ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मानव अधिकारप्रतिको प्रतिवद्धता मात्रै आउँछ, परिपालना हुँदैन


admin
मंसिर २३, २०७६ सोमबार  ३ : १५ बजे

 

काठमाडौँ, २३ मङ्सिर । मानव अधिकार प्रत्याभूतिको प्रतिबद्धता जनाउने तर, कार्यान्वयनमा तदारुकता नदेखाउने प्रवृत्ति नेपालमा छ । विस्तृत शान्ति सम्झौता भएको १३ वर्ष पुगिसक्यो, पीडितले अझै न्याय पाउन सकेका छैनन् । अर्कातिर समाजमा हत्या, हिंसा र बलात्कारजस्ता जघन्य अपराध रोकिएका छैनन् ।

न्यायका लागि धाउँदा धाउँदा पीडितहरु झनै पीडित बनेका छन् । दश वर्षे सशस्त्र द्वन्द्वका पीडितहरु न्यायका लागि अझै सडक र सभामा धाइरहेका छन् । सङ्क्रमणकालीन न्याय प्रक्रिया लम्बिँद छ । ढेड वर्ष बितिसक्दा पनि बलात्कार पछि मारिएकी निर्मला पन्तको हत्यारा पत्ता लाग्न सकेको छैन । मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएर शासन व्यवस्था फेरिए पनि अपेक्षित उपलब्धि हुन नसकेको राष्ट्रिय मानव अधिकार आयोग आयोगका अध्यक्ष अनुपराज शर्माको अनुभव छ । “मुलुकमा लोकतान्त्रिक गणतन्त्र आयो, संविधान जारी भयो, यसमा म हर्षित छु,” उहाँले भन्नुभयो – “शासन व्यवस्था नयाँ आएर मन, वचन र कर्ममा फरक आएन । व्यवस्था फेरिएको अनुभूति हुनुपर्छ ।”

“शासन व्यवस्था फेरिए जस्तै नेपालको संविधानले व्यवस्था गरेका नागरिक हकहरु स्वतः प्राप्त गर्न सक्ने वातावरण बन्नुपथ्र्यो, दण्डहीनताको अन्त्य हुनुपथ्र्यो तर, त्यस अनुरुप काम हुन सकेन,” अध्यक्ष शर्माले भन्नुभयो । मुलुकमा शान्ति कायम गर्न विस्तृत शान्ति सम्झौता भएको १३ वर्ष पुग्दा पनि पीडितले न्यायको अनुभूति गर्न पाएका छैनन् । “शान्ति प्रक्रियाले १३ वर्ष पूरा गरिसक्दा पनि द्वन्द्वपीडितले न्याय पाउन नसक्नु दुःखद हो, सङ्क्रमणकालीन न्यायका लागि पीडितले लडाइँ कहिलेसम्म लड्ने रु” उहाँको प्रश्न छ । उहाँले थप्नुभयो – “मुलुकको मानव अधिकारको समग्र अवस्था सन्तोषजनक छैन । नागरिकको मानव अधिकार रक्षाका लागि म जीवित रहेसम्म लडिरहन्छु ।”

आयोगले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रतिवेदनमा मुलुकमा मानव अधिकारको सबैभन्दा ठूलो चुनौती दण्डहीनता भएको उल्लेख गरेको छ ।प्रतिवेदनमा बाल विवाह, महिला हिंसा, मानव बेचबिखन यथावत रहुनु, पीडितहरूको न्यायमा पहुँच, सरल, सहज र सुरक्षित हुन नसक्नु, समाजमा जातीय भेदभाव विद्यमान रहिरहनु, स्वास्थ्य सेवामा सबैको पहुँच नहुनु जस्ता कारण संविधान प्रदत्त मौलिक हक अझै सहज रुपमा नागरिकले उपभोग गर्न नसकेको उल्लेख छ । सिमान्तकृत समुदाय, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति, दलित, महिला, जेष्ठ नागरिक, लैङ्गिक अल्पसङ्ख्यक लगायतका तप्कालाई राज्यले विशेष ध्यान दिन नसकेको र आप्रवासी कामदारमाथि श्रम शोषण, यौन शोषण, ठगीजस्ता काम भइआएकाले उनीहरूको मानव अधिकारको अवस्था राम्रो छ भन्ने मिल्ने अवस्था नभएको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक वर्ष २०७५/७६ मा आयोगमा जम्मा २३२ उजूरी दर्ता भए । नयाँ र पुराना गरी ६०० भन्दा बढी उजुरीमाथि अनुसन्धान गरिएको र २७७ पटक अनुगमन भएको प्रतिवेदनमा उल्लेख छ । आयोगका ८२५ निर्णय कार्यान्वयनका लागि सरकारसमक्ष सिफारिश गरिए ।
लम्बिँदै सङ्क्रमणकालीन न्याय प्रक्रियानेपाल सरकार र तत्कालीन विद्रोही नेकपा ९माओवादी० बीच २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौता भएको थियो । तेह्रवर्ष बितिसक्दा पनि द्वन्द्वकालीन घाउमा मल्हम लगाउने काममा ढिलाइ भइरहेको छ ।द्वन्द्वकालीन मुद्दा हेर्न सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग २०७१ माघ २७ गते गठन ग¥यो । चार वर्षभित्र काम पूरा नभएपछि गत चैतमा सरकारले पदाधिकारीको म्याद समाप्त गरेर नयाँ पदाधिकारीका लागि आह्वान ग¥यो तर, दुई आयोगमा पदाधिकारीका लागि पुनः पुरानै पदाधिकारीको नामावली सार्वजनिक गरिएको छ । काम गर्न नसकेको भनिएका पुरानै पदाधिकारी ल्याउने तयारी हुँदा द्वन्द्वपीडितमा न्याय पाउने आशा झन् मरेर गएको द्वन्द्वपीडित साझा चौतारी नेपालका अध्यक्ष भागीराम चौधरी बताउनुहुन्छ ।

सङ्क्रमणकालीन न्यायका लागि गठन गरिएका दुई आयोगले काम गर्न नसक्नामा जति आयोगका पदाधिकारी दोषी छन्, त्यतिकै सरकारको पनि दोष छ । सरकारले ती दुई आयोगको कार्यसम्पादन गर्न संशोधन गर्न पठाएको ऐन अहिलेसम्म संशोधन भएको छैन । पीडित अहिले पनि पहिला ऐन संशोधन, अनि मात्र पदाधिकारी नियुक्ति भन्दै सरकारलाई दबाब दिइरहेका छन् ।बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा दुई हजार ८८८ पीडितले उजूरी दर्ता गराएका छन् । बेपत्ता आयोगका पदाधिकारीले आफूहरुलाई तीन महिना समय थपेमा काम पूरा गर्ने भन्दाभन्दै सरकारले पदाधिकारीको समय समाप्त भएको घोषणा ग¥यो । अहिले तिनै पदाधिकारी ल्याउने तयारी गरिँदै छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले विस्तृत शान्ति सम्झौता भएको १३ वर्ष पुगेको अवसरमा द्वन्द्वपीडितद्वारा आयोजित एक कार्यक्रममा बेपत्ता पारिएका व्यक्तिको आयोगमा पहिलाकै पदाधिकारीले तीन महिनाभित्र काम सक्ने भएकाले फेरि तिनै पदाधिकारी दोहोरिन सक्ने बताउनुभएको थियो ।

सत्यनिरुपण तथा मेलमिलाप आयोगमा ५७ हजार ७५७ उजूरी परेको छ । आयोगले उजुरी सङ्कलन गर्ने बाहेक केही काम गर्न सकेन । पदाधिकारीबीचको आन्तारिक विवादका कारण चार वर्षको समय खेर गयो । मानव महाभेलाका प्रथम संयोजक तथा मानव अधिकारकर्मी चरण प्रसाईका अनुसार मुलुकबाट दण्डहीनता अन्त्य हुन सकेको छैन । नागरिकको मानव अधिकार रक्षाका लागि आवाज उठाएर मानव अधिकार महाभेला गरिएको ११ वर्ष भयो । तत्कालीन माओवादी सेना समायोजन र हतियार व्यवस्थापनको काम भयो तर, पीडितलाई न्याय दिने काम हुन सकेन । “शान्ति सम्झौता भएको यतिका वर्ष बित्यो तर, सङ्क्रमणकालीन न्याय दिलाउने काममा ढिलाइ भइरहेको छ,” उहाँले भन्नुभयो ।

यो वर्षको महिलामाथि हुने हिंसाविरुद्धको १६ दिने अभियानको विश्वव्यापी नारा ‘समानताको पुस्ता ः बलात्कारविरुद्धको ऐक्यबद्धता’ राखिएको छ । यो अभियान अहिले जारी छ । बलात्कार यौनजन्य हिंसाको जघन्य रूप हो । बलात्कारपछि महिला/बालिकाको हत्या गर्ने प्रवृत्ति देखिँदै छ । मानव अधिकारकर्मी गंगा कसजुका अनुसार नागरिकमा मानव अधिकार र शान्तिको प्रत्याभूति हुन सकेको छैन । “निर्मला पन्त प्रकरणमा डेढ वर्ष बितिसक्दा पनि बलात्कारी हत्यारा पत्ता लागेको छैन,” उहाँले भन्नुभयो – “राज्यले नागरिकलाई मानव अधिकारको प्रत्याभूत गर्न सक्नुपर्छ ।”

प्रहरी तथ्याङ्कअनुसार नेपालमा २०७४/७५ मा एक हजार ५०० महिलामाथि बलात्कारका घटना भए । बलात्कार प्रयासका ७०० घटना भए । एक वर्षमा करीब दुई हजार २०० महिला बलात्कारको शिकार भएको देखिएको छ । मानव अधिकारकर्मी कसजुका अनुसार यो विकराल छ र यसको न्यूनीकरणमा सरकारले ध्यान दिनुपर्छ । विश्वभर ७१ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घ मानवअधिकार घोषणा पत्रको पक्ष राष्ट्र भएदेखि हरेक वर्ष डिसेम्बर १० तारिखका दिन नेपालमा पनि अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइने गरिएको छ । राष्ट्रिय मानवअधिकार आयोग, मानवअधिकारको क्षेत्रमा कार्यरत सङ्घसंस्था र अन्तर्राष्ट्रिय नियोग लगायत सङ्घसंस्थाहरूले सन् २००९ देखि राष्ट्रिय रुपमा मानव अधिकार राष्ट्रिय महाभेला एउटा उत्सवका रुपमा मनाउन शुरु गरेको हो । मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि/सम्झौतामा हस्ताक्षर गरेको नेपालले त्यसको परिपालनामा पनि गम्भीरता र तदारुकता देखाउनुपर्ने मानव अधिकारकर्मीहरुको माग छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुमपूर्वमा प्रचण्डको ८४ घण्टे भावनात्मक यात्रा: जनयुद्धको पुरानो पदचापदेखि समाजवादको नयाँ सपनासम्म

आजदेखि १८ गतेसम्म चुनावी प्रचार गर्न पाइने, आचारसंहिता पालना गर्न आयोगको निर्देशन

सम्बन्धित

रुपन्देही–३ मा जसपा नेपालका उम्मेदवार एमाले प्रवेश

तराईमा दिउँसोसम्म हुस्सु र कुहिरो लाग्ने, पहाडी तथा हिमाली भेगमा आंशिक बदली

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा महाशिवरात्रिमा पशुपतिनाथ दर्शन

पेट्रोल, डिजेल/मट्टीतेलको मूल्य बढाइयो

निर्वाचन प्रचार–प्रसारका लागि १५ दिन समय, फागुन १८ देखि ‘मौन अवधि’

नेपाललाई पराजित गर्दै वेस्ट इन्डिज क्रिकेट टोली ‘सुपर एट’ मा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com