ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मध्यराती प्रदेश कानुनमन्त्रीले गरे बिश्वसमुदायलाई नेपाल आउने निम्तो ।


sharan sharan

बुटवल, १६ पौष ।
संघिय सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२०लाई नेपालका बिभिन्न क्षेत्रबाट छुट्टाछुट्टै कार्यक्रम गरि उदघाटन गरिएको छ । प्रदेश नम्बर ५ मा पनि बिभिन्न जिल्लाहरुमा फरक फरक कार्यक्रम गर्दै भ्रमण वर्षको शुभारम्भ गरिएको छ ।
आज मध्यान्ह बर्दियाको ठाकुराद्धाराबाट प्रदेशका मुख्यमन्त्री शंकर पाखरेलले बिशेष कार्यक्रमबाट भ्रमण वर्षको उदघाटन गर्ने कार्यक्रम रहेको छ भने प्रदेशका आन्तरिक मामला तथा कानुन मन्त्री कुलप्रसाद केसीले मध्यराती बिश्वभरीका नागरिकहरुलाई नेपाल र त्यसमा पनि प्रदेश ५ मा घुम्न आउन निम्तो दिएर भ्रमण वर्षको शुभारम्भ गर्नुभएको छ । होटल पौवा र एबिसी न्युजको संयुक्त आयोजनामा बुटवलमा आयोजना गरिएको शुभारम्भ भ्रमण वर्ष न्यु ईयर ईभलाई मध्यराती १२ बजे सम्बोधन गर्दै मन्त्री केसीले सबैं दृष्टिकोणले नेपाल भ्रमणको गन्तब्य बनाउन उपयुक्त रहेकाले नेपाल आउन निम्तो दिनुभएको छ ।
उहांले बिगतमा जङ्गलमा फायर खोलेर नयां वर्ष मनाएको स्मरण गर्दै यतिबेला निम्ताको फायर खोलेर नयां वर्ष सहित भ्रमण वर्ष मनाएको बताउनु भयो । धार्मीक, सांकृतिक र भौगालीक सबै दृष्टिबाट ५ नम्बर प्रदेश उत्कृष्ठ रहेको बताउंदै उहांले पर्यटन उद्योगले प्रदेशलाई समृद्द बनाउने ठुलो सम्भावना रहेको स्पष्ट पार्नुभयो ।
एबिसी न्युज टेलिभिजनबाट प्रत्येक्ष प्रशारण गरिएको ईभमा बोल्दै होटल पौवाका प्रबनध निर्देशक बिष्णु प्रसाद ज्ञवालीले नेपालमा पहिलो नेपाली हस्पिटालीटीका साथ खुलेको पौवाले ५ नम्बर प्रदेशका सबै पर्यटकिय स्थलमा पौवाको सेवा दिने तयारी गरेको जानकारी गराउंदै १० वर्षमा १०० शाखा सहित पौवाको बिस्तार गरिने दाबी गर्नुभयो ।
होटल पौवाले हाल प्रदेश नम्बर ५ मा ७ र कर्णाली प्रदेशको जुम्लामा गरि ८ वटा शाखाबाट सेवा दिदै आएको छ ।
कार्यक्रममा सुगम संगितका गायक प्रमोद खरेलले म बिना कसैकसैलाई मुस्किल छ पो्खरामाबाट सुरु गरेर यो कुरा गोप्य नै राखौला भन्ने गित गाईरहंदा पौवामा उपस्थित सयौं दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिए । खरेलले ओय झुम्मा, रातो टिका निधारमा, जादु चलायौ तिमीले टुना चलायौ तिमीले, म बांचेकै तिमीसंग माया लाउन हो जस्ता कालजयी गित प्रस्तुत गरेका थिए । जनताका गायकका रुपमा स्थापीत जिवनशर्माले ईभमा उपस्थित दर्शकहरुलाई देश प्रति भाबुक बनाएका थिए । मधेसी पहाडी हिमालका हिमालीबाट गाउन सुरु गरेका शर्माले झरनाको चिसोपानी, चाहिंदैन सिसाको महल, सिमली छांयामा बसी, यसपाली त यस्तै भो आमा जस्ता देश प्रेमले ओतप्रोत गितहरु गाएका थिए । कार्यक्रमको अन्तीममा स्ेटज चढेकी लोक गायीका राधिका हमालले नमस्ते झोर्ले है, क्याम्पस पढ्न आउनी जस्ता गित गाएर दर्शकलाई नचाएका थिए ।
शुभारम्भ भ्रमण वर्ष न्यु ईयर ईभमा प्रदेश सरकारका कृषि मन्त्री आरती पौडेल, प्रदेश सरकारका मुख्य सचिव तोयनारायण ज्ञवाली लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com