ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनी उद्योगको बदमासी, सरकार र उद्योगीले तीन अर्ब भुक्तानी नदिँदा उखु किसान मर्कामा!


admin

काठमाडौं, १४ पुस । राष्ट्रियसभाको आजको बैठकमा सांसदले उखु किसानको माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको विशेष समयमा उनीहरुले उखु किसानलाई मजदूर बनाउन बाध्य पार्ने उद्योगीलाई तत्काल कारवाहीको दायरामा ल्याउन माग गरे ।

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका कोमल वलीले १५ दिनभित्र उखु किसानको बक्यौता भुक्तानीका लागि उद्योगीलाई तत्काल निर्देशन दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । “विगतदेखि नै किसानको बक्यौता भुक्तानी दिन बाँकी छ, किन वर्षेनी उखु किसानको समस्या दोहोरिन्छ, उद्योगीले किसानसँग उखु लिन्छन्, चिनी उत्पादन गरेर बिक्री पनि गरेका छन् तर उनीहरुले किसालाई भुक्तानी नदिएर ठूलो घात गरेका छन् । यसको तत्काल छानबिन गरिनुपर्छ ।”

उखु किसानको बक्यौता भुक्तानी दिन विगतमा सरकारले दिएको निर्देशन उद्योगीले नटेरेको भन्दै उहाँले किसानको उत्पादन लिने तर भुक्तानी नदिने उद्योगीको नियतले किसान डुब्ने अवस्थामा पुगेको बताउनुभयो । सांसद् ओलीले भन्नुभयो, “तुरुन्त किसानलाई भुक्तानी दिनुपर्ने व्यवस्था मिलाइदिनुप¥यो । किसानलाई उखुको भुक्तानी नदिनु अन्याय हो । पन्ध्र दिनभित्र किसानको भुक्तानी नदिए उद्योगीलाई कारवाही गरियोस् ।”

नेकपाकै बलरामप्रसाद बाँस्कोटाले उहाँले उखु किसान पसिनाको मूल्य खोज्दै काठमाडौँ आउनु गम्भीर विषय भएको उल्लेख गर्दै उखु किसानका माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । राष्ट्रिय जनता पार्टीका वृषेशचन्द्र लालले उखु किसान सत्याग्रह गर्न काठमाडौँ आएको बताउँदै ‘यो देश किसानको हो कि होइन’ भन्दै प्रश्न गर्नुभयो । “यदि यो सरकार किसानको हो भने किसानले खेती गर्छ, उत्पादन गर्छ तर किन मूल्य पाउँदैन रु”, उहाँले भन्नुभयो, “किसान कसरी बाँच्छ, अहिले किसान मजदूर बन्न बाध्य भएका छन् । के सरकारले मजदूरको सङ्ख्या वृद्धि गर्न खोजेको हो रु”

समाजवादी पार्टीका रामप्रीत पासवानले किसान आफैँले उब्जनी गरेको उखुको मूल्य पाउन सरकारसँग बिलौना गर्न बाध्य हुनु लाजमर्दो भएको उल्लेख गर्दै सरकारको अकर्मण्यताले उखु किसानको भविष्य झन् असुरक्षित बन्दै गएको बताउनुभयो । माग अविलम्ब पूरा नभए उखु किसान ठूलो आन्दोलन गर्न बाध्य हुने भन्दै उहाँले उखु किसानको बक्यौता भुक्तानीका लागि उद्योगीलाई निर्देशन दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

विसं २०७० देखि उखु मिलले किसानलाई उखुको भुक्तानी दिन बाँकी रहेको किसानले बताएका छन् । अझै पनि विभिन्न उखु उद्योगले किसानलाई करिब रु एक अर्ब ४० करोड भुक्तानी दिन बाँकी छ । यस्तै किसानले सरकारका तर्फबाट पाउने एक अर्ब ३४ करोड अनुदान पनि प्राप्त गर्न सकेका छैनन् ।

महालक्ष्मी सुगर मिल्स, श्रीराम सुगर मिल्स, एभरेष्ट सुगर मिल, हिमालयन सुगर मिल, वाग्मती, अन्नपूर्णलगायत चिनी उद्योगले किसानलाई ठूलो मात्रामा उखुको भुक्तानी दिन बाँकी छ । उखु किसान उद्योगीले बक्यौता नदिएको भन्दै सरकारलाई दवाव दिन किसानहरु अहिले काठमाडौँ आएका छन् । सर्लाहीका उखु किसानले एक सातादेखि उखुको मूल्य माग्दै माइतीघर मण्डलमा प्रदर्शन गर्दै आएका छन् ।

एमसिसीबारे स्पष्ट गर्न माग

सांसद बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० र वर्तमान सरकार असंलग्न परराष्ट्र नीतिमा प्रतिबद्ध रहेको र कुनै राष्ट्रको सैन्य अभ्यासमा नेपाल सहभागी नहुने अवस्थामा तत्कालै सरकारले एमसिसीबारे आफ्नो धारणा स्पष्ट पार्नुपर्ने बताउनुभयोे । काठमाडौँस्थित अमेरिकी दूतावासका अधिकारीले एमसिसी हिन्द प्रशान्त रणनीतिको अङ्ग भएको विषय सार्वजनिक गरेका अवस्थामा एमसिसीको सहयोग लिने कि नलिने भन्नेमा जटिलता पैदा भएको बताउनुभयो ।

स्थानीय तहमा जनशक्तिको अभाव
नेकपाका कालीबहादुर मल्लले जनशक्तिको अभावमा बजेट खर्च हुन नसकेको तर्फ सरकारको ध्यानाकर्षण गराउँदै तत्कालै जनशक्ति परिपूर्ति गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । “स्थानीय तहमा कर्मचारीको अभाव हुँदा जनताले सङ्घीयताको महसुस गर्न सकेका छैनन्, बजेट खर्च हुन सकेको छैन, सुशासनको मात्रा घटेको छ”, कर्मचारीको अभावमा स्थानीय सरकार निष्क्रिय भएको जिकिर गर्दै उहाँले भन्नुभयो, “छिटो पदपूर्ति हुनुप¥यो कि स्थानीय तहमै कर्मचारी नियुक्ति गर्ने मार्गप्रशस्त गरिदिनुप¥यो ।” नेपाली काँग्रेसका बद्रीप्रसाद पाण्डेले पछिल्लो समय दण्डहीनताको घटनामा वृद्धि भएको छ भन्दै कानून पालनामा कडाइका साथ प्रस्तुत हुन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com