ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्वाचन शान्तिपूर्वक हुनेमा ढुक्कछन् खोटाङवासी


admin

खोटाङ, ६ मंसिर ।  पहिलो चरणअन्तर्गत मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको व्यग्र प्रतिक्षामा रहेका छन्—खोटाङवासी ।

पूर्वमा भोजपुर, पश्चिममा ओखलढुंगा, उत्तरमा सोलुखुम्बु र दक्षिणमा उदयपुर जिल्ला रहेको पूर्वी पहाडको सुन्दर र शान्त खोटाङ जिल्लावासीले संविधान कार्यान्वयनका लागि हुन लगेको यो निर्वाचनमा आफ्ना जनप्रतिनिधि चुन्न तम्तयार भएर बसेका छन् । उता, निर्वाचन आयोग तथा स्थानीय प्रशासन सम्पूर्ण तयारी पूरा गरी निर्वाचन सु–व्यवस्थित र शान्तिपूर्वक हुनेमा ढुक्क देखिन्छन् ।

कुल एक लाख २५ हजार १८३ मतदाता रहेको खोटाङमा प्रतिनिधिसभा सदस्यका लागि एक क्षेत्र कायम गरेको छ भने प्रदेशसभाका लागि दुई क्षेत्र ।

निर्वाचनको दिन नजिकिँदै गर्दा विभिन्न दलबाट प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवार आफ्नो अन्तिम चुनाव प्रचारप्रसारका क्रममा ग्रामीण भेगतिरै केन्द्रित भएका छन् ।

जिल्लाको वस्तुस्थितिको बारे बोल्दै खोटाङका प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले भन्नुभयो, “जिल्लामा निर्वाचनको पूर्ण तयारी भइसकेको छ । कर्मचारी तथा सुरक्षाकर्मी खटाउने काम भई मतपत्र तथा मतपेटिका सम्बन्धित केन्द्रमा पुग्न थालेका छन् ।”

उहाँले जिल्लाको शान्ति सुरक्षाको स्थिति मजबुत रहेको र जिल्लास्थित दलहरुको आपसी संयमले हालसम्म कुनै अप्रिय घटना नभएको बताउँदै मतदान शान्तिपूर्ण रुपमा सम्पन्न हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

प्रजिअ अधिकारीले दुर्गमस्थानका मतदान केन्द्रबाट मतपेटिका ढुवानी कार्य भने चुनौतिपूर्ण हुने र हेलिकप्टर प्रयोग गर्नुपर्ने अवस्था आउने बताउनुभयो । जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले कर्मचारी, मतपत्र र मतपेटिका मतदान केन्द्रमा पठाउने कार्य भइरहेको र यथासमयमा पुग्ने बताउनुभयो ।

जिल्लाका सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायब उपरीक्षक धनबहादुर बानियाँ तथा नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जिल्लामा सुरक्षा व्यवस्था मजबुत रहेको र सुरक्षाकर्मी मतदान केन्द्रमा खटाइसकिएको जानकारी दिनुभयो ।

जिल्लामा ४६० नेपाली सेना, ३१९ सशस्त्र प्रहरी, ८२६ नेपाल प्रहरी र ९८२ म्यादी प्रहरी गरी कुल दुई हजार ५८७ सुरक्षाकर्मी खटाइएको छ । प्रजिअ अधिकारीकाअनुसार जिल्लामा कुल १३६ मतदानस्थलका १७९ मतदान केन्द्रमा एक हजार ४३२ कर्मचारी खटाइएको छ ।

सशस्त्र प्रहरी जिल्लाका दशवटै स्थानीय तहका १२ ठाउँमा खटाइएको छ । नेपाली सेना भने, जिल्लाका दश स्थानीय तहमा ३३ जनाका दरले ३३० जना खटाइएको प्रजिअ अधिकारीले बताउनुभयो । जिल्लाका २८ वटा मतदानस्थल अतिसंवेदनशील मानिएको छ ।

जिल्लाका दश स्थानीय तहमध्ये दुई मात्र नगरपालिका रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ रहेका छन् । प्रतिनिधिसभाको एक सिट र प्रदेशसभाको दुई सिटमा जिल्लामा क्रियाशील दश राजनीतिक दलबाट १९ जना उम्मेदवार हुनुहुन्छ । जसमध्ये एक मात्र महिला उम्मेदवार हुनुहुन्छ ।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को गठबन्धनबाट एमालेका वैकल्पिक केन्द्रीय सदस्य विशाल भट्टराई तथा नेपाली काँग्रेसबाट पूर्व सांसद सरस्वती बजिमय प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुनुहुन्छ ।

प्रतिस्पर्धी अन्य दलमा संघीय समाजवादी फोरम नेपालबाट कृष्णकुमार राई, नयाँ शक्ति नेपालबाट मदन राई र राप्रपा (प्रजातान्त्रिक)बाट धर्मराज पोखरेल उम्मेदवार हुनुहुन्छ ।

प्रदेशसभामा वाम गठबन्धनका साझा उम्मेदवार एमाले वैकल्पिक केन्द्रीय सदस्य राजन राई क्षेत्र नम्बर १ (क) र क्षेत्र नम्बर २ (ख)मा गठबन्धनकै साझा उम्मेदवार माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा पूर्व सभाषद रामकुमार राई (पासाङ) उम्मेदवार हुनुहुन्छ भने, नेपाली काँग्रेसबाट (क) मा सुवासकुमार पोखरेल र (ख)मा विष्णुकुमार राई रहनुभएको छ ।

स्थानीय तहको निर्वाचनमा एमालेले पाँच, काँग्रेसले चार र माओवादी केन्द्रले एक तहमा जित हासिल गरेको थियो । आगामी मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा वामगठबन्धनका उम्मेदवार र काँग्रेसका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com