ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इज्जतभन्दा धनलाई महत्व दिँदा बढ्यो भ्रष्टाचार– मुख्यमन्त्री पोखरेल


admin

काठमाडौं, १७ मंसिर । भ्रष्टाचार नियन्त्रणमा सबैको साझा प्रयास आवश्यक रहेकामा जोड दिइएको छ । कार्यक्रमका सहभागीले भ्रष्टाचारका कारण सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’को सपना साकार नहुने भएकाले भ्रष्टाचार नगर्ने प्रतिबद्धता व्यावहारिकरूपमै कार्यान्वयन हुनुपर्ने औँल्याए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज बुुटवलमा आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण एवं सुशासन प्रवद्र्धनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रदेश सरकारको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले समाजमा इज्जतभन्दा धनलाई महत्व दिने प्रचलन बढेकाले भ्रष्टाचार नियन्त्रणमा कठिनाइ भएको बताउनुभयो । “नियोजित ढङ्गले पनि भ्रष्टाचारको उजुरी पर्ने गरेका छन्, उजुरीको सङ्ख्या बढ्दैमा समस्या होइन, यसलाई नै आधार बनाएर चर्चा गर्न हँुदैन”, उहाँले भन्नुभयो, “उजुरी र फछ्र्यौटसँगै कति कारवाहीमा परे त्यो मुख्य कुरा हो ।”

मुख्यमन्त्री पोखरेलले उजुरी पर्नु नै भ्रष्टाचार हो भन्ने भ्रम चिर्न त्यसलाई प्राथमिकीकरण गरेर अनुसन्धान गरिनुपर्ने बताउनुभयो । “कामलाई असर पर्ने हिसाबले अनुसन्धान प्रक्रिया अगाडि बढ्नु हुँदैन । बीचमा काम रोकिँदा त्यो आयोजनाले धेरै क्षति बेहोर्नुपर्छ, यसतर्फ आयोगको ध्यान जानुपर्छ”, उहाँले भन्नुभयो । मुख्यमन्त्री पोखरेलले अख्तियारको नेतृत्वप्रति विश्वास बढ्दै गएको बताउँदै सुशासन र भ्रष्टाचार नियन्त्रणमा अख्तियारको भूमिका प्रभावकारी हुनुपर्ने धारणा राख्नुभयो । कोही पनि विचलित हुने हिसाबले त्रास सिर्जना गर्न नहुने भन्दै उहाँले सम्बन्धित निकाय आफँै सुशासनका पक्षमा जिम्मेवार हुनुपर्ने उल्लेख गर्नुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले सरकारको कार्यसम्पादनप्रति जनता सन्तुष्ट नभएको टिप्पणी गर्नुभयो । आयोगमा वर्षमा झण्डै २५ हजार उजुरी पर्ने गरेको जानकारी गराउँदै उहाँले पछिल्लो चार महिनामा १६८ मुद्दा अदालतमा गएको जानकारी गराउनुभयो । प्रमुख आयुक्त घिमिरेले लक्षित समुदायका आवश्यकतालाई सम्बोधन हुने गरी कार्यक्रम बनाएर कार्यान्वयन गर्न सके राज्यप्रति जनताको बुझाइ सकारात्मक हुने बताउनुभयो ।

कार्यक्रममा सुशासन प्रवद्र्धनमा आयोग र प्रदेश सरकारको भूमिकाबारे कार्यपत्र प्रस्तुत गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव टेकनारायण पाण्डे र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव कालीप्रसाद पराजुलीले पछिल्लो समय अख्तियारबाट जोगिएर कसरी घुस खाने भन्ने मान्यता विकसित हँुदै गएकाले भ्रष्टाचार नगर्ने प्रतिबद्धताअनुसार व्यवहार गर्न जरुरी रहेको बताउनुभयो ।कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशसभा सदस्यहरु, स्थानीय तहका प्रमुखहरु र पत्रकारहरुले भ्रष्टाचारका कारण इमान्दार व्यक्तिलाई पनि नैतिक सङ्कट पर्ने गरेका कारण भ्रष्टाचारको यथार्थ छानबिन गरी दोषीलाई तत्काल कारवाही गर्न आग्रह गर्नुभयो ।

आयोगले प्रस्तुत गरेको तथ्याङ्कअनुसार प्रदेश ५ मा सबैभन्दा धेरै वन तथा वातावरण क्षेत्रका ७८ वटा उजुरी परेका छन् । ती मध्ये ६३ वटा फछ्र्यौट भएका छन् । त्यस्तै स्वास्थ्यमा ४५, भौतिक पूर्वाधार र यातायातमा २६, कृषि तथा पशुपक्षी विकासमा १६, सिँचाइमा १४, पर्यटन, उद्योग, वाणिज्य र आपूर्तिमा १३, खानेपानी र शहरी विकासमा आठ र आन्तरिक मामिला तथा कानून मन्त्रालयका चारवटा उजुरी परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com