ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उचित मूल्य नपाउदा २५ प्रतिशत अण्डा उत्पादक किसान बिस्थापित हुदै (भिडियोसहित)


एबीसी न्यूज


काठमाडौं, २९ मंसिर । केही वर्षयता देश अण्डामा आत्मनिर्भर हुदै गएपनि सरकारी निकायको मौनताका कारण उत्पादक किसानले उचित मूल्य पाउन सकेका छैनन् । सरकारी अनुगमन नहुदा विचौलियको हावी हुदा स्वदेशी उत्पादनले उचित मूल्य नपाएको हो । उचित मूल्य नपाउदा २५ प्रतिशत उत्पादक किसानको बिस्थापित हुदैछन् ।

अहिलेको अवस्थामा स्वदेशमा उत्पादित अण्डाको खपत बढाउन नसक्दा अण्डा उत्पादन गर्ने कृषक र व्यवसायीहरुमा निराशा बढ्दै गएको छ । अण्डा उत्पादन, बिक्रिवितरण, खपतमा वृद्धि लगायत विभिन्न नीतिगत समस्याका कारण अण्डा व्यवसाय सुरक्षित र सन्तोषजनक बन्न सकेको छैन । पछिल्लो समययात कुखुरा र हासको अण्डा उत्पादनमा लगातार वृद्धि भइरहेको छ । आर्थिक वर्ष ०७२/७३ मा एक अर्ब २९ करोड ४१ लाख ६६ हजार अण्डा उत्पादन भएको तथ्यांक छ ।

हाल देशमा दैनिक ४० लाख अण्डाको उत्पादन भइरहेको सरकारी अनुमानित तथ्यांक छ । कुखुराको अण्डा ०७०–७१ मा ८५ करोड ९५ लाख १५ हजार उत्पादन भएको थियो । त्यसो त नेपालमा आर्थिक वर्ष २०५०/५१ देखि अण्डाको व्यवसायिक उत्पादन हुन सुरु भएको हो । तर, यस वर्षको असारसम्म नै अण्डा व्यवसायमा ओरालो लागिरह्यो । कृषकहरुले अण्डा उत्पानको लागत मूल्य समेत पाएका छैनन् । गएको असारमा सरकारले प्रतिगोटा अण्डाको मूल्य ८ रुपैया तोकेको थियो । कृषकका लागत ११ पुगिसको छ । मूल्य नपाउदा अण्डा उत्पादक किसान मर्कामा छन् ।

त्यसो त सरकारले स्वदेशमै कृषि, पर्यटन, उद्योग लगायतका क्षेत्रमा रोजगारी उत्पादन गर्ने र विदेशबाट जनशक्तिहरु स्वदेश फर्काईने विषयमा पनि मुख खोल्दै आएको छ ।पोल्ट्री क्षेत्रले मात्रै प्रत्यक्ष रुपमा दुइ लाख रोजगारी धानेको छ । अण्डा मूल्यमा देखिएको अन्यौलताले कृषि तथा पशुपंक्षीतर्फ आकर्षण होइन विकर्षणको खतरा छ । विचौलियाको विगविगी छ । मुलुकभित्र लगानी गरेर स्वरोजगारको वातावरण अभै बनेको छैन । लगानी वातावरण नबनेको भन्दै किसानमुखी नीति नबन्दा अण्डा उत्पादक किसान मर्कामा परेको व्यवसायीको भनाई छ ।

अध्यक्ष, नेपाल अण्डा उत्पादक संघ खुला सिमा क्षेत्र र खुला अर्थतन्त्रका कारण पनि स्वदेशी उत्पादनको खपत वृृद्धि एवम् दिगो व्यवसँय विकासमा प्रभाव पुगिरहेको अण्डा उत्पादक किसानहरुले बताईरहेका छन् । यता सरकारले भने खुला सीमा क्षेत्रका कारण बाहिरबाट उत्पादन भित्रिएकोे छैन भनेर दाबी गरिरहेका छन् । सीमा क्षेत्रमा क्वारेन्टाईन कार्यालय, चेकपोष्ट, गृह प्रशासन र सुरक्षा निकायस“ग सहकार्य भईरहेको सरकारी दाबी छ ।किसान लगायत सबै सरोकारवालाहरुबीचको छलफलबाट उचित मूल्यको व्यवस्था गर्ने सरकारी आश्वासन छ । जनाईरहेको छ ।

देशको समग्र अण्डा कृषि तथा पशुपक्षीं क्षेत्रको दिगेृ विकासका लागि कृषिमैत्री नीति नियमहरु पनि सुधारिदो अवस्थामा छ । त्यसो त, आमनागरिकमा पनि स्वास्थ्यका दृष्टिकोणबाट अण्डाको महत्वबारे बुझाउन जरुरी छ ।एक वर्षयताको पोल्ट्री एवम् अण्डा व्यवसाय खस्कदो अवस्थामा छ । करिब २५ प्रतिशत अण्डा उत्पादक किसानहरु विस्थापित हु“दै गएको तितो तथ्यांक छ । नीतिगत समस्याहरुलाई सुधार गर्दै खुला सीमा क्षेत्र, अण्डा उत्पादन, बिक्रिवितरण र खपतदरको वृद्धिका लागि सरकारी अनुगमनको प्रभावकारितासंगै किसानमुखी नीति र कार्यक्रमको तय गर्न सरकारले पहल गर्नुको विकल्प छैन ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com