ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश हेरफेरको कुरा बेमौसमी बाजा जस्तै हो– नेता राई


admin
पुस १२, २०७६ शनिबार  १ : ४५ बजे

काठमाडौं, १२ पुस । पूर्वमन्त्री एवं सङ्घीय समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउनुपर्छ भन्नु बेमौसमी बाजा बजाउनु जस्तै भएको बताउनुभएको छ । नेपालगञ्जमा शुक्रबारदेखि शुरु भएको दोस्रो प्रादेशिक औद्योगिक, लघु, घरेलु तथा कृषि, प्रविधि प्रदर्शनी व्यापार एवं पर्यटन महोत्सवको उद्घाटन कार्यक्रममा नेता राईले प्रदेश हेरफेरको कुरा गरेर केहीले जनतालाई दिग्भ्रमित पार्ने खेल खेलेको मात्र हो भन्नुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाको अगुवाइमा बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउन समन्वय समिति बनेर ‘माहौल’ बनाउने अभियान शुरु भएपछि पूर्वमन्त्री राईले यस्तो अभिव्यक्ति दिनुभएको हो । “संविधान संशोधनको माग पूरा नभएपछि भर्खरै हामीले सरकार छोडेका छौँ, यो अवस्थालाई नबुझेर प्रदेश हेरफेरको कुरा गर्नु बहुलठ्ठीपन मात्र हो” नेता राईको भनाइ थियो । समन्वय समितिका संयोजक नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाप्रति लक्षित गर्दै पूर्वमन्त्री राईले भन्नुभयो, “तपाईँ नगरको विकासमा ध्यान दिनुस्, जनतालाई भ्रम छर्ने काम गर्नु हुँदैन ।”

सो महोत्सव उदघाटन अघि बिहान नेपालगञ्जमा सांस्कृतिक झाँकी पनि निकालिएको थियो । महोत्सवलाई नेपाल घरेलु तथा साना उद्योग महासङ्घ जिल्ला शाखा बाँके र प्रदेश ५ समिति बुटवलले सघाएको छ । ‘मेहनत सिर्जना उत्पादन र वस्तु मेरै नेपालको’ भन्ने मूल नाराका साथ महोत्सव आयोजना गरिएको हो । यस क्षेत्रका घरेलु तथा लघु उद्योगको संरक्षण, विकास तथा उनीहरुको उत्पादनलाई बजारीकरण गर्ने मुख्य उद्देश्य राखेर महोत्सव आयोजना गरिएको संयोजक रचना श्रेष्ठले बताउनुभयो । यही पुस २१ गतेसम्म सञ्चालन हुने महोत्सवमा २५० बढी प्रदर्शनी कक्ष राखिएका छन् । ती कक्षहरुमध्ये ५० वटा घरेलु तथा साना उद्योगको प्रवद्र्धनका लागि छुट्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुतिः नियमित अभ्यास कि हस्तक्षेपको जाल? जंगी अड्डाको स्पष्टिकरणले के भन्छ ?

टुँडिखेलमा अमेरिकी ब्यान्ड प्रस्तुति : नियमित सैन्य सहकार्य कि चुनावी विवाद ?

सम्बन्धित

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा महाशिवरात्रिमा पशुपतिनाथ दर्शन

पेट्रोल, डिजेल/मट्टीतेलको मूल्य बढाइयो

निर्वाचन प्रचार–प्रसारका लागि १५ दिन समय, फागुन १८ देखि ‘मौन अवधि’

नेपाललाई पराजित गर्दै वेस्ट इन्डिज क्रिकेट टोली ‘सुपर एट’ मा

नेपालमा पनि बंगलादेशको जस्तै चुनावी परिणाम आउँछः अध्यक्ष ओली

हर्क साम्पाङको निडर बोली: मेयरबाट संसद्‌मा, देश जोगाउने जिम्मेवारी बोकेर (भिडियो सहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com