ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्कली शैक्षिक प्रमाण पत्र पेश गर्ने प्रधानाध्यापक विरुद्ध मुद्दा


admin
मंसिर २०, २०७६ शुक्रबार  ३ : २९ बजे

काठमाडौं, २० मंसिर । जोरायल गाउँपालिका वडा नं २ स्थित कफलकटेश्वर प्राथमिक विद्यालयका प्रधानाध्यापक नरबहादुर रावलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

रावलले माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालयमा छिमेकी राष्ट्र भारतको इलाहावादबाट प्राप्त उच्च शिक्षाको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी स्थायी नियुक्त लिएको भन्दै परेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले रावलमाथि अनुसन्धान थालेको थियो । अख्तियारको अनुसन्धानपछि रावलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो । प्रारम्भिक अनुसन्धानबाट रावल दोषी देखिएपछि विशेष अदालतमा कारवाहीको मागसहित मुद्दा दायर गरिएको आयोगको क्षेत्रीय कार्यालयले जनाएको छ ।

शिक्षा एकाइ प्रमुखलाई हाजिर गराउन पत्राचार

जिल्ला प्रशासन कार्यालयले लामो समयदेखि बेपत्ता रहनुभएका शिक्षा एकाइ प्रमुखलाई तत्काल कार्यालयमा हाजिर गराउन पत्राचार गरेको छ । शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख अमरप्रसाद भट्ट लामो समयदेखि कार्यालयमा हाजिर नभएका कारण प्रशासनले प्रमुख भट्टलाई हाजिर गराउन अथवा नयाँ प्रमुख खटाउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्राचार गरेको हो ।

प्रमुख भट्ट कार्यालय खुलेको सात महिना अर्थात् २१० दिनमा जम्मा ४४ दिन मात्रै कार्यालयमा हाजिर भएको रेकर्ड भेटिएपछि प्रशासनले मन्त्रालयलाई यस्तो पत्राचार गरेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो । प्रमुख भट्टको व्यवहार र कार्यशैलीका कारण जिल्लाको शैक्षिक क्षेत्रमा अनपेक्षित समस्या सिर्जना हुन सक्ने भन्दै प्रशासनले समस्या समाधानका लागि माथिल्लो निकायमा पत्राचार गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

परराष्ट्रमन्त्री खनालको सम्पत्तिः छ कम्पनीमा लगानी, २२ तोला सुन

बालेनको सम्पत्ति– मधेशमा १० बिघा जग्गा, १ करोड ४६ लाख नगद र १९० तोला गरगहना

सम्बन्धित

कृषिमन्त्रीले सम्पत्तिमा देखाइन् २ वटा बाख्रा र १० वटा कुखुरा

सीता वादीको पशुधनमा २० वटा कुखुरा, एउटा कुकुर

स्वास्थ्यमन्त्री निशासँग ३० तोला सुन र ५० तोला चाँदी

प्रधानमन्त्री बालेनकी श्रीमतीको १९० तोला गरगहना

उर्जामन्त्री श्रेष्ठको ८ बैंकमा ८० लाख ब्यालेन्स, ३० लाखका घडी

शिक्षा मन्त्री पोखरेलको सम्पत्ति २४ करोड १६ लाख, काठमाडौंमा करोडौँका घरजग्गा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com