ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टी एकीकरण छिटो पूरा गर्नुपर्छ– नेता नेपाल


admin
पुस १५, २०७६ मंगलबार  ५ : ४४ बजे

काठमाडौं, १५  पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको विधि र विधानअनुसार एकीकरणलाई छिटो सम्पन्न गरिनुपर्ने बताउनुभएको छ । नेकपा हेटौंँडा उपमहानगर कमिटीद्वारा आज आयोजित वडा सदस्यहरुको शपथ कार्यक्रममा नेता नेपालले पार्टीको नेतृत्व तहले एकीकरणलगायत पार्टीको दिगो विकासको सम्बन्धमा बोलेका प्रतिबद्धता पूरा गर्नुपर्ने र पार्टीको विधानअनुसार हिँड्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

उहाँले सरकार र पार्टीले सातै प्रदेशको विकास र समृद्धिमा जोड दिनुपर्ने पनि बताउनुभयो । उहाँले कार्यकर्ताले पदका लागि नभई पार्टीका लागि काम गर्नुपर्ने र जिम्मेवारी वहन गर्नुपर्नेमा जोड दिनुभयो । पार्टीलाई आगामी दिनमा प्रभावकारी बनाउन सबै तह र समुदायलाई समेटेर काम गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो । यही पुस २३ गते बस्ने बैठकमा पार्टीलाई नयाँ ढङ्गले सञ्चालनका लागि तथा सीमा र एमसिसीलगायत विषयमा निर्णय हुने जानकारी उहाँले दिनुभयो ।

कार्यक्रममा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले प्रदेशमा सक्रियताका साथ समृद्ध नेपाल र सुखी नेपाली बनाउनेतर्फ उदाहरणीय काम गरेको जिकिर गर्नुभयो । राष्ट्रिय सभा, प्रत्यायोजन समितिका सभापति रामनारायण बिंडारीले पार्टी एकतालाई प्रभवकारी बनाउन स्थानीयदेखि केन्द्रसम्म एक ढिक्का भएर लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो । पार्टीका जिल्ला सहइञ्चार्ज कुमारी मोक्तानले पार्टीलाई अगाडि बढाउन सबैको विश्वास जित्नुपर्छ र समुन्नत समाज बनाउनेतर्फ सबै लाग्नुपर्छ भन्नुभयो । केन्द्रीय सदस्य तथा सांसद विरोध खतिवडाले पार्टीले वडादेखि केन्द्रीय तहसम्मको समस्या बुझ्नुपर्ने तथा पार्टीको कामलाई टिकाउनेमा विशेष जोड दिनुपर्ने बताउनुभयो । अर्का केन्द्रीय सदस्य केदार न्यौपानेले पार्टीका नेताहरु भाषणमुखी नभई कार्यमुखी हुनुपर्नेमा जोड दिनुभयो । केन्द्रीय सदस्य काशीनाथ अधिकारीले नेता तथा कार्यकर्ताले सरकारको टीकाटिप्पणी गर्नुभन्दा पनि आफ्ना जिम्मेवारीलाई पूरा गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुतिः नियमित अभ्यास कि हस्तक्षेपको जाल? जंगी अड्डाको स्पष्टिकरणले के भन्छ ?

टुँडिखेलमा अमेरिकी ब्यान्ड प्रस्तुति : नियमित सैन्य सहकार्य कि चुनावी विवाद ?

सम्बन्धित

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा महाशिवरात्रिमा पशुपतिनाथ दर्शन

पेट्रोल, डिजेल/मट्टीतेलको मूल्य बढाइयो

निर्वाचन प्रचार–प्रसारका लागि १५ दिन समय, फागुन १८ देखि ‘मौन अवधि’

नेपाललाई पराजित गर्दै वेस्ट इन्डिज क्रिकेट टोली ‘सुपर एट’ मा

नेपालमा पनि बंगलादेशको जस्तै चुनावी परिणाम आउँछः अध्यक्ष ओली

हर्क साम्पाङको निडर बोली: मेयरबाट संसद्‌मा, देश जोगाउने जिम्मेवारी बोकेर (भिडियो सहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com