ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुदूरपश्चिमा प्रदेशसभा : व्यवसाय दर्ता गर्नेसम्बन्धी विधेयकमाथि छलफल


admin
माघ १५, २०७६ बुधबार  ४ : ०६ बजे

काठमाडौं, १५ माघ । सुदूरपश्चिम प्रदेशसभाको आज बसेको बैठकमा निजी व्यवसाय दर्ता गर्ने र साझेदारी व्यवसाय दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ माथि छलफल भएको छ ।

छलफलमा भाग लिने सदस्यले सरोकारवाला एवं विज्ञसँग थप छलफल गरेर प्रस्तुत विधेयकका कतिपय बुँदा परिमार्जन गर्न जरुरी देखिएको बताउनुभयो । उहाँहरुले कुनै पनि व्यवसाय गर्न चाहनेको व्यवसाय दर्ताको काम निःशुल्क र सहज ढङ्गको बनाई दर्ता गर्ने बाटो सहज बनाइदिने खालका ऐन कानून बनाउनुपर्ने बताउनुभयो ।कतिपय सदस्यले कार्यान्वयनमा जान नसक्ने खालका विधेयक ल्याउन नहुने बताउनुभयो । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीका तर्फबाट छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले विधेयकमा भएका कमीकमजोरीलाई परिस्कृत गर्न सकिने बताउनुभयो । यसअघि उद्योग पर्यटन वन तथा वातावरणमन्त्रीको तर्फबाट सामाजिक विकासमन्त्री सुवेदीले निजी व्यवसाय दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र साझेदारी व्यवसाय दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ माथि छलफल गरियोस् भनी छुट्टाछुट्टै रुपमा पेश गर्नुभएको प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको थियो ।

विधेयकमाथि भएको छलफलमा सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी नेकपाका बलदेव रेग्मी, अमरबहादुर साउद, महेशदत्त जोशी र शान्ति नेपाली र प्रतिपक्षी नेपाली काँग्रेसका अम्बीकुमारी थापा, कुमारीनन्दा बम र टेकबहादुर रैकाले भाग लिनुभएको थियो । अर्को बैठक यही माघ १७ गते दिउँसो १ बजे बस्ने छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज महाशिवरात्रि: पशुपतिनाथका चार वटै ढोका खुला, दर्शनार्थी र साधुसन्तको घुइँचो

निर्वाचन २०८२ : ट्रेन्डिङ र हट सिटहरू – कहाँ छ सबैको नजर ?

सम्बन्धित

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्– श्रीमतीको मृत्यु

राप्रपाका वरिष्ठ नेता विश्वबन्धु थापाको निधन

निर्वाचन १८ दिन बाँकी : आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

बङ्गलादेशमा आगो लगाउनेहरू चुनाव हारे, यहाँ पनि जनताले हिसाब गरेर बसेका छन् : प्रचण्ड

आज २६३ औँ सेना दिवस, टुँडिखेलमा विशेष समारोह

झापा–५ मा ओलीलाई नै मत किन ? एमालेले अघि सार्‍यो ३० कारण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com