ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अब लुम्बिनी विकासका लागि सरकार ‘एक्सन’ मा जान्छ– मन्त्री भट्टराई


admin
माघ ६, २०७६ सोमबार  १ : २७ बजे

काठमाडौं, ६ माघ ।  बृहत्तर लुम्बिनी विकासका लागि बेलैमा ठोस रणनीति बनाउन आवश्यक रहेको बिज्ञहरुले सरकारलाई सुझाब दिएका छन । बृहत्तर लुम्बिनीका बिषयमा लामो समयदेखि अध्ययन अनुसन्धान गरिए पनि सरकारले ठोस रणनिति बनाउन नसक्दा नेपाललाई नै चिनाउने प्रमुख धार्मिक गन्तब्य तथा पर्टयन क्षेत्रको कुहिनुरको रुपमा मानिने लुम्बिनी ओझेलमा पर्दै आएको छ ।

गौतम बुद्धको जन्मथलो लुम्बिनीमा विकास योजना जति ल्याइए पनि कार्यान्यय हुन नसक्दा लुम्बिनीको बृहत्तर बिकासमा प्रगति हुन सकेको छैन । लुम्बिनीलाई बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल र पर्यटकीय क्षेत्र बनाउने भनेर लामो सयमदेखि लुम्बिनी बिकास कोषले बिभिन्न संस्था मार्फत कार्यक्रम ल्याएको त छ तरपनि कार्यान्यवमा ढिलाई हुदै गएको छ । लुम्बिनी देशमा पर्यटन भित्राउनका लागि कोहिनुर भएकोले बृहत्तर लुम्बिनी क्षेत्रको योजना कार्यान्वयन छिटो हुनुपर्छ । तर, लुम्बिनी बिश्व शान्तिनगरकै कार्यान्वयन हुन नसकेको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु अवधेशकुमार त्रिपाठी बताउंछन् । नेपालको पर्यटन, सांस्कृतिक र धार्मिक विकासको एक मुख्य केन्द्रको रुपमा बिस्तार हुदै गएको छ लुम्बिनी । तर सडक, भौतिक पुर्वधारको साथै बृहत्तर लुम्बिनीमा बुद्ध सर्किटलाई जोड्न नसक्दा बिकासको दृष्टिले पछि पर्दै आएको छ । सस्थासंसारमा नेपाल चिनिने मुख्य स्थानको रुपमा गौतम बुद्धको जमस्थल लुम्बिनी, कपिलबस्तुको तिलौराकोट, देवदह, रामग्राम जस्ता बुद्धसंग सम्बन्धित क्षेत्र भएपनि लुम्बिनीलाई सर्किटको रुपमा बिकास गर्न नसक्दा नेपाल आउने पर्यटकको समेत बसाई लम्बिन सकेको छैन ।

भारतमा बुद्धले ज्ञान प्राप्त गरेको बोधगया, ज्ञान बाडेको सारनाथ र कुशीनगर जस्ता स्थलमा भौतिक पुर्वधार बढ्दै गएको छ । भारतमा बुद्धबारे जति प्रचार प्रचार, मार्केटिङ र सेल भएको छ, नेपालमा बुद्ध जन्मस्थल लुम्बिनी भन्ने बाहेक अरु केही छैन प्रचारका लागि । आफ्नै बुद्ध सर्किटलाई पहिचान गर्न, संरक्षण गर्न र लुम्बिनीसंग जोड्ने नेपालको योजना छैन । बिश्वमा बौद्धमार्गीको संख्या डेढ अर्बभन्दा बढी छ । त्यसको १ प्रतिशत अर्थात् १ करोड ५० लाखमात्र लुम्बिनीमा ल्याउने वातावरण बनाउने हो भने मात्र पर्यटनबाट समृद्धि धेरै टाढाको बिषय छैन । लुम्बिनीको मायादेवी मन्दिरमात्र नभई त्यसवरपर बुद्ध र उनको जीवनसग सम्बन्धित सयौ धार्मिक, पुरातात्तिवक, ऐतिहासिक र सांस्कृतिक स्थल छन् । रूपन्देही, कपिलवस्तु र नवलपरासीको बृहत्तर क्षेत्रमा छरिएर रहेका ती सबैलाई समेटेर बृहत्तर लुम्बिनी सर्किटको विकासमा ध्यान दिइएको छैन । रूपन्देही, कपिलवस्तु र नवलपरासीलाई समेटेर पुरातात्विक मापदण्डअनुसार अन्तराष्ट्र्रिय शान्ति सहर निर्माण गर्न ढिलाई भैसकसको छ । भारतले बुद्ध सर्किटको नाममा नेपालको लुम्बिनी समेतलाई मिसाए प्रचार गर्दै विश्वभरका बौद्धमार्गी करोडौं पर्यटक भित्र्याइसकेको छ । नेपालले भने लुम्बिनी विकास कोषको ४० वर्षअघिको वृहत्तर परियोजना पुरा गर्न नसक्नु विडम्बना हो । छिटो भन्दा छिटो लुम्बिनी परियोजना पुरा गरी बौद्ध सर्किटमा तिलौराकोट, देवदह र रामग्रामलाई समावेश गरी सर्किट बनाउन सकेमात्र लुम्बिनीमा विदेशी पर्यटकलाई अड्याउन सक्ने हैसियत रहन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ब्रेकिङ : इस्लामाबादमा इरानी टोली अवतरण, उच्चस्तरीय स्वागत — शान्ति वार्तामा नयाँ मोड

जनविश्वास, गुटबन्दी र पुनरुत्थानको चुनौती” — महामन्त्री गुरु घिमिरेसँग विशेष संवाद (भिडियोसहित)

सम्बन्धित

“१३ दिनको हिरासतपछि ओली–लेखक रिहा: कानुनी प्रक्रिया कि राजनीतिक स्टन्ट?” — वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसँग विशेष अन्तर्वार्ता

उपसभामुख रुबीकुमारी ठाकुरले लिइन् सपथ

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा

हर्क साङपाङको मार्मिक प्रश्न : दार्चुलाको पीडा सिंहदरबारले कहिले सुन्छ ?

कपिलवस्तुमा बस दुर्घटना हुँदा २६ यात्रु घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com