ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दैलेखः रारा घुम्न पुग्ने पर्यटकको दोस्रो रोजाइ(फोटोफिचर)


एबीसी न्यूज

दैलेख, २८ मंसिर । सरकारले नेपाल भ्रमण वर्ष २०२० मनाउने तयारी तीव्र पारे पनि स्थानीय सरकारहरुसँग भ्रमण वर्ष लक्षित कुनै पनि योजना छैनन् । भ्रमण वर्षका बारेमा दैलेखका स्थानीय सरकारलाई चिन्ता र चासो पनि देखिएको  छैन। करोडौंँ बजेट आफैँले खर्च गर्ने अधिकार पाएका स्थानीय सरकारहरुले भ्रमण वर्ष केन्द्रित गरेर प्रभावकारी काम ल्याउन र बनाउन सकेका छैनन् ।केन्द्र वा प्रदेशले रकम पठाएपछि मात्र तातिने योजना बनाएका स्थानीय सरकारहरुले जिल्लाको पर्यटन विकासका लागि संयुक्त र ठोस रणनीति बनाउन नसक्नु समग्र दैलेखको पर्यटनका लागि दुर्भाग्य रहेको पर्यटनविद् टेकबहादुर खाणले गुनासो गर्नुभयो ।

दैलेख धार्मिक, ऐतिहासिक र पुरातात्त्विक हिसाबले काठमाडौँ र लुम्बिनीपछिको तेस्रो स्थानमा रहेको भनिएको छ । दैलेखको आधिकारिक प्रमाण खोज्नेसम्मका काम अहिलेसम्मका स्थानीय सरकारले गर्न सकेका छैनन् । दैलेख किन आउने भन्नेबारेमा आवश्यक पर्ने प्रचारप्रसार, सडक र पूर्वाधार विकासमा भने सरकार उदासीन जस्तै बनेको स्थानीयवासीको गुनासो छ ।

दुल्लुका केही प्रगति
दुल्लु नगरपालिकाले पुरानो पौवा दरबारलाई सङ्ग्रहालय बनाएको छ । विजया साहित्य उद्यान निर्माणको प्रक्रिया थालेको र नेपाली भाषाको पहिलो शिलालेख९राजा दामु पाल, शाके १३२७०लाई संरक्षणका लागि नेपाल पर्यटन बोर्डबाट आएको रकमले घेरबारसम्मका काम गरेको दुल्लू नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले बताउनुभयो । भ्रमण वर्षका लागि विशेष काम गर्ने भनेर बजेट विनियोजन नभएको भण्डारीको भनाइ छ ।

नारायण नगरपालिकँका प्रमुख रत्नबहादुर खड्काले भ्रमण वर्ष लक्षित कुनै पनि नीति तथा कार्यक्रम नभए पनि नगरपालिकाभित्रका विभिन्न धार्मिक, ऐतिहासिक र पुरातात्विक सम्पदाको संरक्षण र प्रचारप्रसार गरिने बताउनुभयो । नगरपालिकाले दैलेख र दुल्लूको सिमाना कोटिलामा मानवनिर्मित ताल बनाउन विस्तृत परियोजना प्रतिवेदन निर्माण गरेको छ ।

उहाँले छिट्टै ताल निर्माणसँगै डुङ्गा सञ्चालन, मत्स्यपालन, विद्युत् उत्पादनका कामको शुरुआत गरिने बताउनुभयो । पोखराको फेवाताललाई स्मरण गर्ने गरी निर्माण गर्ने योजना बनाइएको र त्यसले दैलेखको पर्यटन प्रवद्र्धनमा निकै सहयोग पुग्ने विश्वास आफूले लिएको खड्काले बताउनुभयो । दैलेखको पञ्चदेवलको भने कर्णाली प्रदेश सरकारमार्फत जीर्णोद्धार गर्ने काम भएको छ । पर्यटन बोर्डमार्फत पञ्चदेवल क्षेत्रसम्म पुग्ने बाटो पक्की गर्ने काम भइरहेको छ । भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले गाउँपालिकामा भ्रमण वर्ष लक्षित कार्यक्रम नभएको तर प्रदेश र सङ्घीय सरकारबाट निर्देशन भएमा भ्रमण वर्ष लक्षित कार्यक्रम बनाउन सकिने बताउनुभयो ।

“गाउँपालिकामा रहेको भगवतीमाई मन्दिर, शिवमन्दिर, शहीद मयाराम स्मृति उद्यान, मालिका मन्दिर जाने पर्यटक पदमार्ग निर्माणको काम गाउँपालिकाले गरेको छ ”, थापाले भन्नुभयो ।चामुण्डा विन्द्रासैनी नगरपालिकाका प्रमुख सूर्यबहादुर शाहीले सन् २०२० लाई भ्रमण वर्ष मनाउने तयारीबारे जानकारी भए पनि त्यस लक्षित बजेट विनियोजन गर्न नसकिएको बताउनुभयो । उहाँले भ्रमण वर्षभन्दा पनि नगरपालिका आफ्नो नगर क्षेत्रमा रहेको सम्पदाको संरक्षणतर्फ लागेको बताउनुभयो ।नौमुले गाउँपालिकाले पर्यटन वर्ष लक्षित कार्यक्रम नभए पनि आफ्नो क्षेत्रमा रहेको द्वारी झरना र त्यसमा जाने पर्यटकका लागि घरबास सञ्चालनमा ल्याएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा निर्माण सम्पन्न र निर्माणको तयारीमा रहेका जलविद्युत् आयोजना हेर्न आन्तरिक पर्यटक बढेका छन् । तत्कालीन जिल्ला विकास समिति दैलेखको समन्वयमा २०७० सालमा पर्यटन प्रबद्र्धन समिति निर्माण गरिएको थियो । समितिले पाँचवर्षे पर्यटन गुरुयोजना निर्माण गरेको थियो । अहिलेसम्म उक्त योजना जिल्ला बाहिरबाट आउनेहरुलाई देखाउने काम भए पनि गुरुयोजनानुसार कुनै पनि स्थानीय सरकारले काम नगरेको संयोजक टेकबहादुर खाणको गुनासो छ ।

दैलेखको इतिहासका बारेमा योगी नरहरिनाथले लेखेको ‘इतिहासप्रकाश भाग १,२,३’ मा लेखिएका कुरा हराउँदै र मेटिदै जान थालेपछि २०७३ सालमा पत्रकारले इतिहास पुनःलेखनका काम शुरु गरेका थिए । दुई विज्ञमार्फत पुनःलेखनको काम भइरहे पनि त्यसले पूर्णता पाउन सकेको छैन । इतिहास र भाषा साहित्यबारे इतिहासविद् डा राजाराम सुवेदी र डा मधुसूदन गिरीले सो कामको जिम्मेवारी लिनुभएको छ ।
दैलेखका पर्यटकीय क्षेत्रमाथि लामो समयदेखि अध्ययन र अनुसंन्धान गरिरहनुभएका त्रिभुवन विश्वविद्यालयका प्रा डा प्रेम शर्माले दैलेख अहिले रारा घुम्न पुग्ने पर्यटकको दोस्रो रोजाइमा रहेको बताउनुभयो । आफूले विभिन्न विदेशी पर्यटक ल्याएर दैलेख हुँदै रारा जाने योजना बनाए पनि दैलेख दुल्लु क्षेत्र हुँदै पादुका झरेर राकम कर्णाली पुग्ने सडक सहज नभएका कारण रारा पुगेर फर्कने धेरैको दैलेख पुग्ने धोको पूरा नभएको बताउनुभयो । स्थानीय सरकारले राकम कर्णाली बजारबाट दुल्लु हुँदै दैलेख आउने पर्यटन मार्ग निर्माण गरेर सञ्चालन गरेमा रारा पुग्ने अधिकांश पर्यटक दैलेख आउने उहाँको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com