ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रत्येक घरलाई सहकारीको सदस्य बनाउनुपर्छ– मन्त्री अर्याल


admin
मंसिर २०, २०७६ शुक्रबार  ८ : ०६ बजे

काठमाडौं, २० मंसिर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण तथा सहकारीमन्त्री पद्माकुमारी अर्यालले नेपालको अर्थतन्त्रमा सहकारी क्षेत्रले खेलेको भूमिकाको चर्चा गर्दै प्रत्येक घरलाई सहकारीको सदस्य बनाउनुपर्ने बताउनुभएको छ । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी सङ्घ लिमिटेडको आज सम्पन्न आठौँ स्थापना दिवस र सातौँ वार्षिक साधारणसभामा उहाँले भन्नुभयो, “तपाईँहरुले दुःख आन्दोलन गरेर प्राप्त गरेको उपलब्धिलाई जोगाउन सबै सहकारीकर्मी एकजुट हुनुको विकल्प छैन, त्यसैले नियमअनुसार अघि बढ्नुस् ।”

अन्तर सहकारी भुक्तानी प्रणालीको शुरुआत गर्न आग्रह गर्दै मन्त्री अर्यालले त्यसो भए मात्र सहकारी संस्थाको थप विकास हुने बताउनुभयो । राम्रो कारोवार गर्ने सहकारीको वार्षिक विवरण सार्वजनिक गर्नुुपर्ने धारणा राख्दै उहाँले सबै सदस्यलाई आकर्षण गर्न कूल पूँजीको निश्चित रकम कोषमा राख्नुपर्ने बताउनुभयो । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लिमिटेडका अध्यक्ष सुरेन्द्र भण्डारीले २५ अर्बभन्दा बढीको पूँजी परिचालन भएको बहुउद्देश्यीय सहकारी सङ्घसंस्थाको दीर्घकालीन विकास गर्न संस्थागत सुशासन अपरिहार्य रहेको बताउँदै त्यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै अघि बढेको जानकारी गराउनुभयो ।

देशभरका चार हजार ३७१ बहुउद्देश्यीय सहकारी संस्थामध्ये केन्द्रीय सङ्घअन्तर्गत १२ सङ्घसहित ३३४ सङ्घसंस्था सङ्घमा आबद्ध छन् । सङ्घअन्तर्गत करीब ४५ हजारलाई रोजगारी दिइएको सङ्घको भनाइ छ । अध्यक्ष भण्डारीले दुई करोड रुपैयाँ चुक्ता पूँजी रहेको सङ्घको करीब रु ५० करोड सम्पत्ति, ४७ करोड निक्षेप, रु १७ करोड लगानी रहेको जानकारी गराउँदै चालू आवबाट सङ्घ नाफामा गएको जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

परराष्ट्रमन्त्री खनालको सम्पत्तिः छ कम्पनीमा लगानी, २२ तोला सुन

बालेनको सम्पत्ति– मधेशमा १० बिघा जग्गा, १ करोड ४६ लाख नगद र १९० तोला गरगहना

सम्बन्धित

कृषिमन्त्रीले सम्पत्तिमा देखाइन् २ वटा बाख्रा र १० वटा कुखुरा

सीता वादीको पशुधनमा २० वटा कुखुरा, एउटा कुकुर

स्वास्थ्यमन्त्री निशासँग ३० तोला सुन र ५० तोला चाँदी

प्रधानमन्त्री बालेनकी श्रीमतीको १९० तोला गरगहना

उर्जामन्त्री श्रेष्ठको ८ बैंकमा ८० लाख ब्यालेन्स, ३० लाखका घडी

शिक्षा मन्त्री पोखरेलको सम्पत्ति २४ करोड १६ लाख, काठमाडौंमा करोडौँका घरजग्गा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com