ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालअधिकार राष्ट्रिय गौरवको योजनामा सूचीकृत हुन्छ– मन्त्री गुरुङ


admin
पुस १४, २०७६ सोमबार  ३ : १० बजे

 

काठमाडौं, १४ पुस । बालबालिकाका अधिकारलाई सुनिश्चित हुनेगरी बालमैत्री राष्ट्रिय कार्ययोजना बनाई कार्यान्वयन गर्न माग गरिएको छ ।
बालबालिकाको क्षेत्रमा कार्यरत सस्था सिविन नेपालद्वारा ‘बालबालिकासम्बन्धी राष्ट्रिय कार्ययोजना निर्माणको आवश्यकता’ विषयक आज यहाँ आयोजित अन्तक्र्रियामा सहभागी वक्ताले दिगो विकासका लक्ष्य पूरा गर्न, बालबालिकालाई सिर्जनशील र सुसंस्कृत बनाउन कार्ययोजना आवश्यक रहेको धारणा राख्नुभयो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सरकारले बालबालिकाको अधिकारका विषयलाई राष्ट्रिय गौरवको योजनामा सूचीकृत गर्न प्रयास भइरहेको बताउनुभयो । उहाँले फरक फरक भूगोल र वर्गभएका बालबालिकाको समस्यालाई एउटै नियमले सम्बोधन गर्न नसकिने उल्लेख गर्दै कार्ययोजना बनाउँदा सम्बन्धित प्रदेश र स्थानीय तहसँग समन्वय गर्नुपर्छ भन्नुभयो ।

सोही मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले संविधानको भावना अनुसार बालमैत्री समाजको विकास हुँदै गएको र राष्ट्रिय बाल अधिकार परिषद् सञ्चालन गर्न ऐन संशोधनका साथै नियमावली जारी गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव अनिल ठाकुरले भविष्यमा सक्षम नागरिक उत्पादन हुने अपेक्षाका साथ सरकारले बालबालिकाका क्षेत्रमा लगानी गरेको बताउनुभयो । मानव अधिकारकर्मी गौरी प्रधानले १५आँै पञ्चवर्षीय योजना, दिगो विकास रणनीतिमा समेत बालबालिकाका सबै खाले समस्यालाई सम्बोधन हुने विषय समेट्न नसकिएकामा चिन्ता व्यक्त गर्दै समृद्धि हासिल गर्न दक्ष जनशक्तिको खाँचो पर्छ भन्नुभयो ।

राष्ट्रिय योजना आयोगका सहसचिव डा किरण रुपाखेतीले स्थानीय तह र प्रदेश सरकारले बालबालिकाको अधिकार संरक्षण गर्न आवश्यक उपाय अवलम्बन गर्न नसकेको विचार व्यक्त गर्नुभयो । बाल क्लबमा आबद्ध ९ कक्षामा अध्ययनरत सुमित्रा अर्यालले लोकतान्त्रिक प्रणालीमा पनि बालबालिकामाथि हुने श्रम शोषण, हिंसा, बलत्कारका घटना न्यूनीकरण हुन नसकेको धारणा राख्नुभयो ।
सिविन नेपालका प्रमुख कार्यकारी अधिकृत सुम्निामा तुलाधरले बालबालिकासम्बन्धी राष्ट्रिय कार्ययोजना निर्माणका क्रममा रहेकाले सरोकार पक्षको सुझाव सङ्कलन गर्न कार्यक्रम गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुतिः नियमित अभ्यास कि हस्तक्षेपको जाल? जंगी अड्डाको स्पष्टिकरणले के भन्छ ?

टुँडिखेलमा अमेरिकी ब्यान्ड प्रस्तुति : नियमित सैन्य सहकार्य कि चुनावी विवाद ?

सम्बन्धित

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा महाशिवरात्रिमा पशुपतिनाथ दर्शन

पेट्रोल, डिजेल/मट्टीतेलको मूल्य बढाइयो

निर्वाचन प्रचार–प्रसारका लागि १५ दिन समय, फागुन १८ देखि ‘मौन अवधि’

नेपाललाई पराजित गर्दै वेस्ट इन्डिज क्रिकेट टोली ‘सुपर एट’ मा

नेपालमा पनि बंगलादेशको जस्तै चुनावी परिणाम आउँछः अध्यक्ष ओली

हर्क साम्पाङको निडर बोली: मेयरबाट संसद्‌मा, देश जोगाउने जिम्मेवारी बोकेर (भिडियो सहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com