ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कारवाही नगरे खै गरेको भन्छन, कारवाही ग¥यो किन गरेको’– सांसद


admin
माघ २३, २०७६ बिहीबार  ३ : ४६ बजे

काठमाडौं, २३ माघ । राष्ट्रियसभाका सांसदले वर्तमान सरकारले भ्रष्टाचार अन्त्यको अभियानलाई व्यवहारमै कार्यान्वयन गर्नुले मुलुकका लागि सकारात्मक सङ्केत भएको टिप्पणी गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद रामनारायण विडारीले वर्तमान सरकारले भित्रभित्रै फैलिएको आपराधिक कार्य भ्रष्टाचारलाई आक्रामकरूपमा प्रहार गर्दै आएकामा सबै खुशी हुनुपर्नेमा विरोध गर्नु गलत भएको बताउनुभयो ।

“भ्रष्टाचारलाई विगतदेखि नै जटिल बनाउँदै कसैले पनि ‘एक्सन’ गर्न नसक्ने बनाइएको थियो, वर्तमान सरकारले भित्रभित्रै फैलिएको आपराधिक कार्य भ्रष्टाचारीलाई आक्रामकरूपमा प्रहार गर्दै आएकामा सबै खुशी हुनुपर्नेमा नेपालको प्रगति नै रोक्ने भ्रष्टाचार तितरवितर गराएको अवस्थामा किन विरोध भइरहन्छ”, उहाँले भन्नुभयो । उहाँले ‘वर्तमान सरकारले सुन तस्करलाई खोजेर पक्राउ गरेको छ, न्यायाधीशलाई कारवाही गरेको छ र प्रहरीका अधिकारीलाई जेलमा हालेको छ, अख्तियारका प्रमुख नै भ्रष्टाचारमा मुछिएका छन् । मन्त्री, सचिव र उद्योगपति कर्मचारीहरुलाई भ्रष्टाचारको मुद्दा लाग्दा सरकारले गजब गरेको भन्नुपर्ने हैन र’ भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, “कारवाही नगरे खै कारवाही गरेको भन्छन्, कारवाही ग¥यो किन गरेको भन्छन्, फौजदारी अपराधमा मनसाय महत्वपूर्ण कुरा हो मनसाय छ कि छैन त्यो हेर्नुप¥यो नि । दुई–तीन तहपछि जग्गा किनेको मान्छेलाई के थाहा । अब अदालतले एकएक केलाएर मुद्दा हेर्ने भएकाले विरोधको कुनै तुक छैन ।”

सांसद बद्रीप्रसाद पाण्डेले ललिता निवास जग्गा प्रकरणमा संवैधानिक अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकपक्षीय निर्णय गरेको आरोप लागाउँदै सरकार जोगिने र प्रतिपक्ष जेल जाने हुन नसक्ने बताउनुभयो । अख्तियार आयोग सरकारको छायाँ हुन नहुने उहाँको भनाइ थियो । सांसद जीवन बुढाले देशका विभिन्न स्थानमा टिपर आतङ्क बढ्दै गएको भन्दै त्यसलाई व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद कालीबहादुर मल्लले लागुऔषधका कारण युवापुस्ता गलत बाटोमा लागेको भन्दै त्यसलाई रोक्नुपर्छ भन्नुभयो । सांसदहरू रामलखन चमार, रामप्रीत पासवान र उदयादेवी शर्मा पौडेलले मुलुकमा व्याप्त जातीय भेदभाव तथा छुवाछूत र महङ्गीलगायत मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो

कांग्रेसको आन्तरिक एकता सुदृढ हुँदै: ‘अबकी बार गगन सरकार’ नारा विदेशमा गुञ्जियो !

सम्बन्धित

झापा–५ मा ओलीलाई नै मत किन ? एमालेले अघि सार्‍यो ३० कारण

रोल्पामा निर्वाचन प्रहरीमाथि कुटपिट, डीएसपी भन्छन्– अनुशासनमा राख्न खोजिएको मात्र

ललितपुरमा ट्रक दुर्घटना, ४ जनाको मृत्यु

जनयुद्धको तीन दशक : उपलब्धि, अवसर र अपूरा प्रश्नबीच माओवादीको यात्रा

आज मध्यान्हसम्म तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने

१४ जिल्लाको मतपत्र छाप्न बाँकी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com