ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशको समृद्धि र हितका निम्ति हामी सबै एकताबद्ध छौँ– मन्त्री भट्टराई


admin

काठमाडौं, १४ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल कसैका लागि पनि प्रयोगशाला नबन्ने बताउनुभएको छ । टीकापुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको ‘टीकापुरमा सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव’मा उहाँले भन्नुभयो, “नेपाललाई सधैँ प्रयोगशाला बनाइनु हुँदैन । नेपाल कसैका लागि प्रयोगशाला बन्दैन ।”

उहाँले देशको समृद्धिका निम्ति सबै राजनीतिक दल एक ढिक्का भई अगाडि बढ्नुपर्ने भन्दै कुनै पनि बहानामा देशलाई पुनः अशान्ति र द्वन्द्वतिर नलान आग्रह गर्नुभयो । मन्त्री भट्टराईले भन्नुभयो, “देशको समृद्धि र हितका निम्ति हामी सबै एकताबद्ध छौँ । देश र जनताको अहित हुनेमा कुनै पनि दातृ निकायसँग हाम्रो सम्झौता हुनसक्दैन ।”मन्त्री भट्टराईले सुदूरपश्चिम प्रदेश आफैँमा महत्वपूर्ण र ऐतिहासिक प्रदेशको रूपमा रहेको बताउँदै सुदूरपश्चिम प्रदेशले समग्र नेपाललाई समेटेको बताउनुभयो । “सुदूरपश्चिम प्रदेशले समग्र नेपाललाई समेटेको छ । नेपालले हिमाल, पहाड, तराईलाई समेटेझैँ सुदूरपश्चिम प्रदेशले तीनै क्षेत्रलाई समेटेको छ । यसले सुदूरपश्चिमको मौलिकता झल्काउछ”, उहाँको भनाइ थियो ।

मन्त्री भट्टराईले टीकापुर विमानस्थल सुचारु गर्न सङ्घले माग गरेको एकसुत्रीय मागपत्र ग्रहण गर्दै जुनसुकै हालतमा पनि टीकापुर विमानस्थल सञ्चालनमा ल्याउने बताउनुभयो । उहाँले विमानस्थल सञ्चालनका लागि छिमेकी स्थानीय तहले समेत सहकार्य गर्न कुरा गरेकोमा धन्यवाद दिँदै केही दिनभित्रै प्राविधिक टोलीमार्फत विमानस्थलको अध्ययन गरी आवश्यक काम अगाडि बढाइने बताउनुभयो ।

मन्त्री भट्टराईले सन् २०२० लाई नेपाल सरकारले भ्रमण वर्षको रुपमा मनाउँदै आएकोमा पर्यटकीय क्षेत्रको प्रचारप्रसार र आन्तरिक तथा बाह्य पर्यटकका लागि सबै स्थानीय तहलाई आफ्नो क्षेत्रभित्रका पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरुको गुरुयोजना तयार पारी सङ्घीय सरकारसँग समन्वय गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com