काठमाडौ, २१ असार । दोस्रो चरणमा तीन प्रदेशका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहको निर्वाचनमध्ये ३ सय तहको मत परिणाम सार्वजनिक भएको छ ।
हालसम्म घोषित परिणाम अनुसार नेकपा एमालेले १३१ स्थानामा विजयी हासिल गरेको छ भने नेपाली काँग्रेस ११३ स्थानमा विजयी भएको छ । त्यस्तै माओवादी केन्द्र ३६, संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरम ६÷६, रााष्ट्रिय जनमोर्चा दुई र राप्रपाले ४ स्थानमा जित हात पारेको छ । त्यस्तै स्वतन्त्र उम्मेदवार दुई स्थानमा निर्वाचित भएका छन् । स्वतन्त्र रुपमा निर्वाचित उम्मेदवार राष्ट्रिय जनता पार्टीका कार्यकर्ता हुन् ।







प्रतिक्रिया दिनुहोस्