नदिने बताउँदै हाल धेरै व्यवस्थापन गरिसकिएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले खान नपाएर मानिस भोकै मर्ने समस्या नहुने दोहो¥याउनुभयो । उहाँले भन्नुभयो, “जनताको सरकारका बेला खानै नपाएर मर्ने रु त्यस्तो नेपालमा हुँदैन, जनताको सरकारले कसैलाई भोकै राख्दैन ।” शतप्रतिशत बालबालिका अब विद्यालय जान थालेकामा खुशी व्यक्त गर्दै उहाँले हाल विद्यालय छाड्ने बालबालिकको सङ्ख्या नगण्य रहेकाले त्यस सङ्ख्यालाई समाप्त पारिने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले एक सय वर्षदेखि दक्षिण एशियाको सबैभन्दा पहिलो बिजुली उत्पादन गर्ने नेपाल ५०० मेगावाटभन्दा कम उत्पादन गरेर बसेकामा दुई वर्षमा हजार मेगावाट नघाइएको बताउनुभयो । “अर्को वर्षमा अर्को हजार मेगावाट बढाउँछौँ, अहिले अलिअलि विद्युत् निर्यात गर्दैछौँ, अर्को वर्षदेखि निर्यात बढाइँदै लगिन्छ”, उहाँले भन्नुभयो । प्रधानमन्त्री ओलीले काभ्रेपलाञ्चोक प्रतिभा जन्माउने जिल्लाका रुपमा क्रमशः प्रकट हुँदै गएको उल्लेख गर्दै धुलिखेलको विकासले आफू खुशी भएको बताउनुभयो । उहाँले जिल्लाका तरकारी र फलफूललाई प्राङ्गारिक बनाउँदै आधुनिकीकरणको दिशातर्फ अघि बढाउन सुझाव दिनुभयो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि एवं शहरी विकासमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले न्याय र समानतासँगै नेपाललाई विकासतर्फ डोहो¥याइरहेको बताउनुभयो । खानेपानीमन्त्री विना मगरले धुलिखेल नगरपालिकाले खानेपानीमा स्वच्छता कायम गरिरहेकामा खुशी व्यक्त गर्नुभयो । नगरप्रमुख अशोक व्याञ्जू श्रेष्ठले आगामी २० वर्षमा नेपालकै उत्कृष्ट नमूना नगर हुने गरी काम अघि बढाइएको उल्लेख गर्दै पाँच वर्षभित्र नगरवासीका आधारभूत आवश्यकता पूर्ति गरिने बताउनुभयो । सो अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न विधामा उत्कृष्ट जिल्लाका व्यक्तित्वलाई सम्मान गर्नुभयो । यसअघि उहाँले काभ्रेभञ्ज्याङमा निर्माण गरिएको जननेता मदन भण्डारीको शालिक अनावरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com