ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अलमल गरेर र फाइल घुमाएर नबस्न मन्त्री नेम्वाङको निर्देशन


admin

 

काठमाडौं, १४ पुस । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले भक्तपुरको कमलविनायबाट नगरकोट जाने सडक छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको छ । सडकखण्डको आज अनुगमन गर्दै उहाँले अलमल गरेर र फाइल घुमाएर नबस्न निर्माण कम्पनी सैलुङ कन्स्ट्रक्शनलाई निर्देशन दिनुभयो ।

मन्त्री नेम्वाङले स्थानीयवासीको अवरोध नभई पूर्णरुपमा सहयोग हुँदाहँुदै व्यवसायीले काम रोक्नु विडम्बना भएको उल्लेख गर्दै आगामी चार महिनाभित्र सडक निर्माण पूर्णरुपमा सम्पन्न हुनुपर्छ भन्नुभयो । मन्त्री नेम्वाङले भन्नुभयो, “अब हिजोको जस्तो अवस्था छैन, नयाँ परिस्थितिमा नयाँ ढङ्गले गति लिनुपर्छ, विगतमा जस्तो ढिलाइ गर्ने निर्माण व्यवसायीको चालचलन पनि अब परिवर्तन हुनुपर्छ ।”

उहाँले भक्तपुर काठमाडौँको ट्राफिक जाम व्यवस्थापन गर्ने, कोटेश्वरमा सुरुङमार्ग बनाउने, फ्लाई ओभर बनाउने, हनुमन्ते करिडोर बनाएर जाम हटाउन, खाल्डाखुल्डी टाल्ने र साना आयोजना मात्रै नभई विकासका ठूला योजनाहरु शुरु गरेको जानकारी दिनुभयो । पूर्वउद्योगमन्त्री महेश बस्नेतले नगरकोट सडकको खरिपाटीसम्म बेस हालेर कालोपत्रको तयारी भएको जानकारी दिँदै चालु आवभित्रै सबै काम सम्पन्न गर्न भौतिक पूर्वाधार मन्त्रालय र सडक विभागले पहल गर्नुपर्छ भन्नुभयो । उहाँले भक्तपुरको सूृर्यविनायक क्षेत्रमा तीनवटा पुलको निर्माण गर्न, हनुमन्ते करिडोर छिटो सम्पन्न गर्न, बेलिब्रिज निर्माण, मनोहरा करिडोर निर्माण, वीर अस्पताल, सानोठिमी सडक विस्तार गर्ने कार्यलाई पूर्णता दिन माग गर्नुभयो । चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले नगरकोट सडक निर्माणसम्पन्न गर्न पटक पटक सरोकारवाला निकायदेखि नेकपा अध्यक्ष्य प्रचण्डसम्म पुग्दा पनि आयोजनाले ढिलाइ गरेको बताउनुभयो ।

अनुगमनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की, सडक विभागका प्रमुख केशव शर्मा, सडक विभागका उपनिर्देशक राजेन्द्र ढकाल र सुशील शर्मा, प्रजिअ हुमकला पाण्डे, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, सञ्चारकर्मीसहितको सहभागीता रहेको थियो

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com