ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुन सडकमा कसले ढल निर्माण गर्ने! मर्मतको जिम्मेवारी कसको हो ?


admin

काठमाडौं, १६ मंसिर । ढल निर्माण र मर्मतको जिम्मेवारी कसको हो ? स्थानीय सरकार, शहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय वा खानेपानी मन्त्रालय रु यो कुरामा स्थानीयवासी मात्रै होइन स्वयं सेवा प्रदायक संस्थासमेत जानकार छैनन् । नेपाल सरकारका तीन मन्त्रालय र स्थानीय सरकार सबैले एकार्कालाई देखाएर पन्छँदा काठमाडौँ उपत्यकालगायत उपत्यका बाहिरका शहरी क्षेत्रमा उचित ढल व्यवस्थापन हुन सकेको छैन । ढल निर्माणको मुख्य जिम्मेवारी खानेपानी तथा सरफाइ मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभागको भए पनि सेवाप्रदायक संस्थाबीच समन्वय हुन नसक्दा समस्या आउने गरेको छ । स्थानीयवासी पनि कुन निकायलाई उजुरी गर्ने भन्नेमा अन्योलमा छन् ।

काठमाडौँ उपत्यकामा धेरै स्थानमा ढलको उचित व्यवस्थापन नहुँदा र भएका ढलसमेत नियमित रुपमा मर्मत नहुँदा स्थानीयवासी हैरान छन् । ढल नभएका स्थानमा फोहर पानी सडकमा नै बग्ने हुँदा दुर्गन्ध फैलिएको छ । धेरै वर्षदेखि वर्षाको पानीको निकास नहुँदा ललितपुरको कुमारीपाटी पूरै डुबानमा पर्दै आएको छ । त्यो नियति धेरै वर्षदेखि दोहोरिएको स्थानीयवासी अनुप श्रेष्ठले बताउनुभयो । सडकमा रहेको पानी निकास नहुँदा त्यहाँ रहेका पसल र घर डुबानमा परेको उहाँले बताउनुभयो । स्थानीयवासी समस्या तत्काल समाधानको माग गर्दै महनगरपालिका पुगे । महानगरपालिकाले भने खानेपानी तथा ढल

ढल निर्माण र सुधारमा समन्वयको अभाव रहेको खानेपानी मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताउनुभयो । ढल निर्माणका काममा तीनै मन्त्रालयले काम गरे पनि त्यसको मर्मतलगायत काम खानेपानी तथा सरसफाइ मन्त्रालयले नै गर्दै आएको छ । ढल निर्माणको काम जुनसुकै निकायले गरे पनि समस्या आउँदा गाली यही मन्त्रालयले पाउने गरेको उहाँले बताउनुभयो । ढल निर्माण मात्रै गरेर नहुने हुँदा कुन पाइपलाई कहाँ लगेर जोड्ने कसरी निकास गर्ने भन्ने तय गर्न आपसी समन्वयको खाँचो पर्छ । उहाँले भन्नुभयो, “पहिले सबैले पैसा छुट्टाएर निर्माण गरे पनि समस्या आएपछि भने खानेपानी मन्त्रालय नै खोज्ने अवस्था छ ।”

ढल निर्माणमा दक्ष जनशक्ति एकातिर हुने र काम अर्को निकायले गर्ने भइरहेको प्रवक्ता शाक्यको भनाइ छ । ढलसम्बन्धी ज्ञान भएको प्राविधिक जनशक्ति आफ्नो मन्त्रालयमा भए पनि दक्षता भएका जनशक्ति नभएका निकायले निर्माण गर्दा समस्या आउने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हाम्रो मन्त्रालयमा रहेका सरसफाइसम्बन्धी विज्ञको पनि विज्ञताको प्रयोग हुन खाँचो छ ।”कुन सडकमा कसले ढल निर्माण गर्ने भन्नेमा नै स्थानीय तह अन्योलमा छन् । सडकका विषयमा आठ मिटरसम्म सङ्घीय सरकार र प्रदेश सरकारले र त्यसभन्दा कम चौडाइको सडक स्थानीय सरकारले निर्माण गर्ने उल्लेख छ । कुन सडकमा कसले ढल निर्माण गर्ने भनी टुङ्गो नभएको काठमाडौँ महानगरपालिाकाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताउनुभयो ।

उहाँका अनुसार त्यससम्बन्धी व्यवस्था नै नभए पनि सामान्यतया ठूला चौडाइका सडकमा सङ्घीय सरकार र कम चौडाइमा स्थानीय सरकारले ढल निर्माणको काम गर्दै आएको छ । महानगरपालिकाले निर्माण गरेको ढल त्यहाँ रहेका वडाले मर्मत गरिरहेको उहाँले बताउनुुभयो । महानगरपालिकामा झण्डै ८० प्रतिशत स्थानमा ढल निर्माण भइसकेको उहाँले जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “बाँकी रहेका स्थानमा पनि ढल निर्माण गर्दै जाने योजना छ ।”

ढलको समस्या काठमाडौँ उपत्यकाका नगर क्षेत्रसँगै नयाँ बनेका नगरपालिकामा समेत देखिरहेको छ । ग्रामीण बस्तीमा शहरीकरणसँगै फोहरपानीको व्यवस्थापनको समस्या देखिरहेको हो । पानीको उचित निकास नहुँदा वर्षाका समयमा काठमाडौँ उपत्यकाका धेरै सडक डुबानमा पर्नै र स्थानीयवासीको घरभित्रै पानी छिर्ने समेत समस्या हुने गरेको छ । काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आउँदा फोहरपानीको मात्रा अझै बढ्ने देखिएको छ । पानीको ब्यबस्थापनका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यन्वयन निर्देशनालयले चार स्थानमा फोहरपानी प्रशोधन केन्द्र निर्माण गरिरहेको छ । गुहेश्वरी, सूर्यविनायक, बालकुमारी र सुन्दरीघाटमा फोहरपानी प्रशोधन केन्द्र निर्माण गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com