
कोहलपुर, २३ मंसिर । बाकेको कोहलपुरमा ट्रकले स्कुले विद्यार्थीलाई ठक्कर दिएपछि हिजोदेखि चर्किएको प्रदर्शन आज पनि कायमै छ ।
आज विहान केहिबेरमा सामान्य बनेको कोहपुरमा १० बजेपछि फेरि प्रर्दशन सुरु भएको छ । हिजो घटनालाई मध्यनजर गर्दै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । नेवि संघको अगुवाईमा बागेश्वर क्याम्पस अगाडि प्रर्दशन भइरहेको छ । कोहपुरमा यातायातलगायत स्कुल कलेज बन्द भएका छन् । ट्रकको ठक्करबाट एक बालिका गम्भीर घाइते भएपछि विद्यार्थीले चर्को प्रदर्शन गरेका हुन । कोहलपुरस्थित त्रिभुवन माध्यामिक विद्यालयको कक्षा ७ अध्ययनरत बालिकालाई ट्रकले ठक्कर दिएर गम्भीर घाइते बनाएपछि प्रदर्शन चर्किएको थियो । विद्यार्थीहरुले बालिकालाई ठक्कर दिने ट्रक जलाएका थिए । हिजो झडपका क्रममा २४ जना विद्यार्थी, कोहलपुरका प्रहरी प्रमुख डीएसपी हेमराज शाहीसहित ९ जना प्रहरी घाइते भएका थिए ।
हिजो बिहान कोहलपुर नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाईस्कुल चोक अगाडि ना २ ख ९४५९ नम्बरको ट्रकले त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपुर–१० की १२ बर्षिया प्रकृति चन्दलाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी बालीकालाई थप उपचारका लागि सेनाको हेलीकप्टरबाट ललितपुरको बि एण्ड बी हस्पिटल ल्याइएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्