ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा पक्राउ परेका १ सय २२ चिनियाँलाई चीन पठाइयो


admin

काठमाडौं, २३ पुस  । नेपालमा पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिकलाई आइतबार चीन पठाइएको छ । चीन सरकारले ल्याएको चार्टर्ड विमान चाइना इस्टर्न र वेस्टर्नमा राखेर उनीहरुलाई चीन लगिएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकु मातहतका विभिन्न प्रहरी युनिटका हिरासतमा राखिएका चिनियाँ नागरिकलाई बसमा राखेर विमानस्थलसम्म लगिएको थियो । यसअघि काठमाडौंको मनमैजु, बुढानीलकण्ठ लगायतका क्षेत्रमा बस्दै आएका उनीहरुलाई प्रहरीले पक्राउ गरी अभद्र व्यवहारको मुद्दा चलाएको थियो । जसमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले एक हजार रुपैयाँ जरिवाना तिराउने आदेश दिएका थिए । लगत्तै, अध्यागमन ऐन अनुसार कारबाहीका लागि भन्दै १२२ चिनियाँलाई अध्यागमन विभाग बुझाइएको थियो । विभागले एक र दुई हजार रुपैयाँका दरले जरिवाना सजाय तोकेको थियो ।

जरिवाना वापतको रकम मंगलबार नेपालस्थित चिनियाँ दूतावासले तिरिसकेको छ ।पक्राउ परेकाहरु चिनियाँ नागरिक नेपालमा बसेर चीनविरुद्ध साइबर अपराध गर्दै आएको चिनियाँ अधिकारीहरुको दाबी छ । तर, नेपाल प्रहरीले गरेको अनुसन्धानले भने चिनियाँ नागरिकको कुनै कसूर देखिएको छैन । यसअघि प्रहरी अधिकृतहरुले चार महिना लामो तयारीपछि नेपाल र चीनले संयुक्त अपरेशन चलाएको जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

सम्बन्धित

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com