ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘स्मार्ट’ चालक अनुमतिपत्र चार महिनामा छापिसकिने


admin
माघ १७, २०७६ शुक्रबार  १२ : ३५ बजे

काठमाडौ, १७ माघ । यातायात व्यवस्था विभागले अहिले छाप्न बाँकी ‘स्मार्ट’ चालक अनुमतिपत्र आगामी चार महिनामा सम्पन्न गर्ने लक्ष्य लिएको छ । ठूलो क्षमताको उपकरण ९मास प्रिन्टर० सञ्चालनमा आएसँगै अहिले विभागमा रहेका अनुमतिपत्र चार महिनामा छापिसकिने र अबका दिनमा थप हुने अनुमतिपत्र अर्को दुई महिनामा छापिसक्ने लक्ष्य लिइएको विभागले बताएको छ ।

प्रविधिमा कुनै पनि किसिमको समस्या नआए समयमै काम सकिने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो । अबको छ महिनामा सेवाग्राहीले परीक्षा पास गरेको केही दिनमै अनुमतिपत्र पाउने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अहिले रहेको छाप्न बाँकी अनुमतिपत्र सकिँदा मास प्रिन्टरको क्षमताले मागअनुसार छाप्न सक्छ ।”

झण्डै आठ लाख चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहँदा गत असोजमा उपकरण ल्याइएको थियो । सो उपकरण आइपुगेको दुई महिनासम्म पनि जडान गर्ने र तथ्याङ्क सार्नेलगायतका काम भएपछि गत महिनाबाट उपकरण सञ्चालनमा आएको हो । पहिलो केही साता एक सिफ्टमा मात्रै सञ्चालन भएकामा दुुई सिफ्ट हुँदै अहिले तीन सिफ्टमा सञ्चालन भइरहेको विभागले जनाएको छ । अहिले दैनिक सात÷सात घण्टा गरी तीन सिफ्टमा सञ्चालन भइरहेको महानिर्देशक हमालले बताउनुभयो । दैनिक २१ घण्टामा उपकरण समयसमयमा रोकेर १५ देखि १६ घण्टा प्रयोगमा ल्याइएको छ । उहाँले भन्नुभयो, “अहिले मास प्रिन्टरबाट दैनिक झण्डै पाँच हजार अनुमतिपत्र छपाइ भइरहेको छ ।”

मास प्रिन्टरसँगै विभागमा विगतदेखि सञ्चालनमा रहेका साना क्षमताका तीन प्रिन्टर छन् । तीन प्रिन्टर’ ले दैनिक झण्डै एक हजार अनुमतिपत्र छापिरहेको छ । मास प्रिन्टर परीक्षणकालदेखि अहिलेसम्म नियमितरूपमा सञ्चालनमा छ । अहिलेसम्म कुनै पनि किसिमको समस्या नआएको उहाँले बताउनुभयो । विभागमा अहिले देशभरका यातायात व्यवस्था कार्यालयहरुबाट आवेदन आइरहेको छ । हस्तलिखित अनुमतिपत्र विस्थापित गर्न परीक्षा पास भएका र नवीकरण गर्ने दुवै सेवाग्राहीलाई ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण गरिँदै आइएको छ । यातायात कार्यालयहरु प्रदेश सरकारमा हस्तान्तरण भइसके पनि ती कार्यालयबाट आएका आवेदनबाट विभागले अनुमतिपत्र छापिरहेको छ । कतिपय प्रदेश सरकारले विगतमा अनुमतिपत्र छपाइमा ढिलाई हुँदा आफैँ छाप्ने बताए पनि अहिलेसम्म कुनैले पनि छाप्ने काम गरेका छैनन् ।

विभागमा विगतका वर्षमा उपकरणको क्षमताभन्दा माग बढी रहेको थियो । त्यस्तै छपाइ गर्न कार्ड पनि पर्याप्त नभएको विभागले बताउँदै आएको थियो । ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउन सरकारले गत वर्ष नै ठूलो सङ्ख्यामा एकैपटक छाप्ने ‘मास प्रिन्टर’ सँगै १० लाख कार्ड खरिदका लागि पनि ठेक्का सम्झौता गरेको थियो । सबै कार्ड आइसकेकाले अहिले त्यो समस्या पूरै हटिसकेको महानिर्देशक हमालले बताउनुभयो । उहाँले भन्नुभयो, “डेढ लाख कार्ड छपाइ गरिसकेका छौँ, अझै आठ लाख ५० हजार कार्ड हामीसँग छ ।”

विभागले गत वर्ष ग्लोबल खरिद प्रक्रियामार्फत मद्रास प्रिन्टर प्रालिमार्फत प्रिन्टर खरिद गरेको हो । विभागमा छपाइ गर्नसक्ने क्षमताभन्दा माग धेरै गुणा बढी हुँदा विगतमा झण्डै एक वर्षसम्म सेवाग्राहीले अनुमतिपत्र पाएका थिएनन् । कतिपय कार्ड भने छापिएको लामो समय हुँदासमेत सेवाग्राही लिन नआउँदा व्यवस्थापन गर्न कठीन भएको यातायात व्यवस्था कार्यालयहरुले बताउँदै आएका छन् । विभागमा रहेका पुराना उपकरणको क्षमता प्रतिघण्टा ४० वटासम्म मात्रै रहेको छ । पहिले सात वटा उपकरण ल्याएर विभागले ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न शुरु गरेको थियो । तीमध्ये अहिले तीन वटा मात्रै काम गर्ने अवस्थामा छन् ।

‘स्मार्ट’ चालक अनुमतिपत्रमा रहेको ढिलाइ हटाउन मन्त्रालयले पनि चासो देखाउँदै आएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले मन्त्रालयको जिम्मेवारी सम्हालेको केही समयमै विभागमा पुगेर ‘मास प्रिन्टर’ अवलोकन गर्दै विभागलाई समयमै चालक अनुमतिपत्र छपाइ गरिसक्न निर्देशन दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

“सही व्यवस्थापन भए बिदा राहत हो, गलत व्यवस्थापन भए बिरामीका लागि सास्ती।”

इजरायली सेनाको आक्रमणमा परी लेबनानमा १२ सुरक्षाकर्मीसहित १९ जनाको निधन

सम्बन्धित

इजरायली सेनाको आक्रमणमा परी लेबनानमा १२ सुरक्षाकर्मीसहित १९ जनाको निधन

आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस

प्रधानमन्त्रीको भारत भ्रमणबारे सैद्धान्तिक सहमति, मिति तय हुन बाँकी

केही ठाउँमा हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

हंगेरीमा १६ वर्षपछि ओरबानको सिंहासन डगमगाउँदै

नागढुङ्गा–मुग्लिङ सडक अनुगमनमा गृहमन्त्री गुरुङः ‘काममा ढिलासुस्ती भए ब्ल्याक लिस्टमा राखिने’ चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com