ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वातावरण विधेयक विचार गरियोस् प्रस्ताव पारित


admin
माघ २८, २०७६ मंगलबार   ५ : २६   बजे

काठमाडौं, २८ माघ । प्रदेश नं. १ प्रदेशसभाको आजको बैठकले ‘प्रदेशको वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।

प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले पेश गरेको सो प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । मन्त्री कुसियतले जलवायु परिवर्तनले पर्यावरणमा पर्ने असरलाई न्यूनीकरण गर्न र दिगो विकासको आधार खडा गर्न विधेयकले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले वातावरण प्रदूषणले मानव जीवनमा पर्ने प्रतिकूल असरलाई कम गर्न तथा प्रदेशभरिमा उत्पन्न हुने फोहर र प्रदूषणलाई पनि व्यवस्थापन गर्न यो विधेयकले सहयोग पु¥याउने बताउनुभयो ।

‘प्रदेशको वातावरण संरक्षण सम्बन्धमा व्यवस्थ गर्न बनेको विधेयक’ माथि भएको सैद्धान्तिक छलफलमा सदस्य उमिता विकले नागरिकले स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारलाई विधेकयले संरक्षण गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । अर्का सदस्य केदार कार्कीले विकास निर्माण गर्दा वातावरण अध्ययन प्रतिवेदन तयार हुनुपर्ने बताउँदै विधेयकसँगै कार्यविधि आउनुपर्नेमा जोड दिनुभयो । सदस्य प्रतापप्रकाश हाङ्गामले पहाडमा गोलियाको नाममा तीव्र रुख कटान भइरहेको जानकारी दिँदै मानव स्वास्थ्यदेखि जीवजन्तुसमेतको संरक्षणमा यो विधेयकले मद्दत गर्न सकोस् भन्नुभयो । राजकुमार ओझाले जल, वायु, जीव तथा वनस्पतिलाई संरक्षण गर्न विधेयकलाई अझ राम्रो र सुदृढ बनाउन विषयगत समितिमा गहन छलफल हुनुपर्ने माग गर्नुभयो । बलबहादुर साम्सोहाङले वातावरण सिङ्गो पृथ्वीसँग जोडिएकाले यो विधेकयमा गहन छलफल हुनुपर्ने धारणा राख्नुभयो ।

प्रदेशसभाको बैठक प्रारम्भ भएपछि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सदस्यले उभेर विरोध जनाएपछि केही समय सदन अवरोध हुन पुगेको थियो । उपसभामुख सरस्वती पोखरेलले पटकपटक सदस्यहरुलाई बस्न आग्रह गरेपछि सदस्यले आफ्ना स्थानमा बसेपछि काँग्रेसका शेखरचन्द्र थापालाई बोल्न समय दिनुभएको थियो । सदस्य थापाले संवैधानिक अङ्ग अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्वतन्त्र र तठस्त हुनुपर्ने कुरामा जोड दिनुभयो । उहाँले प्रदेशसभाको दुई दिनको बैठकमा प्रमुख प्रतिपक्ष काँग्रेसले आयोगको कामकारवाहीप्रति असन्तुष्ट व्यक्त गर्दै संसद् बैठक अवरोध गरेको र अब हाम्रो आन्दोलनको स्वरुप परिवर्तन भएकाले संसद् सञ्चालन हुने घोषणा गर्नुभयो । सदस्य थापाले बोलिसक्नु भएपछि संसद् १० मिनटका लागि स्थगन भएको थियो । प्रदेशसभाको अर्को बैठक बुधबार दिउँसो १ बजे बस्नेछ ।
–

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र बढ्दो मतभेदको संकेत, नेतृत्व र सरकारबीच तालमेलमाथि प्रश्न

चीन भ्रमणमा परराष्ट्रमन्त्री, लिपुलेक मुद्दा उठ्ला कि फेरि मौनता ?

सम्बन्धित

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कतार–इरान गोप्य कूटनीति: ‘रास लाफान’ ग्यास उत्पादन केन्द्रलाई जोगाउन इरानसँग गोप्य रूपमा वार्ता गरेको खुलासा

काभ्रे बस दुर्घटना अपडेट: ८ जनाको घटनास्थलमै मृत्यु

प्रश्न गर्ने सांसदलाई अर्थमन्त्री वाग्लेको चेतावनीः तपाईंका काण्ड पनि खुल्नेछन्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group