ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नाट्टा नेतृत्वमा पुग्न तीन प्रतिस्पर्धी समूह चुनावी मैदानमा


admin

 

अर्घाखाँची, २४ पुस । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्टस् नाट्टाको आशन्न निर्वाचनमा तीन अलग अलग समूहले मनोनयन दर्ता गरेका छन् ।

आगामी माघ ३ गते हुने निर्वाचनमा अध्यक्ष पदका लागि हालका वरिष्ठ उपाध्यक्ष अच्युत गुरागाईं, पूर्वमहासचिवद्वय भीमप्रसाद पन्त र मिहीका शाह धाख्वाले छुट्टाछुट्टै प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । गुरागाईं समूहको वरिष्ठ उपाध्यक्षमा यज्ञमूर्ति आचार्य, उपाध्यक्षमा तारा बास्तोला, महासचिव राकेश धमला, सचिव गोविन्द दाहाल, कोषाध्यक्ष कुमारमणि थपलिया र सहकोषाध्यक्षमा पासाङ दावा शेर्पाले मनोनयन दर्ता गर्नुभएको छ । त्यस्तै कार्यसमिति सदस्य सुवास महर्जन, पर्शुराम घिमिरे, प्रमोद दाहाल, नवराज भेटवाल, शरदकुमार दाहाल, रमेश थापाले मनोनयन दर्ता गराउनुभएको छ ।

पन्त समूहबाट वरिष्ठ उपाध्यक्षमा विनय बस्नेत, उपाध्यक्षमा बरुण मेहता, महासचिवमा सुधीरकुमार उपाध्याय पौडेल, सचिवमा जस्विन तुलाधर श्रेष्ठ, कोषाध्यक्षमा हरिभक्त श्रेष्ठ, सहकोषाध्यक्षमा युविका भण्डारीको उम्मेदवारी दिनुभएको छ । कार्यसमिति सदस्यमा सुवर्ण श्रेष्ठ, हरिकुमार श्रेष्ठ, विष्णु खत्री, लक्ष्मी कार्की अधिकारी, चुँडाबहादुर जिम्बा, गीता अधिकारी डेण्डी शेर्पा राम सोभित नायकले उम्मेदवारी दर्ता गराउनुभएको नाट्टा सचिवालयले जनाएको छ ।

अध्यक्षको प्रत्यासिका रुपमा नाट्टाका पूर्वमहासचिव शाह र धाख्वा समूहले पनि मनोनयन दर्ता गराउनुभएको छ । नाट्टा सचिवालयका अनुसार धाख्वाको १५ सदस्यीय कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा नारायण गुरुङ कोने, उपाध्यक्षमा रमेश थापा, महासचिव कमला गुरुङ, सचिव अमृत ढकाल, कोषाध्यक्ष देवकी गुरुङ र सहकोषाध्यक्षमा फुदोमा शेर्पा रहनुभएको छ ।
कार्यसमिति सदस्यमा विजय राई, सुजिता गजमेर, विष्णु बस्नेत, सुवास महर्जन, सागर अधिकारी, भरतजंग पाण्डे, सिर्जना महर्जन र राजकुमार देवकोटाले मनोनयन दर्ता भएको छ । तीनवटै समूहले छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी आफ्ना प्रतिबद्धता सार्वजनिक गरिसकेका छन् ।
अध्यक्षका प्रत्यासी गुरागाईंले नाट्टा र पर्यटन क्षेत्रको स्तरोन्नतिका लागि आफू सक्रिय ढङ्गले लागिपर्ने र भ्रमण वर्ष अभियानलाई सफल बनाउन प्रभावकारी भूमिका खेल्ने बताउनुभयो ।

अर्का प्रत्यासी पन्तले व्यावसायिक एकताका साथै पर्यटन प्रवद्र्धनमा जोड दिने बताउनुभयो । दुईवर्षे कार्यकालका लागि हुने नाट्टा निर्वाचनले पदाधिकारी तथा सदस्यसहित १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । जम्मा १७ सदस्य कार्यसमितिमध्ये थप दुई सदस्य मनोनीत गरिनेछ । निर्वाचनमा कूल ४९८ मतदाता छन् । नाट्टाको विराटनगर, पोखरा, लुम्बिनी र पाल्पामा शाखा कार्यालय रहेको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

सम्बन्धित

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com