ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चालककै कारण ७० प्रतिशत भन्दा माथि दुर्घटना


admin
पुस २२, २०७६ मंगलबार  २ : १३ बजे

काठमाडौं, २२ पुस । जिल्लामा ट्राफिक नियम पालन नगरी सवारीसाधन सञ्चालन गर्ने बढी देखिएका छन् । ट्राफिक नियम नियम विपरीत सवारी सञ्चालन गर्दा दुर्घटना बढेको देखिएको छ ।

चालकका कारण जिल्लामा ७० प्रतिशत दुर्घटना भएका छन् । चालकले मदिरा सेवन गरी सवारीसाधन चलाउँदा बढी दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ । सवारी दुर्घटना न्यूनीकरणमा जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको आयोजनामा सप्ताहव्यापी दुर्घटना न्यूनीकरणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । यही पुस १३ देखि १९ गतेसम्म सञ्चालित कार्यक्रममा ३८९ सवारी कारवाहीमा परेका छन् ।

सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रम सञ्चालित अवधिमा १३ सवारी दुर्घटनामा नौ जना घाइते भएका छन् । उन्नाइस सवारीसाधनमा दुर्घटनाबाट क्षति भएको छ । प्रहरीले मोटरसाइकल र स्कुटी ५८, जिप, कार र भ्यान ७३, बस, टिपर र ट्रक २०२, ट्र्याक्टर ५६ प्रहरी उक्त जाँचका क्रममा चालकले नियम पालना नगरेको देखिएको थियो । चालक, सहचालक, यात्रु तथा पैदलयात्रीले पालना गनुपर्ने नियम र कर्तव्यसम्बन्धी दश हजार ७०० लाई सचेत बनाउने काम गरिएको प्रहरीले जनाएको छ । दुर्घटना न्यूनीकरणका लागि पर्चा, पम्प्लेटसमेत वितरण गरिएको छ । करिब ७६७ सवारीमा ट्राफिक सचेतनामूलक स्टिकर टाँसिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख पृथ्वीनारायण काफ्लेले बताउनुभयो ।

चालू आर्थिक वर्षको पाँच महिनामा मात्र करिब रु ५० लाख राजश्व सङ्कलन भएको काफ्लेले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले दुर्घटना कारण अकालमा ज्यान गुमाउनुपर्ने हुँदा दुर्घटना न्यूनीकरणसम्बन्धी अभियान नै सञ्चालन गरिएको बताउनुभयो । उहाँले सवारीसाधन चालक, सहचालक, यात्रु तथा सवारी मालिकलाई समेत दुर्घटना न्यूनीकरणका लागि सचेत गर्ने काम भएको बताउनुभयो । चालू आवमा छ महिनाको अवधिमा जिल्लामा १५ को सवारी दुर्घटनामा परेर मृत्यु भएको बताइएको छ । जिल्लाका मुख्य तथा सहायक सडकमा साना तथा ठूला १३० दुर्घटना भएका छन् । दुर्घटनाबाट ७१ गम्भीर घाइते अवस्थामा छन् । सामान्य घाइतेको अवस्था झण्डै १८१ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपाललाई पराजित गर्दै वेस्ट इन्डिज क्रिकेट टोली ‘सुपर एट’ मा

उनेपाको प्रतिबद्धतापत्र : स्थानीय निर्वाचन दलविहीन, ट्रेड युनियन खारेज, मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित (पूर्णपाठ)

सम्बन्धित

नेपाललाई पराजित गर्दै वेस्ट इन्डिज क्रिकेट टोली ‘सुपर एट’ मा

नेपालमा पनि बंगलादेशको जस्तै चुनावी परिणाम आउँछः अध्यक्ष ओली

हर्क साम्पाङको निडर बोली: मेयरबाट संसद्‌मा, देश जोगाउने जिम्मेवारी बोकेर (भिडियो सहित)

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्– श्रीमतीको मृत्यु

राप्रपाका वरिष्ठ नेता विश्वबन्धु थापाको निधन

निर्वाचन १८ दिन बाँकी : आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com