
वीरगंज,२२ मंसिर । वीरगंज माहानगरपालिका २५ श्रीसियाका जग्गा धनीहरुले मुअव्जाको माग गर्दै आज तेस्रो दिन पनी टायर बालेर बिरोध प्रदर्शन गरेका छन ।
सरकारले करिव ३ बर्ष देखी वीरगंज २५ श्रीसियाको जग्गा बिक्री बितरण गर्न नपाउने गरी रोक्का राखेको र उचित मुअव्जा नदिएका कारण बिहिवार देखी दैनिक टायर बालेर सुख्खा बन्दरगाह अगाडी टायर बालेर प्रदर्शन गरिरहेका छन् । वीरगंज २५ स्थित सुख्खा बन्दरगाह र आईसिपी भन्सारको बीचमा रहेको श्रीसिया गाउको ६२ बिगाहा जग्गा सरकारले रोक्का गरेकोमा स्थानीयले बिरोध जनाउ“दै आएका छन् । जग्गा धनीले उचित मुअव्जाको माग गर्दै दैनिक एक घण्टा बिरोध प्रदर्शन गर्दै आएका छन् ।








प्रतिक्रिया दिनुहोस्