ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थानीय तह बन्द, नगर प्रमुखलाई दुव्र्यवहार गर्ने तीन पक्राउ


admin
माघ २३, २०७६ बिहीबार  ८ : २१ बजे

सप्तरी, २३ माघ । सप्तरीको डाकनेश्वरी नगरपालिकाका प्रमुखमाथि हातपात भएको विरोधमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । नगरप्रमुख शिवनारायण साहमाथि दुव्र्यवहार गर्दै कर्मचारीमाथि हातपात गरेको आरोपमा डाक्नेश्वरी नगरपालिका वडा नं ३ का राजीवकुमार राय, वडा नं ५ का अमरेन्द्र यादव र वडा नं ७ का अर्जुन यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो ।

घटनालगत्तै पक्राउ परेका तीन जनासहित पाँच जनाविरुद्ध नगरप्रमुख साहले आज जिल्ला प्रहरी कार्यालयमा गालीबेइज्जतीको उजुरी दिनुभएको छ । पक्राउ परेकालाई जिल्ला अदालतबाट म्याद थप गरी अन्य आरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भारतीले बताउनुभयो ।

डाक्नेश्वरी नगरपालिका–५ पातोस्थित माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रममा सहभागी हुन कर्मचारीसहित गइरहनुभएका नगरप्रमुख साहमाथि आरोपितले मङ्लबार दुव्र्यवहार गर्दै कर्मचारीमाथि हातपात गरेको प्रमुख साहले बताउनुभयो ।

नगरप्रमुख साहमाथि भएको हातपातको विरोधमा आज जिल्लाका १८ वटै स्थानीय तहले सेवा बन्द गरेका छन् । नगरप्रमुख साहमाथि भएको आक्रमणको विरोध गर्दै राजविराजस्थित जिल्ला समन्वय समिति सप्तरीमा बसेको बैठकले आज जिल्लाका सबै स्थानीय तह बन्द गर्ने निर्णय गरेबमोजिम बन्द भएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

“सही व्यवस्थापन भए बिदा राहत हो, गलत व्यवस्थापन भए बिरामीका लागि सास्ती।”

इजरायली सेनाको आक्रमणमा परी लेबनानमा १२ सुरक्षाकर्मीसहित १९ जनाको निधन

सम्बन्धित

इजरायली सेनाको आक्रमणमा परी लेबनानमा १२ सुरक्षाकर्मीसहित १९ जनाको निधन

आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस

प्रधानमन्त्रीको भारत भ्रमणबारे सैद्धान्तिक सहमति, मिति तय हुन बाँकी

केही ठाउँमा हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

हंगेरीमा १६ वर्षपछि ओरबानको सिंहासन डगमगाउँदै

नागढुङ्गा–मुग्लिङ सडक अनुगमनमा गृहमन्त्री गुरुङः ‘काममा ढिलासुस्ती भए ब्ल्याक लिस्टमा राखिने’ चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com