ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपाङ्गतामैत्री प्रदेश बनाउने अभियानमा सरकार लागेको छ– मु्ख्यमन्त्री राई


admin

काठमाडौं, १३ माघ । प्रदेश नं १ का मुुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा नवनिर्माण भएका भौतिक संरचना अपाङ्गतामैत्री भएको बताउनुभएको छ । अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको आज यहाँ शुुभारम्भ गर्नुुहुँदै उहाँले अपाङ्गतामैत्री प्रदेश बनाउने अभियानमा सरकार लागेको जानकारी दिनुभयो ।

उहाँले अपाङ्गता भएका व्यक्तिको पुनः स्थापना गर्नुका साथै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको अधिकारका साथै उनीहरुको विकासका गरी स्वस्थ्य र समुुन्नत प्रदेश निर्माण गरिने धारणा व्यक्त गर्नुभयो । अपाङ्गता भएका व्यक्तिलाई सक्षम र सबल बनाउने कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गरिने उहाँले जानकारी दिनुभयो । प्रदेश नं–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले अपाङ्ग भएर जन्मनुुुपर्ने कारण र कमजोरी पत्ता लगाएर अपाङ्गता बालबालिका जन्म हुन नदिने प्रयासमा प्रदेश सरकार लागेको बताउनुुभयो । विराटनगर महानगरपालिकाका प्रमुुख भीम पराजुुलीले प्रदेश सरकारले शुुरु गरेको यो अभियानमा महानगरपालिकाको सक्दो सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुुभयो ।

करुणा फाउण्डेसनका अध्यक्ष प्रा डा भगवान कोइरालाले प्रदेश सरकारसँगको सहकार्यबाट अभियानले प्रदेशको ४९ प्रतिशत जनसङ्ख्यालाई प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा फाइदा पुुग्ने बताउनुुभयो । सामाजिक विकाश मन्त्रालय तथा स्थानीय तह र करुणा फाण्डेशनको त्रिपक्षीय साझेदारीमा शुरु गरिएको अभियानअन्तर्गत पहिलो चरणमा १३७ पालिकामध्ये २६ वटा पालिकामा लागू हुनेछ । पहिलो चरणमा मोरङ, सुुनसरी, धनकुुटा तथा पाँचथर जिल्लामा यो आगामी तीन वर्षसम्म सञ्चालन हुने छ । सोही अवसरमा ह्विलचियरमा विश्वयात्रा गर्नुु हुुने ओखलढुङ्गाका तेजबहादुुर कार्कीलाई रु ५१ हजार नगदसहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com