ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटन मन्त्रालय : राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक


admin

काठमाडौं, २३ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहेका राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक पाइएको छ । चालू आव २०७६/७७ को प्रथम चौमासिक प्रगति समीक्षा प्रतिवेदनअनुसार मन्त्रालयका पाँच राष्ट्रिय गौरवका आयोजनाको काम प्रगति उन्मुख पाइएको हो । मुलुकका राष्ट्रिय गौरवका आयोजनामा सूचीकृत २२ वटा आयोजनामध्ये पर्यटन मन्त्रालय मातहत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पशुपति क्षेत्र विकास कोष र लुम्बिनी विकास कोष रहेका छन् ।

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति ८४ दशमलव २५ र वित्तीय प्रगति ५४ प्रतिशत रहेको छ । सन् २०२० को मार्च महिनाभित्रै सञ्चालनको तयारीमा रहेको टर्मिनल भवन फिनिसिङ, प्राविधिक उपकरण जडानलगायतका बाँकी काम धमाधम भइरहेको छ । विमानस्थलको नयाँ रनवे ‘एचडिपी’ पाइप लेआउट र ‘एचटी’ केवल लेआउट तयार भएको, ट्याक्सी वे मार्किङ कार्य, नयाँ रनवे प्रशासन भवन आइटिबी भवनलगायत निर्माण कार्य जारी रहेको प्रगति विवरणमा उल्लेख छ ।

सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० अभियानको सन्दर्भमा यो विमानस्थल सञ्चालन गर्ने गरी पूर्वाधार निर्माणको काम तीव्रगतिमा भइरहेको छ । विमानस्थलको कूल ४५ मिटर चौडाइ र ३ हजार मिटर लामो धावनमार्ग यसअघि नै कालोपत्र भइसकेको छ । भ्रमण वर्षको अवधिमै यो विमानस्थलालाई व्यावसायिक उडान सञ्चालन गर्ने र हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण गर्न सहयोग पुग्ने प्राधिकरणका उच्च अधिकारीले बताउँदै आएका छन् ।

पर्यटनमन्त्री योगेशकुमार भट्टराईले पनि गौतमबुद्ध विमानस्थल शीघ्र सञ्चालनका लागि विशेष प्राथमिकता दिएको र भ्रमण वर्षको शुभारम्भसँगै विमानस्थल पनि व्यावसायिक प्रयोजनमा ल्याइने बताउँदै आउनुभएको छ । यो आयोजनका लागि दुवै चरणमा गरी रु ७ अर्ब ३२ करोड हाराहारी खर्च हुने जनाइएको छ । निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति ५० प्रतिशत र वित्तीय प्रगति तीन प्रतिशत रहेको छ । निर्धारित समय सन् २०२१ भन्दा अगाडि नै सञ्चालनमा ल्याउने गरी आयोजनाको काम प्रभावकारी रुपमा भइरहेको छ । विमानस्थलको हाल एप्रोन एरियामा फायर फाइटिङ वाटर लाइन विस्तार, ह्याङ्गर भवनमा ट्रस, सेन्ट्रल टावर, टर्मिनल भवनलगयत निर्माण कार्य जारी रहेको छ । बहुचर्चित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामले अपेक्षित गति लिन सकेको छैन । रूख कटानको विवादले आयोजनाको काममा ढिलाइ भइरहेको छ । निजगढ विमानस्थलको हाल वित्तीय प्रगति १५.५ रहेको छ भने भौतिक प्रगति शून्य छ ।

विमानस्थलको चार किल्ला तोक्ने तारबार गर्ने तथा मुआब्जा वितरणको काम भइरहेको छ । ‘साइट क्लियरेन्स’ को खाका तयार गरी मन्त्रालयमा छलफल भइरहेको उक्त विमानस्थलका सम्बन्धमा केही दिनअघि सर्वोच्च अदालतले अन्तरिम आदेश जरी गर्दै विमानस्थलको कामलाई तत्काल अगाडि नबढाउन निर्देशन दिएको थियो । सरकारले निजगढ विमानस्थल निर्माणलाई प्राथमिकतामा राखेर निर्माण प्रक्रिया अगाडि बढाएको भए पनि सर्वोच्चको आदेशले आयोजनामा ढिलाइ हुने सङ्केत देखापरेको छ । लगानी बोर्डले उक्त विमानस्थल निर्माणका लागि स्विट्जरल्यान्डको ज्युरिच इन्टरनेशनल एयरपोर्ट एजी लाई छनोट गरेको थियो । बोर्डले प्रस्तावित विभिन्न देशका सात कम्पनीमध्ये मापदण्ड पुगेका आधारमा ज्युरिच एयरपोर्टलाई छनोट गरी विस्तृत प्रतिवेदन माग गरेको थियो ।

अन्तर्राष्ट्रिय मापदण्डको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि ३ अर्ब अमेरिकी डलर लागत अनुमान गरिएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । कूल ८ हजार हेक्टर क्षेत्रफलमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्नेछ । ३ हजार ६०० मिटर लामो र ४५ मिटर फराकिलो धावनमार्ग निर्माण गरिनेछ । यो विमानस्थलले वार्षिक ६ करोड यात्रुको चाप धान्ने बताइन्छ । आरएफपी मूल्याङ्कनपछि उपयुक्त भएमा सार्वजनिक–निजी साझेदारी पिपिपी मा विमानस्थल निर्माण गरिने जनाइएको छ । निजगढ विमानस्थलको वातावरणीय प्रभाव मूल्याङ्कन ९इआइए० भइसकेको छ । सरकारले कमभन्दा कम वन क्षति हुने गरी विमानस्थल निर्माण गर्ने जनाएको छ ।

त्यसैगरी मन्त्रालय मातहतको लुम्बिनी विकास कोषको चालू आवको कात्तिक सम्ममा भौतिक प्रगति ८५ र वित्तीय प्रगति ७८ दशमलव ५० रहेको छ । लुम्बिनी क्षेत्रको बृहत्तर गुरुयोजना तयार गरी विकास र प्रवद्र्धन गर्ने काम भइरहेको, रामग्रामको गुरुयोजना तयार भई आरएफपी जारी गर्ने कार्य शुरु भएको तथा पाँच हजार बिरुवाको वृक्षारोपण भइसकेको मन्त्रालयले जनाएको छ । पशुपति विकास कोषको भौतिक प्रगति ६० र वित्तीय प्रगति ४० प्रतिशत रहेको छ । पशुपति क्षेत्र लगायतको गुरुयोजना तयार गरी विकास र प्रवद्र्धन गर्ने मुख्य क्रियाकलाप अघि बढाइएको प्रगति विवरणमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com