
अछाम,११ पुष । नेपाल सरकार शहरी विकास मन्त्रालय अन्तरगतको नयाँ शहर आयोजना कार्यालय साँफेबगरमा कार्यरत कर्मचारीहरुको माग पूरा हुने भएको छ ।
कार्यायका प्रमुख कर्मचारी भर्नामा मनोमानी भएको खुले पछि सञ्चार माध्यममा समाचार प्रकाशन र प्रशारण भएको थियो । नियमित काम गर्दै आएका कर्मचारीलाई विना सूचना अवकास गरि कार्यालय प्रमुखले आफू निकटकालाई भर्ना गरेको पाईएको थियो । कार्यालयमा काम गर्ने पुराना कर्मचारीहरुको म्याद नथपेर आफ्ना नजिकका नातेदारलाई मात्र अस्थायी कर्मचारीका रुपमा भर्ना गरेको बुझिएको थियो । कार्यालय प्रमुख मोहन बि।क।ले आफू निकटकालाई भर्ना गरेको थियो । नेपाल सरकार शहरी विकास मन्त्रालय अन्तरगतको नयाँ शहर आयोजना कार्यालय साँफेबगरमा कार्यरत पूर्व अमिन राम बहादुर साउँद, सवओभर शेयर एकेन्द्र बुडथापा, सब इन्जिनियर पदमा कार्यरत ललित बुढा, सव ईन्जिनियर भिमराज कुँवरले आफू लगाएत कार्यलयमा कार्यरत पूर्व कर्मचारीलाई भर्ना नगरि कार्यालय प्रमुखले आफू निकटका मान्छेलाई भर्ना गरेको गुनासो सहित प्रेस विज्ञप्ती प्रकाशन गर्नु माग राखेका थिए ।
पूर्व कर्मचारीहरुले विज्ञप्ती सहित कार्यालयमा ताला बन्दि समेत गरेका थिए । विज्ञप्तीमा २०७४ सालबाट नियूक्ति भई काम गरिरहेकालाई पुनः काममा लगाउनु पर्ने र माग सम्बोधन नभएसम्म ताल्च नखोल्ने चेतावनी समेत दिएका थिए । ताल्च लगाई सकेपछी समस्या समाधानका लागि बसेको सरोकारवालाको छलफल गर्दै कर्मचारीका माग पूरा गर्ने लिखित सहमती भएको छ । कार्यालय प्रमुख बि।क।ले विना विज्ञापन र सूचनाका आधारमा आफू निकटका कर्मचारी राखेकोले आफूहरुले आन्दोलन गर्नु परेको कार्यालयका पूर्व कर्मचारीहरुले बताएका छन् । उक्त सम्झौता पत्रमा आन्दोलनरत पूर्व कर्मचारीहरुका मागको पौष महिना भित्र सम्बोधन गर्ने लिखित सहमती भएको छ । लिखित सहमती भएपछी कार्यालयमा लगाईएको ताल्चा खोलिएको छ ।
कार्यलयले एक अमिन, एक सव ईन्जिनियर, सव ओभरशेयर, एक सामाजिक परिचालक र एक कार्यालय सहयोगिलाई नयाँ नियुक्ति दिईएको थियो । उता कार्यालयका प्रमुख मोहन बि।क।लाई सो विषयमा बुझ्दा कार्यालयमा कार्यरत पूर्व कर्मचारीहरुको माग पौष मसान्त भित्र पूरा गर्ने लिखित सहमती भएको बताउनु भयो ।








प्रतिक्रिया दिनुहोस्