ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनयुद्धको क्रममा १२ हजार जनालाई सामन्ति राजाहरुले मारेका हुन – अध्यक्ष प्रचण्ड


एबीसी न्यूज
माघ १, २०७६ बुधबार  ७ : ३९ बजे

काठमाडौं, १ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १० वर्षे जनयुद्धको क्रममा मारिएका मध्ये ५ हजारको मात्रै आफुले जिम्मा लिने बताउनुभएको छ ।

माघिको अवशरमा टुंडिखेलमा भएको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो । धेरैले अहिले पनि १० वर्षे जनयुद्धको क्रममा १७ हजार मारेर आएको भन्ने गरेर गलत तथ्याङ्क भन्ने गरेको बताउँदै प्रचण्डले १२ हजार सामन्ति राजाहरुले मारेको बताउनुभयो । ‘‘धेरै साथीहरुले बाहिर पनि भन्ने गर्नुहुन्छ म तथ्याङ्क मात्रै सच्याउन चाहान्छु । तथ्याङ के भने मलाई भन्ने गरिन्छ । मैले १७ हजार मारेर आएको भनेर । साथीहरु आदरणिय जनसमुदायहरु यो सत्य होइन् ।

सत्य के हो भने, सत्य के हो मलाई भन्न दिनुहोस्, सत्य म भन्छु, सत्य के हो भने हिजोको सामन्ति राजाहरुले १२ हजार मारेका हुन् । मर्लाइ ५ हजारको जिम्मा दिनुहुन्छ भने म लिन्छु । तर राजाहरुले मारेको १२ हजारको चाँही कुरा नहुने ? हिजो राज्यले मारेका १७ हजार मध्ये १२ हजारको कुरा नहुने, राज्यले मारेको पनि मेरै टाउको हाल्ने गरियो भने यो न्याय हुँदैन्’’’, दाहालले भन्नुभयो, ‘‘मैले सधै भन्ने गरेको छु युद्धको जिम्मा म लिन्छु । त्यहाँ भएका राम्रा नराम्रा कामहरुको म जिम्मेवार छु । त्य त्यसबाट कहिँ कतै भाग्ने कुरा हुँनै सक्दैन तर नगरको कामको पनि दोष मैलाई थुपार्नु भयो भने’’

अध्यक्ष प्रचण्डले प्रहरी हिरासतमा रहेका सांसद रेशम चौधरी छिट्टै जेलबाट छुट्ने आश्वासन समेत दिनुभएको छ । सम्बोधनका क्रममा दाहालले रेशम मात्रै नभएर जनयुद्धका क्रमका धेरै मान्छेहरु जेलमा रहेको र सबैलाई छोड्न पहल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘टीकापुर घटनाको सन्दर्भमा साथीहरुले भन्नुभयो झुटा मुद्धा खारेज गर्नुपर्छ भनेर पटक पटक पार्टी र सरकारसँग बहस भइरहेको छ । केही साथीहरु छुटेका छन् । रेशम लगायतका साथीहरु छुट्न बाँकी छन् छुटाइन्छ, हेर्नुहोला केही समयभित्रै यसको परिणाम निस्किन्छ । यो कुरा तपाईहरुलाई भन्न चाहान्छु । ’’

उहाँले थारु मात्रै नभएर पहाडी समुदायका बाहुन क्षेत्र समेत जेल रहेको बताउनुभएको छ । प्रचण्डले मोरङबाट सेनाभित्र विद्रोह गरेर जनमुक्ति गएका व्यक्तिलाई पनि समातेर जेलमा हलिएको बताउनुभयो । अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको हैसियत रेशम चौधरीलाई दिल्लीमा भेट्ने पहिलो व्यक्ति आफु भएको पनि बताउनुभएको छ । दिल्लीमा रेशम चौधरीसँग खुलेर तपाईका मागहरु के हुन राख्नुहोस् भनेर कुरा गर्ने आफु नै पहिलो व्यक्ति भएको उल्लेख गर्दै दाहालले भन्नुभयो, ‘‘तपाईहरुले भनेजस्तो अहिले रेशमको कुरा, रेशमलाई सबैभन्दा पहिले प्रधानमन्त्रीको हैसियतले । म दोस्रो पटक प्रधानमन्त्री हुँदा भारतको दिल्लीमा रेशमसँग खुलेयाम भेटेर के के हो तपाईको कुरा खुलेआम राख्नुहोस् भन्ने पहिलो प्रधानमन्त्री प्रचण्ड थियो भन्ने तपाईहरु नविर्सनुहोला ।’’

प्रचण्डले चौधरीलाई सांसदको सपथ खुवाउनका लागि सभामुख देखि सरकारसम्मलाई आफुले कुरा राखेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘नम्बर १ प्रधानमन्त्रीको हैसियतले भेटेको मैले हो । नम्बर २ तपाईले के विर्सिनु पाउनुहुन्न भने डिल्लीबजारको खोरमा गएर रशेम चौधरीलाई खोरभित्र भेट्ने पनि मै हो भन्ने कुरा पनि तपाईहरुले बुझ्नुपर्ने हुन्छ । सभामखु, सरकार र पार्टीलाई भनेर कम्तिमा रेशमलाई सपथ गराउनुपर्छ र उसलाई माननियको दर्जा दिनुपर्छ भनेर निर्णय गराउन मुख्य भूमिका खेल्ने मान्छे म हो भन्ने पनि नविर्सिनुहोला ।’’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इराकमा अमेरिकी इन्धन भर्ने सैन्य विमान दुर्घटनाग्रस्त, मध्यपूर्व युद्ध झन् चर्कियो

चुनावको मुखमा दल बदल निषेध गर्ने कानुनी व्यवस्था मिलाउन सुझाव

सम्बन्धित

आज शुक्रबारदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने

पुर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक

मोदी प्रमुख अतिथि रहने भारतको प्रतिष्ठित NXT Summit 2026 मा रेनु दाहालले सम्बोधन गर्ने

सिरहा बार एसोसिएसन कार्यालयमा विस्फोट, एक कर्मचारी घाइते

झलनाथपत्नी रविलक्ष्मीलाई जेन–जी आन्दोलनमा आगजनी गर्ने युवकविरुद्ध मुद्दा दायर

लामिछानेविरुद्धको अभियोग फिर्ताविरुद्धको रिट पूर्ण इजलासमा पठाउने आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com