ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा बैठक : समूहगत छलफलसहित साक्षात्कार हुँदै


admin
माघ १६, २०७६ बिहीबार  ३ : ३७ बजे

काठमाडौं, १६ माघ । “बाटामा भेट्दा एकअर्कालाई नचिन्ने अवस्था नहोस्, आपसमा हात मिलाइयोस् र अभिवादन साटासाट होस् भनेर बैठकमा सहभागीबीच खुलेर कुराकानी गर्न थालेका छौँ”, पार्टी एकताको लामो अन्तरालपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको जारी केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा आपसी अन्तरघुलनबारे केन्द्रीय सदस्य मनकुमारी केसी भन्नुहुन्छ, “एकतापछि ठूलो पार्टी भएको छ, हामी विकास र समृद्धिसँगै पार्टीलाई जनस्तरसम्म पु¥याउन देशव्यापी अभियानको तयारीमा छौँ, अभियानमा जानुपूर्व केन्द्रीय नेतृत्वका लागि यो बैठक एक ऐतिहासिक अवसर हो, हामी हाम्रो काँधमा रहेको जिम्मवारी बहन गरी बैठकलाई सफल बनाउन लागेका छौँ ।”
बुधबारदेखि शुरु भएको सो पार्टीको केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि आज समूहगत छलफल शुरु भएको छ । विभिन्न १५ समूहमा विभाजित समूह काठमाडौँको राष्ट्रियसभागृह, धूम्रबाराही र पेरिसडाँडाका कार्यालयमा छलफलमा व्यस्त छन् । बैठकमा पार्टी र सरकारको सम्बन्ध, राष्ट्रिय, अन्तर्राष्ट्रिय सवाल, मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसिसी को अनुमोदन, सीमा विवादलगायत विषय मुख्य सवाल छन् । पेरिसडाँडास्थित समूहमा रहनुभएका केन्द्रीय सदस्य गरिमा साहले एकतापछि आफूहरु घुलमिल हुनेक्रम बढेको जनाउँदै बैठकमा प्रस्तुत कार्यसूचीमा गहनताका साथ छलफल जारी रहेको बताउनुभयो । उहाँले समावेशी सिद्धान्तअनुसार महिलालाई पार्टीको सचिवालय र स्थायी कमिटीका राख्नुपर्ने, पार्टीमा माथिल्लो कमिटीको हस्तक्षेप कम हुनुपर्ने मत राखेको बताउनुभयो । धम्रबराहीस्थित समुहमा सहभागी केन्द्रीय सदस्य रचना खड्काले समूहमा एमसिसीलाई जस्ताको त्यस्तै पास नगरी राष्ट्रिय हितका लागि मात्रै पास गर्नुपर्ने, अहिलेकै स्थितीमा पार्टी एकीकरणमा ढिलाइले पार्टी महाधिवेशन तोकिएको समयमा गर्न नसकिनेलगायत विषयमा छलफल भएको जानकारी दिनुभयो ।

समूह छलफलमा रहनुभएका केन्द्रीय सदस्य यदुवंश झाले शीर्ष नेता र केन्द्रीय सदस्यबीच एकतपछिको २० महिनापछि साक्षात्कार हुन पाएका उल्लेख गर्दै पार्टीलाई तराई–मधेशमा समेत आगामी दिनमा थप प्रभावकारी बनाउन यो बैठक सार्थक हुने अपेक्षा गर्नुभयो । उहाँले राजनीतिक नियुक्ति गर्दा पुराना र त्यागी कार्याकर्ता पाखा लगाएर नयाँ र अवसरवादीलाई स्थान दिइएको गुनासो गर्नुभयो ।केन्द्रीय सदस्यले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन, महासचिव विष्णुप्रसाद पौडेलको साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि छलफल गरी टोली नेतामार्फत् शुक्रबार र शनिबारको बैठकमा प्रस्तुत गर्नेछन् । वर्णानुक्रमअनुसार विभाजन गरिएका ४४१ केन्द्रीय सदस्यले प्रतिवेदनमाथि छलफल गरिरहेको राष्ट्रियसभा गृहस्थितको समूहमा सहभागी स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले जानकारी दिनुभयो । समूहले आफ्नो टोली नेता आफैँ चयन गरेर छलफल शुरु गरेको अर्का स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।

नेता विश्वकर्माले प्रतिवेदनमाथि प्रारम्भिक छलफल शुरु गरिएको जनाउँदै प्रतिवेदनमा छुटेका विषयमा आफूहरुले रास दिने उल्लेख गर्नुभयो । टोली नेतालाई २०/२० मिनेट प्रतिवेदनमा पेश गर्न समय दिइएको छ । बैठक सोमबारसम्म सञ्चालन हुनेछ । बन्दसत्रमा अध्यक्ष प्रचण्डले पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी २०७७ चैत मसान्तसम्म पार्टीको एकताको महाधिवेशन गर्ने प्रस्ताव पेश गर्नुभएको थियो । यसैगरी बैठकमा केन्द्रीय निकायका अध्यक्षलाई समेत बोल्ने दिइने भएको छ । निकायका अध्यक्षलाई १० मिनेट समय छुट्याइएको छ । कार्यविधिअनुसार आइतबार समूहगत छलफलमा उठेका विषयमा निष्कर्ष प्रस्तुत गर्ने र दस्तावेज पारित गर्ने कार्य तालिका छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज महाशिवरात्रि: पशुपतिनाथका चार वटै ढोका खुला, दर्शनार्थी र साधुसन्तको घुइँचो

निर्वाचन २०८२ : ट्रेन्डिङ र हट सिटहरू – कहाँ छ सबैको नजर ?

सम्बन्धित

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्– श्रीमतीको मृत्यु

राप्रपाका वरिष्ठ नेता विश्वबन्धु थापाको निधन

निर्वाचन १८ दिन बाँकी : आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

बङ्गलादेशमा आगो लगाउनेहरू चुनाव हारे, यहाँ पनि जनताले हिसाब गरेर बसेका छन् : प्रचण्ड

आज २६३ औँ सेना दिवस, टुँडिखेलमा विशेष समारोह

झापा–५ मा ओलीलाई नै मत किन ? एमालेले अघि सार्‍यो ३० कारण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com