ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रेमीले अस्पतालमा हेर्न आउँछु भनेपछि,बिरामी युवतीले गरिन् यस्तो ‘मेकअप’!


admin
पुस १८, २०७६ शुक्रबार  २ : २८ बजे

काठमाडौं, १८ पुष   । मानिसलाई सुन्दर देखिने चाह त हुन्छ नै । अनुहारमा गरिने मेकअप पनि सुन्दर देखिने एक माध्यम हो । मेकअपले मानिसलाई कन्फिडेन्स बनाउँछ । तर कुनबेला मेकअप गर्ने भन्ने कुरा भने मानिसको स्वभावमा भर पर्छ । तर कुनै मानिसको यस्तो चाह हुन्छकी त्यसले अरुलाई नै आश्चर्य बनाउँछ । हालै भियतनाममा भएको एउटा घटनाले यस्तै उदाहरण प्रस्तुत गरेको छ । विरामी भएकी एक युवती अस्पतालमा भर्ना थिइन् । आफन्त विरामी भएपछि भेट्न जाने र सान्त्वना दिने प्रचलन जहाँकही पनि हुन्छ । तर तपाई बिरामी भेट्न जाँदै हुनुहुन्छ र त्यो बिरामी हेभी मेकअपमा छ भने तपाईलाई कस्तो लाग्छ रु

अस्पतालमा भर्ना हुनु भनेकै तपाईंलाई कुनै चोट लागेको हुनसक्ने वा बिरामी भएको हुनसक्ने संकेत दिन्छ । अस्पतालमा भर्ना भएको ब्यक्ति सुन्दर देखियोस् भन्ने चाहना त कसैले राखेको हुँदैन । यद्यपि, भियतनामकी एक युवतीले भने अस्पतालमा भर्ना हुँदा पनि प्रेमीले उनलाई मेकअप बिना नदेखुन् भनेर अस्पताको वेडमै यस्तो हेभी मेकअप गरेकी छन् की उनको तस्बिर देख्नेहरुले अनौठो भनेर प्रतिकृया दिएका छन् । प्रेमिका अस्पतालमा भर्ना भएको थाहा पाएपछि प्रेमीले उनलाई भेट्न आउँछु भने, उनले हतारहतार मेकअप गरेकी छिन् ।

चाइना प्रेसका अनुसार वाङ्गमेइ अस्पतालमा प्रेमी भेट्न आउने खबर सुनेर यति उत्साहित भइन् कि उनले फेसबुकमा पनि त्यो कुरा शेयर गरिन् । उनले निकै खुसी हुँदै क्याप्सन लेखिन्, ‘मेरा प्रेमी मलाई भेट्न आउँदैछन् ’प्रेमीले आफूलाई नराम्री नदेखोस् भन्ने उद्देश्यले उनले तत्काल बेस मेकअप, आइब्रो, ब्लसर, आई स्याडो, आई लाइनर लगाइन् साथै झुम्कासहित नङमा पालिससमेत लगाइन् तर तयार भइन् । उनका ति तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

रेस्पिरेटर राखिएको उनको अनुहारमा मेकअप निकै उत्कृष्ट देखिएको छ । तस्बिर हेर्नेहरुले यस्तो अवस्थामा पनि हेभी मेकअप गरेको भन्दै धेरैले उनको आलोचना पनि गरेका छन् । उनले आफू सुन्दर छु भनेर देखाउन यतिसम्म पनि गर्न नपर्ने भन्दै धेरैले टिप्पणी गरेका छन् । उनको झुम्कामाथि पनि धेरैले प्रतिक्रिया दिँदै मानिसहरुले उनलाई बिरामीजस्तो नदेखिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस किन बोल्न डराइरहेको छ ? सिंहदरबार नजल्ने–गोली नचल्ने भन्ने गगनको अभिव्यक्तिमा लुकेको राजनीतिक दोधार

नेपाललाई पराजित गर्दै वेस्ट इन्डिज क्रिकेट टोली ‘सुपर एट’ मा

सम्बन्धित

नेपाललाई पराजित गर्दै वेस्ट इन्डिज क्रिकेट टोली ‘सुपर एट’ मा

नेपालमा पनि बंगलादेशको जस्तै चुनावी परिणाम आउँछः अध्यक्ष ओली

हर्क साम्पाङको निडर बोली: मेयरबाट संसद्‌मा, देश जोगाउने जिम्मेवारी बोकेर (भिडियो सहित)

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्– श्रीमतीको मृत्यु

राप्रपाका वरिष्ठ नेता विश्वबन्धु थापाको निधन

निर्वाचन १८ दिन बाँकी : आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com