ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुन सडकमा कसले ढल निर्माण गर्ने! मर्मतको जिम्मेवारी कसको हो ?


admin
मंसिर १६, २०७६ सोमबार  ४ : ५४ बजे

काठमाडौं, १६ मंसिर । ढल निर्माण र मर्मतको जिम्मेवारी कसको हो ? स्थानीय सरकार, शहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय वा खानेपानी मन्त्रालय रु यो कुरामा स्थानीयवासी मात्रै होइन स्वयं सेवा प्रदायक संस्थासमेत जानकार छैनन् । नेपाल सरकारका तीन मन्त्रालय र स्थानीय सरकार सबैले एकार्कालाई देखाएर पन्छँदा काठमाडौँ उपत्यकालगायत उपत्यका बाहिरका शहरी क्षेत्रमा उचित ढल व्यवस्थापन हुन सकेको छैन । ढल निर्माणको मुख्य जिम्मेवारी खानेपानी तथा सरफाइ मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभागको भए पनि सेवाप्रदायक संस्थाबीच समन्वय हुन नसक्दा समस्या आउने गरेको छ । स्थानीयवासी पनि कुन निकायलाई उजुरी गर्ने भन्नेमा अन्योलमा छन् ।

काठमाडौँ उपत्यकामा धेरै स्थानमा ढलको उचित व्यवस्थापन नहुँदा र भएका ढलसमेत नियमित रुपमा मर्मत नहुँदा स्थानीयवासी हैरान छन् । ढल नभएका स्थानमा फोहर पानी सडकमा नै बग्ने हुँदा दुर्गन्ध फैलिएको छ । धेरै वर्षदेखि वर्षाको पानीको निकास नहुँदा ललितपुरको कुमारीपाटी पूरै डुबानमा पर्दै आएको छ । त्यो नियति धेरै वर्षदेखि दोहोरिएको स्थानीयवासी अनुप श्रेष्ठले बताउनुभयो । सडकमा रहेको पानी निकास नहुँदा त्यहाँ रहेका पसल र घर डुबानमा परेको उहाँले बताउनुभयो । स्थानीयवासी समस्या तत्काल समाधानको माग गर्दै महनगरपालिका पुगे । महानगरपालिकाले भने खानेपानी तथा ढल

ढल निर्माण र सुधारमा समन्वयको अभाव रहेको खानेपानी मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताउनुभयो । ढल निर्माणका काममा तीनै मन्त्रालयले काम गरे पनि त्यसको मर्मतलगायत काम खानेपानी तथा सरसफाइ मन्त्रालयले नै गर्दै आएको छ । ढल निर्माणको काम जुनसुकै निकायले गरे पनि समस्या आउँदा गाली यही मन्त्रालयले पाउने गरेको उहाँले बताउनुभयो । ढल निर्माण मात्रै गरेर नहुने हुँदा कुन पाइपलाई कहाँ लगेर जोड्ने कसरी निकास गर्ने भन्ने तय गर्न आपसी समन्वयको खाँचो पर्छ । उहाँले भन्नुभयो, “पहिले सबैले पैसा छुट्टाएर निर्माण गरे पनि समस्या आएपछि भने खानेपानी मन्त्रालय नै खोज्ने अवस्था छ ।”

ढल निर्माणमा दक्ष जनशक्ति एकातिर हुने र काम अर्को निकायले गर्ने भइरहेको प्रवक्ता शाक्यको भनाइ छ । ढलसम्बन्धी ज्ञान भएको प्राविधिक जनशक्ति आफ्नो मन्त्रालयमा भए पनि दक्षता भएका जनशक्ति नभएका निकायले निर्माण गर्दा समस्या आउने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हाम्रो मन्त्रालयमा रहेका सरसफाइसम्बन्धी विज्ञको पनि विज्ञताको प्रयोग हुन खाँचो छ ।”कुन सडकमा कसले ढल निर्माण गर्ने भन्नेमा नै स्थानीय तह अन्योलमा छन् । सडकका विषयमा आठ मिटरसम्म सङ्घीय सरकार र प्रदेश सरकारले र त्यसभन्दा कम चौडाइको सडक स्थानीय सरकारले निर्माण गर्ने उल्लेख छ । कुन सडकमा कसले ढल निर्माण गर्ने भनी टुङ्गो नभएको काठमाडौँ महानगरपालिाकाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताउनुभयो ।

उहाँका अनुसार त्यससम्बन्धी व्यवस्था नै नभए पनि सामान्यतया ठूला चौडाइका सडकमा सङ्घीय सरकार र कम चौडाइमा स्थानीय सरकारले ढल निर्माणको काम गर्दै आएको छ । महानगरपालिकाले निर्माण गरेको ढल त्यहाँ रहेका वडाले मर्मत गरिरहेको उहाँले बताउनुुभयो । महानगरपालिकामा झण्डै ८० प्रतिशत स्थानमा ढल निर्माण भइसकेको उहाँले जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “बाँकी रहेका स्थानमा पनि ढल निर्माण गर्दै जाने योजना छ ।”

ढलको समस्या काठमाडौँ उपत्यकाका नगर क्षेत्रसँगै नयाँ बनेका नगरपालिकामा समेत देखिरहेको छ । ग्रामीण बस्तीमा शहरीकरणसँगै फोहरपानीको व्यवस्थापनको समस्या देखिरहेको हो । पानीको उचित निकास नहुँदा वर्षाका समयमा काठमाडौँ उपत्यकाका धेरै सडक डुबानमा पर्नै र स्थानीयवासीको घरभित्रै पानी छिर्ने समेत समस्या हुने गरेको छ । काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आउँदा फोहरपानीको मात्रा अझै बढ्ने देखिएको छ । पानीको ब्यबस्थापनका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यन्वयन निर्देशनालयले चार स्थानमा फोहरपानी प्रशोधन केन्द्र निर्माण गरिरहेको छ । गुहेश्वरी, सूर्यविनायक, बालकुमारी र सुन्दरीघाटमा फोहरपानी प्रशोधन केन्द्र निर्माण गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

रुकुमपूर्वमा प्रचण्डको ८४ घण्टे भावनात्मक यात्रा: जनयुद्धको पुरानो पदचापदेखि समाजवादको नयाँ सपनासम्म

सम्बन्धित

रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने

एक कार्यकाल पूरा गर्न ४ पटक प्रधानमन्त्री हुनुपर्‍यो, राम्रो काम गर्नेबित्तिकै हटाइहाल्छन्’

जेनजी आन्दोलनमा प्रहरी कार्यालयबाट लुटिएको पेस्तोल र ४० राउन्ड गोलीसहित युवक पक्राउ

निर्वाचन आचारसंहिता उल्लंघनका ६६ उजुरी, ३२ वटाबाट स्पष्टीकरण प्राप्त

रुपन्देही–३ मा जसपा नेपालका उम्मेदवार एमाले प्रवेश

तराईमा दिउँसोसम्म हुस्सु र कुहिरो लाग्ने, पहाडी तथा हिमाली भेगमा आंशिक बदली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com