ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अकुपाई टुडिखेल अभियानको ३५ दिन, टुडिखेललाई व्यवस्थित बनाउन दवाबदिदै अभियातान्ताहरु (भिडियोसहित)


एबीसी न्यूज

काठमाडौं , २९ मंसिर ।  खुलामञ्चलाई मानव साङ्लोले घेरेर गत कात्तिक २३ गतेदेखि सुरु गरिएको ‘अकुपाई टुडिखेल अभियान’ ३५ दिन पुगिसकेको छ । टुडिखेल बचाउ अभियानको लागि अभियान्ताहरुले बिभिन्न कार्यक्रम गर्दै महानगरपालिका लाई दवाव दिदै आएका छन । महानगरपालिकाले खुलामञ्च खाली गराउन सक्रियता नदेखाएको भन्दै अभियानकर्ताले शनिबार डोजर लगाएर सम्याउनुका साथै सरसफाइ गरेका छन ।

अकुपाईं टुंडिखेल अभियान अन्तर्गत शनिबार खुलामञ्चलाई डोजर लगाएर सम्याउनुको सरसफाई गरिएको छ । अभियानको छैठौ हप्ता पुग्दा समेत नियम निकायले त्यस स्थानमा रहेको बसपार्क, अनाधिकृत पसल, पार्किङ स्थल हटाउने अग्रसरता नदेखाएको आरोप लगाएका छन । टुडिखेल कुनै समय एसियाकै ठूलो परेड मैदान रुपमा रहेतापनि अक्रिमणकै कारण साघुरिदै गइरहेको छ ।

महानगरले त्यस स्थानमा दरबार हाइस्कूल र धरहरा पुनःनिर्माण, वीर अस्पतालका भवन निर्माणका सामग्री थुपारिएका कारण खुल्लामञ्ज अस्तव्यस्त बन्दै गएको छ । अस्तव्यस्त टुडिखेललाई व्यवस्थित बनाउनेका लागि दवाब स्वरुप अभियातान्ताहरुले बिभिन्न कार्यक्रम गर्दै आएका छन । ‘सफा, स्वच्छ खुला मञ्च कायम गरौ  खुला मञ्चको फोहोर कसिंगर जरै देखि उखेलेर फालौं’ भन्ने नारासहित शनिबार खुल्लामञ्चको सरसफाई गरिएको छ । टुंडिखेल टुंडिखेलजस्तै हुनु पर्छ भन्ने भावनाले अभियान सञ्चालन गरिएको काठमाडौं महानगरपालिका २८ का वडाध्यक्ष भाइराम खड्गीले बताए ।

अकुपाई टुंडिखेल अभियानका अभियान्ता सुशन वैद्यले खुल्लामञ्च महानगरको एकलौटी सम्पत्ति नभएको बताए । सार्वजनिक स्थानमा पद र शक्तिमा भएका व्यक्तिले सरसफाई लगायतका काम गर्नुपर्ने बताउँदै तीन करोड नेपालीको हक लाग्ने सम्पत्तिलाई महानगरले भाडा लगाउने काम बन्द गर्नु पर्ने बताए ।

अकुपाईं टुंडिखेल अभियान अन्तर्गत अभियानकर्ताहरुले टुंडिखेलमा बसपार्क, अनधिकृत पसल सञ्चालन तत्काल हटाउन माग गरेका छन । अभियान टुडिखेललाई संरक्षणकोृ लागि जनचेतनामुलक कार्यक्रम समेत गर्दै आएका छन । तर, काठमाडौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भने ‘अकुपाई टुँडिखेल अभियान’को सञ्चालन गर्नु कुनै अर्थ नरहेको बताएका छन । मेयर शाक्यले टुंडिखेल आसपासमा भवनको पुनःनिर्माणको काम भइरहेकाले निर्माण कार्य सम्पन्न भएसंगै टुंडिखेल पुरानै अवस्था आउने दाबी गर्छन् ।

चिन्ता र चासो भनेको टुंडिखेलको संरक्षण हो । सबैतिरे सम्पदाहरु मासिंदै गएका छन् । कतै बचेखुचेको टुंडिखेल पनि मासिएर सकिन्छ कि भन्ने चिन्ता आम नागरिकमा छ । यो चिन्ताको सम्बोधन छिटोभन्दा छिटो हुनुपर्छ ।

https://www.facebook.com/abctelevision/videos/2521090158137938/

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com