ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दोषीलाई कारवाही हुनुपर्छ, निर्दोष फस्नु हुन्न’– सांसद


admin
माघ २३, २०७६ बिहीबार  ५ : ४६ बजे

काठमाडौं, २३ माघ । सांसदहरुले ललिता निवासको जग्गा प्रकरणमा कोही दोषी उम्कन नहुने र निर्दोष फस्न नहुनेमा जोड दिएका छन् । आजको प्रतिनिधिसभा बैठकपछि पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै सांसदहरुले उक्त विषयमा गम्भीर हुनुपर्नेमा जोड दिनुभएको छ ।

समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले ललिता निवास जग्गा प्रकरणमा छानबिन गरेर दोषीलाई कारवाही हुनुपर्छ भन्नेमा आफू स्पष्ट रहेको बताउँदै निर्दोष व्यक्ति फस्न नहुनेमा जोड दिनुभयो । डा भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गठन प्रक्रिया गलत रहेको जिकिर गर्दै ऐन, कानून परिणाममुखी नभई प्रक्रियामुखी रहेको जिकिर गर्नुभयो । प्रक्रियागत त्रुटिका कारण गल्ती नगरेको मानिस फस्ने र गल्ती गरेको मानिस उम्कने सम्भावना रहेको उहाँको भनाइ छ । उहाँले अख्तियारले मुद्दा दायर गर्नु स्वागतयोग्य भएको प्रतिक्रिया दिनुभयो ।

“नियतवश भ्रष्टाचार गरेको छ, जालझेल गरेर नीति–निर्माणमा असर गरी प्रत्यक्ष लाभ लिएको मान्छे उम्केको र परिवन्धवश परेका मान्छे कारवाहीमा परेको देखिन्छ, यसले न्याय गर्दैन गम्भीरतापूर्वक हेर्नुपर्छ”, डा भट्टराईले थप्नुभयो । उहाँले आफ्नै मन्त्रिपरिषद्का मन्त्री चन्द्रदेव जोशी पनि पर्नुभएकाले उहाँले भ्रष्टाचार गरेको भन्नेमा विश्वास गर्न नसकिने बताउनुभयो । नेपाली काँग्रेसका नेता बालकृष्ण खाँडले निष्पक्ष निर्णय गर्नुपर्नेमा सरकारको दबाबका कारण अख्तियारले राजनीतिक पूर्वाग्रहको आधारमा निर्णय गरेको जिकिर गर्नुभयो । प्रधानमन्त्रीको स्वीकृति र सहमतिमा पारित हुने विषयमा प्रधानमन्त्रीलाई उन्मुक्ति दिएर अरु मन्त्रीलाई मुद्दा लगाउनु गलत रहेको उहाँको भनाइ थियो । “केही जग्गावालालाई मुद्दा लगाइएको छ, केहीले जग्गा फिर्ता गरेकै आधारमा नलगाएको भनिएको छ, यो ठिक भएन, अब पार्टीले राजनीतिक र कानूनीरूपमा सामना गर्ने छ”, खाँडले भन्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का नेता लालबाबु पण्डितले ठूलादेखि नै कारवाही प्रक्रियाको शुरुआत भएको उल्लेख गर्दै संसद्मा अवरोध पु¥याउने कुरा प्रजातान्त्रिक प्रणाली मान्ने राजनीतिक पार्टीका निम्ति सुहाउँदो नभएको उल्लेख गर्नुभयो । दोषी कुनै व्यक्तिले पनि छुट पाउन नहुने भन्दै उहाँले अदालतले उचित निर्णय गर्ने बताउनुभयो । उहाँले सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई फरक नदेख्नु नै दृष्टिदोष हो भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो

कांग्रेसको आन्तरिक एकता सुदृढ हुँदै: ‘अबकी बार गगन सरकार’ नारा विदेशमा गुञ्जियो !

सम्बन्धित

झापा–५ मा ओलीलाई नै मत किन ? एमालेले अघि सार्‍यो ३० कारण

रोल्पामा निर्वाचन प्रहरीमाथि कुटपिट, डीएसपी भन्छन्– अनुशासनमा राख्न खोजिएको मात्र

ललितपुरमा ट्रक दुर्घटना, ४ जनाको मृत्यु

जनयुद्धको तीन दशक : उपलब्धि, अवसर र अपूरा प्रश्नबीच माओवादीको यात्रा

आज मध्यान्हसम्म तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने

१४ जिल्लाको मतपत्र छाप्न बाँकी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com