ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भ्रष्टाचारमुक्त प्रदेश बनाउन प्रतिबद्ध छु– मुख्यमन्त्री पौडेल


admin

 

काठमाडौं, २३ मंसिर । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भ्रष्टाचारमुक्त प्रदेश बनाउन आफू र सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । भ्रष्टाचारविरुद्धको अन्तरराष्ट्रिय दिवसका अवसरमा अख्तियार दूरुपयोय अनुसन्धान आयोगले गरेको कार्यक्रममा उहाँले प्रदेश सरकारले भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता अपनाउने र भ्रष्टाचारलाई जरैदेखिे फालेर भ्रष्टाचारमुक्त प्रदेश बनाउने अभियानमा प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले भ्रष्टाचार विरुद्ध धेरै राम्रो काम गरेको भए पनि कतिपय अवस्थामा अख्तियारले कर्मचारीलाई आतङ्कित बनाएको उल्लेख गर्नुभयो । बेनामी उजूरीका भरमा अख्तियारले कसैलाई दुख दिनु राम्रो पक्ष नभएको उल्लेख गर्दै मुख्यमन्त्री पौडेलले अख्तियारले गर्दा विकास निर्माणका काममा असर पर्न नहुने धारणा राख्नुभयो । भ्रष्टाचारमुक्त समाज निर्माण गर्नु अख्तियारको मात्र नभइ आम नागरिकको दायित्व रहेको उहाँको धारणा थियो ।

मुख्यमन्त्री पौडेलले भ्रष्टाचार अन्त्यका लागि सबैले व्यवहारमा नै सदाचार कायम गर्नुपर्नेमा जोड दिनुभयो । भ्रष्टाचार नियन्त्रण गर्न र भ्रष्टाचारमुक्त समाज निर्माणका लागि सार्वजनिक पदमा रहेका व्यक्तिले आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने सङ्कल्पलाई व्यवहारमा रुपान्तरण गर्नुपर्ने उहाँको धारणा थियो ।“जो जहाँ जुन दायित्वमा छ, उसले आफ्नो दाइत्व इमान्दारिताका साथ पूरा गर्नुपर्छ, तव मात्र भ्रष्टाचार अन्त्य हुन्छ” उहाँले भन्नुभयो । उहाँले प्रदेश सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिएको र भ्रष्टाचार नियन्त्रणका लागि सबैको सहकार्य आवश्यक रहेको बताउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com