ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जलवायु परिवर्तनको असर हिमाल पहाड र तराईमा बढ्दै, मुस्ताङबासी चिन्तित (भिडियोसहित)


एबीसी न्यूज


पोखरा, २९ मंसिर । जलवायु परिवर्तनका कारण उच्च हिमाली क्षेत्रदेखि पहाड तराईमा प्रभाव पार्दै लगेको छ । हिमाली भेगका सांस्कृतिक तथा प्राकृतिक सम्पदामा प्रत्यक्ष असर परेका कारण मुस्ताङको पर्यटनमा असर पर्ने होकी भन्नेमा मुस्ताङबासीहरु चिन्तित बनेका छन । पर्यटनले धानेको हिमालपारिको जिल्ला मुस्ताङका वासिन्दाहरु त जलवायु परिवर्तनका कारण तनाबमा परेका छन् ।

उपल्लो मुस्ताङ र तल्लो मुस्ताङमा समेत पछिल्लो समय वढी मात्रामा पानी परेका कारण माटोले बनेका सांस्कृतीक सम्पदा संकटमा पर्दै गएका छन् भन् हिमालमा हिउ कम देखिएका सिंगो मुस्ताङको पर्यटनमै प्रत्यक्ष असर पर्ने हो की भन्नेमा चिन्ता बढ्न थालेको छ । पोखरामा नीति तथा अनुसन्धान प्रतिष्ठान, परराष्ट्र अध्ययन मामिला प्रतिष्ठान र नेपाल पर्वतारोहण संघले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा उपस्थित विभिन्न व्यक्तित्वहरुले जलवायु परिवर्तनकारण पर्वतिय वातावरण र मानव जातिको भविष्य संकटमा पर्दै गएको जिकिर गरेका हुन् ।
जलवायु परिवर्तनका कारण पछिल्लो समय बढी मात्रामा पानी पर्दा माटोको दरबारको रुपमा रहेको उपल्लो मुस्ताङको लोमान्थाङ दरवार परिसर जस्ता सांस्कृतीक महत्व वोकेका भवनमा प्रत्यक्ष असर परेको छ । जसका कारण पुराना सम्पदा संरक्षणमा समस्या उत्पन्न हुने बताउंछन् मुस्ताङका पर्यटन व्यवशायी लक्ष्मी गुरुङ ।

हिउदको समयमा हिउ कम पर्ने र वेमौसमी हिमपातसंगै पछिल्लो समय पानी वढि परेर पहिरोका कारण कालीगण्डकीको बहाव वढ्दै गएको छ । नदीको बढ्दो बहावले क्षति पनि बढ्दै गएको छ । जलवायु परिवर्तनको असरलाई कमी गर्न सवै पक्षले आ–आफ्नो ठाउबाट अगाडि वढ्नुपर्ने वताइन । हिमालपारिको एकमात्र खेती उवा, फापर, गहु र आलु उत्पादनमा समेत जलवायु परिवर्तनकै कारण कमी हुदै आएको छ ।
पछिल्लो समय वेमौसमी हिमपात र हिमाली क्षेत्रमा वढी मात्रामा का कारण हिमाली क्षेत्रमा पानी पर्ने गरेकाले हिमाली क्षेत्रमा गरिने शाहसिक पदयात्रामा समेत जोखिम बढेको छ । हिमाली क्षेत्रमा वेमौसमी हिमपात र झरी पर्दै गएको छ । अन्नपूर्ण सर्किट, थोराङ पास, डोल्पादेखी मुस्ताङ निस्कने लामो दुरीका ट्रेकिङहरुमा वेमौसमी हिमपात र पानी वढि परेका कारण आफुहरु अफ्ठेरोमा परेको बताउंछन् ट्रेकिङ गाइड शेषकान्त शर्मा ।

हिमाली क्षेत्रमा मात्र नभइ पहाडी क्षेत्रमा समेत जलवायु परिवर्तनका कारण असर परेको छ । जलवायु परिवर्तनकै कारण गुल्मी जिल्लामा पछिल्लो समय वढि मात्रामा पानी परेको र त्यसकै कारण पछिल्लो समय ठूलो लुम्पेक क्षेत्रमा गाउवस्ती नै विस्थापित हुने गरी पहिरोको सामना गर्नुपरेको गुल्मीका शेषनाथ पौडेल बताउंछन् । बाढी पहिरो संगै खेतीपाती गर्ने समयमा पानी नपर्दा किसानको उत्पादनमा कमीसंगै स्थानिय प्रजातिका जंगली जनावर र चराचुरुङ्गीहरु समेत विस्थापित हुंदै गएको पौडेल बताउंछन् ।

त्यसो त, जलवायु परिवर्तनको असर हिमाल, पहाडमा मात्र हैन, तराईमा पनि बढ्दो छ । पहाडी भेगमा पहिरो र मधेसमा डुवानको समस्या बढ्दो छ । समयमा पानी नपर्दा खेतीपातीमा प्रत्यक्ष असर परेको र उत्पादनमा कमी भएको बताउंछन् नवलपुरका कृषक मिनबहादुर सोती ।
सबै नेपालीले प्राकृतिक स्रोत साधनको संरक्षणमा लागी कार्वन उत्पन्न हुने वस्तुको प्रयोगलाई जोड दिन आवश्यक रहेको जिकिर गर्छन् गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ ।

जलवायु परिवर्तनका लागी सरकार एक्लै लागेर नहुने वताउदै तीन तहको सरकारले यसको असरको न्युनिकरणको लागी काम गर्न आवश्यक छ । प्रदेश र संघीय सरकारले पनि यस बारेमा विशेष कार्यविधी तयार गरी अगाडि बढ्नुपर्छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com